Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

कोरियाले रुस र बेलारुसविरुद्ध निर्यात हुने ७०० वस्तुमा फेरी प्रतिबन्ध लगाउने


काठमाडौं। कोरियाले रुस र बेलारुसविरुद्ध निर्यात हुने ७०० वस्तुमा फेरी प्रतिबन्ध लगाउने भएको छ । मस्कोले युक्रेनमा गरेको आक्रमणका कारण कोरियाले उत्खनन, ब्याट्री र ठुला सवारी साधन लगायत निर्यात वस्तुहरू प्रतिबन्धको सूचीमा राखेर रसिया र बेलारुसविरुद्ध निर्यात नियन्त्रण कडाइ गर्न लागेको हो ।

त्यसैगरी,नयाँ नियमको सूचीमा रहेका वस्तुहरूको कुल संख्या हालको ७९८ वस्तुबाट बढाएर १,१५९ पुर्‍याउने समेत बताइएको छ । यसैबिच,उचित प्रशासनिक प्रक्रियाहरू र निर्यातकर्ताहरूका लागि सरकारले जारी गरेको नीति निर्देशहरू पछ्याएर संशोधन २०२४ को सुरुमा लागु हुने अपेक्षा गरिएको छ ।

त्यस्तै, रणनीतिक वस्तुको व्यापार सम्बन्धी नियमावलीमा संशोधन भए अनुसार कोरियाले विभिन्न निर्माण उपकरणहरू रिचार्जेबल ब्याट्री, विमानका कम्पोनेन्ट, मेसिनरीलगायत अन्य वस्तुहरू गरी रसिया र बेलारुसमा ढुवानी गर्न प्रतिबन्धित वस्तुहरूको सूचीमा थप ६८२ वस्तु थपेको त्यहाँको व्यापार, उद्योग र ऊर्जा मन्त्रालयले जनाएको छ ।

कोरियाको निर्यात नियन्त्रण योजना अन्तर्गत रणनीतिक वस्तुको रूपमा वर्गीकृत नभए पनि सैन्य उद्देश्यका लागि ती वस्तुहरू प्रयोग हुने सम्भावना रहेको हुँदा यो कदम चालिएको बताइएको छ ।


प्रकाशित मिति: १० पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?