Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

पशुपति हिन्दु विश्वविद्यालयको काम द्रुत गतिमा अगाडि बढाउन मन्त्री किरातीको निर्देशन


काठमाडौं। पशुपति हिन्दु विश्वविद्यालयको काम द्रुत गतिमा अगाडि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले निर्देशन दिएका छन् ।

त्यस्तै, विश्वविद्यालय स्थापनाका लागि डा। जगमान गुरुङको संयोजकत्व रहेको समितिको मंगलबार बसेको बैठकमा पशुपति क्षेत्र विकास कोषका अध्यक्ष समेत रहेका मन्त्री किरातीले यस्तो निर्देशन दिएका हुन् ।

पशुपति क्षेत्र विकास कोषका पूर्वकार्यकारी निर्देशक समेत रहेका समितिका सदस्य सचिव डा. घनश्याम खतिवडाले सरकारको सैद्धान्तिक निर्णयसँगै परिषद्‍बाट हुने नीतिगत निर्णय सहज भएमा विश्वविद्यालय स्थापनाले गति लिने बताएका छन् । त्यस्तै, गत चैतमा गठित समितिको हालसम्मको प्रगति विवरण माग्दै मन्त्री किरातीले आफूले मन्त्रालय स्तरबाट गर्नु पर्ने समन्वय र पहलबारे सुझाउन समेत समितिलाई आग्रह समेत गरेका हुन् ।

उक्त समितिका सदस्यले हाल अध्ययन, अनुसन्धानसँगै मस्यौदाको चरणमा रहेको बताएका छन् । सो विश्वविद्यालयले अध्ययन–अनुसन्धानलाई प्रथामिकता दिने गरी प्रारम्भिक रुपरेखा बनिरहेको उनले जानकारी दिएका छन् ।

उक्त विश्वविद्यालयमा नेपालका सवै धर्म शास्त्रको अध्ययन–अनुसन्धान गराइने समितिका सदस्य चेतनाथ गौतमले बताएका छन् । यस विश्व विद्यालयमा कम कक्षा र बढी अनुसन्धान गराइने प्रारुप तयार गरिएको अर्का सदस्य डा. प्रेमबहादुर खत्रीले जानकारी दिएका छन् ।

नेपालमुखी अनुसन्धान, धर्म, शास्त्र र संस्कृतिलाई विश्वमै स्थापित गर्ने गहन संस्थाका रुपमा यस विश्व विद्यालयलाई स्थापना गरिने खत्रीले बताए । त्यस्तै, विश्वविद्यालय गुठी अवधारणामा चल्ने, कुनै पनि विश्वविद्यालयलाई यसले सम्बन्धन नदिने, निश्चित प्रक्रिया पूरा गरेपछि स्नातक उत्तीर्ण गरेका विद्यार्थीलाई भर्ना गर्ने समितिका अर्का सदस्य कमल ढकालले बताए ।

यस अवधारणाले नेपाल, पशुपति र हिन्दुहरुको गौरवको विषय भएकोले कुनै प्रकारको ढिला सुस्ती नगर्न क्षेत्र विकास कोषलाई निर्देशन दिएका छन् ।


प्रकाशित मिति: १० पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?