Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

लामो समयपछी २ हजार विन्दुमाथि उक्लियो नेप्से


काठमाडौं। लामो समयको अन्तराल पछि नेप्से सूचक २ हजार अङ्कमा उक्लिएको छ । खासगरी मौद्रिक नीतिको प्रभाव ४-१२ को सेयर धितो कर्जाको व्यवस्थासँगै १५० प्रतिशतसम्मको जोखिम भारको व्यवस्थाले खस्किएको बजार पुनः मौद्रिक नीतिको समीक्षाले नै पुनर्जागृत हुन पुगेको हो ।

त्यस्तै, मौद्रिक नीति लगत्तै आइतबार खुलेको बजारमा १११ अङ्कको उच्च वृद्धि भएकोमा दोस्रो दिन १५ अङ्कको करेक्सन भएको थियो । त्यसयता मङ्गलवार पुनः ३६ अङ्कमाथिले बढेको नेप्से सूचक बुधवार (समाचार तयार पार्दासम्म) थप २४ अङ्कले बढ्दै २००९ अङ्कमा उक्लिएको छ । त्यसैगरी, कारोबार समेत १ अर्ब ७४ करोड ७९ लाख रुपैयाँ माथि भइसकेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

केन्द्रीय बैंकले गत शुक्रवार चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेको थियो । मौद्रिक नीतिको समीक्षामार्फत केन्द्रीय बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको यसअघिको जोखिम भारको व्यवस्थामा केही परिमार्जन गर्दै ५० लाख रुपैयाँ माथिको कर्जामा १२५ प्रतिशत मात्र जोखिम भार राखे पुग्ने व्यवस्था गरिदिएको छ । यो सँगै उत्साहित भएको बजारले चौथो दिनमा नै १५० अङ्कमाथिको वृद्धि गर्दै २ हजार अङ्क माथिको विन्दु चुमेको हो ।

 


प्रकाशित मिति: २७ मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?