Trending
>>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

नेपाल विज्ञान प्रतिष्ठान समितिको संयोजकमा डा. अधिकारी मनोनीत


काठमाडौं। गैर आवासीय नेपाली संघ (एनआरएनए) सीप, ज्ञान र प्रविधि हस्तान्तरण विभाग अन्तर्गतको नेपाल विज्ञान प्रतिष्ठान समितिको संयोजकमा अस्ट्रेलियामा बसोबास गर्ने वैज्ञानिक डा.राजु अधिकारीलाई मनोनयन गरिएको छ ।

त्यस्तै, एनआरएनएको हालै सम्पन्न ९४औँ आइसिसी बैठकको निर्णय अनुसार डा. अधिकारीलाई नेपाल विज्ञान प्रतिष्ठान समितिको संयोजकमा मनोनयन गरिएको संघले जनाएको छ । उक्त संघले २५ जना सदस्य र ५ जना सल्लाहकार रहेको समिति गठन गर्न पनि अधिकारीलाई जिम्मा दिएको छ ।

अस्ट्रेलियाको सीएसआइआरओ र आरएमआइटी विश्वविद्यालयमा अनुसन्धान वैज्ञानिकको रुपमा कार्यरत डा. अधिकारीले २६ ओटा पेटेन्टहरू दर्ता गरेका छन् भने उनका झण्डै १०० ओटा अनुसन्धानमूलक लेखहरू विभिन्न जर्नलहरूमा प्रकाशित छन् । उनले विकास गरेको पोलिमर मुटुको भल्भमा पनि परीक्षण गरिएको छ ।

त्यसैगरी, डा. अधिकारीले गैर आवासीय नेपाली सङ्घद्वारा हालै काठमाडौंमा आयोजित तेस्रो विश्व ज्ञान सम्मेलन आयोजक समितिको अध्यक्षको जिम्मेवारी पनि निर्वाह गरेका थिए । अधिकारी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) द्वारा स्थापित गैर आवासीय नेपाली विज्ञान तथा प्रविधि पुरस्कार प्राप्त गर्ने पहिलो एनआरएन वैज्ञानिक पनि हुन् ।

“गत अक्टोबर महिनामा काठमाडौंमा सम्पन्न एनआरएनए विश्व ज्ञान सम्मेलनको घोषणा तथा दिशानिर्देशहरूको दायरामा रही नेपाल विज्ञान फाउन्डेसन ट्रस्टले अनुसन्धान, विकास योजना र आगामी कार्यक्रमको बारेमा सरोकारवालाहरूसँग छलफल गरिरहेको छ र सोही अनुसार काम गर्ने छ,“ अधिकारीले भने ।


प्रकाशित मिति: १० पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?