Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

कोरियाले रुस र बेलारुसविरुद्ध निर्यात हुने ७०० वस्तुमा फेरी प्रतिबन्ध लगाउने


काठमाडौं। कोरियाले रुस र बेलारुसविरुद्ध निर्यात हुने ७०० वस्तुमा फेरी प्रतिबन्ध लगाउने भएको छ । मस्कोले युक्रेनमा गरेको आक्रमणका कारण कोरियाले उत्खनन, ब्याट्री र ठुला सवारी साधन लगायत निर्यात वस्तुहरू प्रतिबन्धको सूचीमा राखेर रसिया र बेलारुसविरुद्ध निर्यात नियन्त्रण कडाइ गर्न लागेको हो ।

त्यसैगरी,नयाँ नियमको सूचीमा रहेका वस्तुहरूको कुल संख्या हालको ७९८ वस्तुबाट बढाएर १,१५९ पुर्‍याउने समेत बताइएको छ । यसैबिच,उचित प्रशासनिक प्रक्रियाहरू र निर्यातकर्ताहरूका लागि सरकारले जारी गरेको नीति निर्देशहरू पछ्याएर संशोधन २०२४ को सुरुमा लागु हुने अपेक्षा गरिएको छ ।

त्यस्तै, रणनीतिक वस्तुको व्यापार सम्बन्धी नियमावलीमा संशोधन भए अनुसार कोरियाले विभिन्न निर्माण उपकरणहरू रिचार्जेबल ब्याट्री, विमानका कम्पोनेन्ट, मेसिनरीलगायत अन्य वस्तुहरू गरी रसिया र बेलारुसमा ढुवानी गर्न प्रतिबन्धित वस्तुहरूको सूचीमा थप ६८२ वस्तु थपेको त्यहाँको व्यापार, उद्योग र ऊर्जा मन्त्रालयले जनाएको छ ।

कोरियाको निर्यात नियन्त्रण योजना अन्तर्गत रणनीतिक वस्तुको रूपमा वर्गीकृत नभए पनि सैन्य उद्देश्यका लागि ती वस्तुहरू प्रयोग हुने सम्भावना रहेको हुँदा यो कदम चालिएको बताइएको छ ।


प्रकाशित मिति: १० पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?