Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

लामो समयपछी २ हजार विन्दुमाथि उक्लियो नेप्से


काठमाडौं। लामो समयको अन्तराल पछि नेप्से सूचक २ हजार अङ्कमा उक्लिएको छ । खासगरी मौद्रिक नीतिको प्रभाव ४-१२ को सेयर धितो कर्जाको व्यवस्थासँगै १५० प्रतिशतसम्मको जोखिम भारको व्यवस्थाले खस्किएको बजार पुनः मौद्रिक नीतिको समीक्षाले नै पुनर्जागृत हुन पुगेको हो ।

त्यस्तै, मौद्रिक नीति लगत्तै आइतबार खुलेको बजारमा १११ अङ्कको उच्च वृद्धि भएकोमा दोस्रो दिन १५ अङ्कको करेक्सन भएको थियो । त्यसयता मङ्गलवार पुनः ३६ अङ्कमाथिले बढेको नेप्से सूचक बुधवार (समाचार तयार पार्दासम्म) थप २४ अङ्कले बढ्दै २००९ अङ्कमा उक्लिएको छ । त्यसैगरी, कारोबार समेत १ अर्ब ७४ करोड ७९ लाख रुपैयाँ माथि भइसकेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

केन्द्रीय बैंकले गत शुक्रवार चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेको थियो । मौद्रिक नीतिको समीक्षामार्फत केन्द्रीय बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको यसअघिको जोखिम भारको व्यवस्थामा केही परिमार्जन गर्दै ५० लाख रुपैयाँ माथिको कर्जामा १२५ प्रतिशत मात्र जोखिम भार राखे पुग्ने व्यवस्था गरिदिएको छ । यो सँगै उत्साहित भएको बजारले चौथो दिनमा नै १५० अङ्कमाथिको वृद्धि गर्दै २ हजार अङ्क माथिको विन्दु चुमेको हो ।

 


प्रकाशित मिति: २७ मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?