Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

नेपाल विज्ञान प्रतिष्ठान समितिको संयोजकमा डा. अधिकारी मनोनीत


काठमाडौं। गैर आवासीय नेपाली संघ (एनआरएनए) सीप, ज्ञान र प्रविधि हस्तान्तरण विभाग अन्तर्गतको नेपाल विज्ञान प्रतिष्ठान समितिको संयोजकमा अस्ट्रेलियामा बसोबास गर्ने वैज्ञानिक डा.राजु अधिकारीलाई मनोनयन गरिएको छ ।

त्यस्तै, एनआरएनएको हालै सम्पन्न ९४औँ आइसिसी बैठकको निर्णय अनुसार डा. अधिकारीलाई नेपाल विज्ञान प्रतिष्ठान समितिको संयोजकमा मनोनयन गरिएको संघले जनाएको छ । उक्त संघले २५ जना सदस्य र ५ जना सल्लाहकार रहेको समिति गठन गर्न पनि अधिकारीलाई जिम्मा दिएको छ ।

अस्ट्रेलियाको सीएसआइआरओ र आरएमआइटी विश्वविद्यालयमा अनुसन्धान वैज्ञानिकको रुपमा कार्यरत डा. अधिकारीले २६ ओटा पेटेन्टहरू दर्ता गरेका छन् भने उनका झण्डै १०० ओटा अनुसन्धानमूलक लेखहरू विभिन्न जर्नलहरूमा प्रकाशित छन् । उनले विकास गरेको पोलिमर मुटुको भल्भमा पनि परीक्षण गरिएको छ ।

त्यसैगरी, डा. अधिकारीले गैर आवासीय नेपाली सङ्घद्वारा हालै काठमाडौंमा आयोजित तेस्रो विश्व ज्ञान सम्मेलन आयोजक समितिको अध्यक्षको जिम्मेवारी पनि निर्वाह गरेका थिए । अधिकारी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) द्वारा स्थापित गैर आवासीय नेपाली विज्ञान तथा प्रविधि पुरस्कार प्राप्त गर्ने पहिलो एनआरएन वैज्ञानिक पनि हुन् ।

“गत अक्टोबर महिनामा काठमाडौंमा सम्पन्न एनआरएनए विश्व ज्ञान सम्मेलनको घोषणा तथा दिशानिर्देशहरूको दायरामा रही नेपाल विज्ञान फाउन्डेसन ट्रस्टले अनुसन्धान, विकास योजना र आगामी कार्यक्रमको बारेमा सरोकारवालाहरूसँग छलफल गरिरहेको छ र सोही अनुसार काम गर्ने छ,“ अधिकारीले भने ।


प्रकाशित मिति: १० पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?