काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का नेताहरुले पार्टी रुपान्तरण जरुरी रहेको बताएका छन् । बिहीवारदेखि काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रिय कमिटीको बैठकका क्रममा प्रज्ञा परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेताहरुले यस्तो बताएका हुन् । उनीहरुले पार्टीलाई रुपान्तरण गर्नुको विकल्प नभएको बताए । भ्रष्टीकरणको कारणले राजनीतिक दलहरुप्रति जनताले विश्वास नगरेको जिकिर गरे ।
काठमाडौँ।सरकारले दशैं,तिहारलगायतका चाडपर्वमा हवाई टिकटको भाडा नबढाउन सबै सेवा प्रदायक संस्थाहरुलाई आग्रह गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले सबै सेवा प्रदायक निकायलाई चाडपर्वको बेला पारेर हवाई भाडादर बढाउने काम नगर्न सचेत गराइएको बताएका छन् । उनले मुलुकको कठिन अवस्थालाई ध्यानमा राखेर सरकारले तोकेको अधिकतम मूल्य
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेन-जी आन्दोलनका क्रममा घाइते भएकाहरुसँग भेट गरेका छन् । शुक्रवार मध्यान्ह सञ्चारमन्त्री खरेल त्रिवी शिक्षण अस्पताल पुगेर जेन-जी आन्दोलनका क्रममा घाइते भएकाहरुलाई भेट गरेका हुन् । गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा ७४ जनाको ज्यान गएको थियो । आन्दोलनमा
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक कनेक्शनको आधारमा रोकिएका सबै अनुसन्धानको कामहरु तत्काल अघि बढ्ने बताएकका छन् । शुक्रवार अपरान्ह नक्शालस्थित नेपाल प्रहरीको अपराध अनुसन्धान विभागको अनुगमनपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले सरकारले सुशासन प्रवद्र्धनका लागि पहिलो शर्तको रुपमा सो कामलाई अघि बढाउने बताएका छन् । मन्त्री अर्यालले विगतमा राजनीतिक कनेक्शनको
काठमाडौँ। उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले जेन-जी पुस्ताको माग भ्रष्टाचार निर्मुल गर्ने, सुशासन कायम गर्ने रहेको बताएका छन् । नेपाल विद्युत प्राधिकरणले शुभकामना र बधाई दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा भएका विभिन्न बेथितिको अन्त्य गरेर देशलाई समृद्धितिर अघि बढाउनुपर्ने जरुरी रहेको बताएका छन् । देशभित्रै बसेर
काठमाडौँ। नारायणगढ–मुग्लिन सडक करिब ५४ घण्टापछि सञ्चालनमा आएको छ। तुईन खोलानजिक मंगलबार दिउँसो ४:५५ बजे गएको ठूलो पहिरोका कारण सडक अवरुद्ध भएको थियो। बुधबार बिहानदेखि सुरु भएको पहिरो हटाउने कार्यपछि बिहीबार राति यातायात पुनः खुला गरिएको हो। भरतपुर सडक डिभिजनले सडक खुल्ला भए पनि चालकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको
काठमाडौँ। निर्वाचन आयोगले कार्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने भएको छ । निर्वाचन आयोगको निर्णयअनुसार फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा मतदान गर्नका लागि योग्य व्यक्तिहरुले आगामी कार्तिक मसान्तसम्म मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्नसक्ने भएका हुन् । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको मिति
काठमाडौँ। सरकारले जेन–जी आन्दोलनका क्रममा आगजनीमा परेका नेताको घरमा भेटिएको नगद रकमबारे छानविन शुरु गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीले बिहीवार राष्ट्रको नाममा सम्बोधन गर्दै यस्तो बताएकी छिन् । गत भदौ २३ २४ मा भएको जेनजी पुस्ताको आन्दोलनको क्रममा आगजनीमा परेका काँग्रेस सभापति शेरबहादुर देउवालगायतका शिर्ष नेताहरुको घरमा नगद रकम
काठमाडौँ। सरकारले सुरक्षण मुद्रणसम्बन्धी नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलकाअनुसार सरकारले सुरक्षित मुद्रणसम्बन्धी ऐन, २०८१ प्रभावकारी रुपमा कार्यान्वयनका लागि ऐनले दिएको अधिकार अन्तर्गत सुरक्षण मुद्रण नियमावली, २०८२ स्वीकृत गरिएको हो । उनले छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ बमोजिम अनलाइन सञ्चारमाध्यम दर्ता
काठमाडौँ। अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले गत २३ र २४ भदौको जेन–जी आन्दोलनको क्रममा गोली हानी युवाहरुको हत्या गर्नेलाई कानूनी कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् । बिहीवार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो प्रतिवद्धता व्यक्त गरेकी छिन् । उनले आन्दोलनका क्रममा मृत्यु भएकाहरुलाई शहीद घोषणा गरी मृत्यु