काठमाडौं। काठमाडौं मेडिकल कलेजले फोक्सोमा जमेको पीप अप्रेसन नगरीकन नै निकाल्न सफल भएको छ । त्यसैगरी, छातीमा सानो प्वाल बनाएर फोक्सोमा जमेको पीप निकालिएको हो । जसलाई भिडियो एसिस्टेन्ट थोरास्पोकिक सर्जरी पनि भनिन्छ । यो सर्जरी नेपालमा भने पहिलो पटक प्रयोगमा ल्याइएको मेडिकल कलेजका बालरोग चिकित्सक डा. आशिषलाल श्रेष्ठले बताएका
काठमाडौं। गैर आवासीय नेपाली संघ (एनआरएनए) सीप, ज्ञान र प्रविधि हस्तान्तरण विभाग अन्तर्गतको नेपाल विज्ञान प्रतिष्ठान समितिको संयोजकमा अस्ट्रेलियामा बसोबास गर्ने वैज्ञानिक डा.राजु अधिकारीलाई मनोनयन गरिएको छ । त्यस्तै, एनआरएनएको हालै सम्पन्न ९४औँ आइसिसी बैठकको निर्णय अनुसार डा. अधिकारीलाई नेपाल विज्ञान प्रतिष्ठान समितिको संयोजकमा मनोनयन गरिएको संघले जनाएको छ ।
काठमाडौं। कोरियाले रुस र बेलारुसविरुद्ध निर्यात हुने ७०० वस्तुमा फेरी प्रतिबन्ध लगाउने भएको छ । मस्कोले युक्रेनमा गरेको आक्रमणका कारण कोरियाले उत्खनन, ब्याट्री र ठुला सवारी साधन लगायत निर्यात वस्तुहरू प्रतिबन्धको सूचीमा राखेर रसिया र बेलारुसविरुद्ध निर्यात नियन्त्रण कडाइ गर्न लागेको हो । त्यसैगरी,नयाँ नियमको सूचीमा रहेका वस्तुहरूको कुल संख्या
गलकोट,बागलुङ। बागलुङ उद्योग वाणिज्य सङ्घले चार वर्षपछि गर्न थालेको सातौँ बागलुङ महोत्सवको तयारी पूरा भएको छ । यही पुस ११ देखि २१ गतेसम्म आयोजना हुने बागलुङ महोत्सव–२०८० को तयारीलाई अन्तिमरुप दिइएको छ भने यसअघि २०७६ सालमा महोत्सव आयोजना गरिएको थियो विगतका वर्षमा गरिएका महोत्सवले बागलुङ बजारको व्यापार फष्टाउँदै आएको थियो
ताप्लेजुङ। किरात समुदायको बसोबास रहेको पूर्वी पहाडमा आज उद्यौली पर्व अर्थात् चासोक तङ्नाम धुमधामका साथ मनाइँदै छ । विशेष गरी ताप्लेजुङ, पाँचथर, तेह्रथुम, इलाम, धनकुटा, झापा, मोरङ, सुनसरीलगायत क्षेत्रमा पूजाआजासहित विविध कार्यक्रम गरेर यो पर्व मनाइँदै छ । त्यसैगरी, चासोक तङ्नामका बेला थान थापेर प्रकृतिदेवीलाई पुकार्दै नयाँ अन्नबाली पुज्ने गरिन्छ ।
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक भोलिदेखि काठमाडौंमा बस्ने भएको छ । त्यस्तै, यही पुस १३ गतेसम्म चल्ने बैठकमा पार्टीको विधान हेरफेरका साथै आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण सम्बन्धी छलफल हुने महासचिव घनश्याम भुसालले जानकारी दिएका छन् । उनका अनुसार देशभर पार्टी सङ्गठनको अवस्था, पार्टीको आन्तरिक
काठमाडौं। कवि घनश्याम अस्तित्वको कविता संग्रह ‘चिहानमाथि महल बनाइरहेको मान्छे’ सार्वजनिक भएको छ । त्यस्तै, अस्तित्वको यो पहिलो कविता संग्रह हो । बीएन पुस्तक संसारबाट प्रकाशित कविता संग्रहमा ६३ वटा कविता संग्रहित छन् भने प्युठानको स्वर्गद्वारीमा जन्मिएका उनले कथा, निबन्ध पनि लेख्छन् । काठमाडौंमा आयोजित समारोहमा कविहरु श्यामल अधिकारी, राधिका
काठमाडौं। पशुपति हिन्दु विश्वविद्यालयको काम द्रुत गतिमा अगाडि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले निर्देशन दिएका छन् । त्यस्तै, विश्वविद्यालय स्थापनाका लागि डा। जगमान गुरुङको संयोजकत्व रहेको समितिको मंगलबार बसेको बैठकमा पशुपति क्षेत्र विकास कोषका अध्यक्ष समेत रहेका मन्त्री किरातीले यस्तो निर्देशन दिएका हुन् । पशुपति क्षेत्र
बराहक्षेत्र,सुनसरी। सुनसरीको बराहक्षेत्र नगरपालिका–६ को ठाकुरबारीबाट श्रीलङ्का टापुलाई जोड्ने झोलुङ्गे पुल बन्ने भएको छ । नेपालकै ठूलो सप्तकोशी नदीमाथि बन्ने उक्त झोलुङ्गे पुल पाँच किलोमिटर लम्बाइको हुनेछ । सङ्घीय सरकारको ठूला झोलङ्गे पुल निर्माण विभागअन्तर्गत सप्तकोशीमा पहिलो पटक यति लामो झोलुङ्गे पुल निर्माण हुन लागेको बराहक्षेत्र नगरका आर्थिक विकास संयोजक
काठमाडौं। मुगुमा स्वास्थ्यकर्मी माथि जातीय विभेद गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् । त्यस्तै, २३ वर्षीया तुलसाकुमारी विश्वकर्मामाथि जातीय विभेद गरेको आरोपमा मुगुको सोरू गाउँपालिका-९ का सुरजकुमार शाही पक्राउ परेका हुन्। उनलाई जिल्ला प्रहरी कार्यालय मुगुले सोमबार साँझ पक्राउ गरेको हो । स्वास्थ्यकर्मी विश्वकर्माले सुरजसहित ३ जनाविरुद्ध शुक्रबार