Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

सातौँ बागलुङ महोत्सव हुँदै


गलकोट,बागलुङ। बागलुङ उद्योग वाणिज्य सङ्घले चार वर्षपछि गर्न थालेको सातौँ बागलुङ महोत्सवको तयारी पूरा भएको छ ।

यही पुस ११ देखि २१ गतेसम्म आयोजना हुने बागलुङ महोत्सव–२०८० को तयारीलाई अन्तिमरुप दिइएको छ भने यसअघि २०७६ सालमा महोत्सव आयोजना गरिएको थियो विगतका वर्षमा गरिएका महोत्सवले बागलुङ बजारको व्यापार फष्टाउँदै आएको थियो ।

त्यसैगरी, कोरोना कहरपछि सुस्ताएको व्यापार बढाउन बागलुङ महोत्सव फलदायी हुने बताउँदै तयारी अन्तिम चरणमा पुगेको बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेलले बताए । “मुख्य मञ्च, स्टल, रमाइलो मेलालगायतको काम सकिएको छ, बागलुङ बजार क्रमशः सिँगारिदै छ”, कँडेलले भने, “राष्ट्रपति रामचन्द्र पौडेल आउने भएपछि विशेष तयारी भएको छ, मेलामा आउन सबैलाई निम्ता गर्दछु ।”

उक्त महोत्सवलाई गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेलास्तरमा विकास गर्न लागिएको बताउँदै कँडेलले महोत्सवमा स्थानीय उत्पादनको छुट्टै स्टल राखिने बताए । बागलुङका स्थानीय उत्पादन सुन्तला, गुन्द्रुक, भाँगो र सिस्नोको पाउडरको प्रवर्धन गरिने बताएका छन् ।

सो महोत्सवले पर्यटन प्रवर्धन र स्थानीय उत्पादनलाई बजारीकरण गर्नका लागि टेवा पुर्‍याउने अध्यक्ष कँडेलले बताए । महोत्सवमा एक सय २० भन्दा बढी स्टल रहने बताउँदै कँडेलले सामाजिक उत्तदायित्वसहितको महोत्सव गर्न थालिएको बताएका छन् भने महोत्सवको करिब सात लाख दर्शकले अवलोकन गर्ने र रु १० करोडको आर्थिक कारोबार हुने कँडेलले बताए ।

त्यस्तै, बागलुङ उद्योग वाणिज्य सङ्घको सामाजिक उत्तरदायित्वअन्तर्गत महोत्सवबाट बचत भएको रकमले बागलुङ उद्योग वाणिज्य सङ्घको सामाजिक उत्तरदायित्वअन्तर्गत सदस्य कल्याणकारी कोषमा रु पाँच लाख जम्मा गर्ने, धौलागिरि बहुमुखी क्याम्पसको छात्रावृत्ति कोषमा सहयोग, बागलुङ बजारमा सिसी क्यामेरा जडानमा सहयोग र कोसेली घर सञ्चालनमा ल्याउनका लागि सहयोग गर्ने समेत उनले जानकारी दिए ।

उक्त महोत्सवको अवसरमा खुला रिले दोहोरी तथा लाइभ दोहोरी गीत, खुला महिला तथा पुरुष भलिबल प्रतियोगिता, खुला भजन प्रतियोगिता र युवा उद्यमी सम्मेलन गरिने सङ्घका महासचिव ऋषिराम गौतमले बताए ।

 


प्रकाशित मिति: १० पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?