२ वैशाख ,दमौली । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा सात किलोमिटर सडक कालोपत्रको तयारी गरिएको छ । मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) ले आँबुखैरेनीतर्फबाट सात किलोमिटर सडक कालोपत्रको तयारी गरेको हो । सडक योजनाका पूर्वी खण्ड प्रमुख नरेन्द्र सुवेदीका अनुसार चालु आर्थिक वर्षभित्रै सात किलोमिटर सडकखण्ड
२ वैशाख ,ढोरपाटन । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ जैमिनीअन्तर्गत जैदी–छिस्ती खण्डमा निर्माण थालिएको चौडीखोला पक्की पुल निर्माणले गति लिएको छ । विसं २०७७ असार २१ गते सम्झौता गरी काम थालेको निर्माण व्यवासायी कम्पनी राजेश्वरी कन्स्ट्रक्सनले पछिल्लो समय कामलाई तीव्रता दिएको हो । विसं २०८० असार मसान्तभित्र निर्माण सम्पन्न
२ वैशाख ,ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन र मिक्वाखोला गाउँपालिकाको सिमाना भएर बग्ने मेवा खोलामा निर्माणाधिन ५० मेगावाट क्षमताको युनाइटेड मेवाखोला हाइड्रोपावरबाट प्रभावित क्षेत्रको शुक्रबार स्थलगत अनुगमन गरिएको छ । मेरिङ्देन गाउँपालिका उपप्रमुख दुर्गाप्रसाद चोङवाङको संयोजकत्वमा गठित क्षतिपूर्ति निर्धारण समितिले जग्गा जमिनमा भएको क्षतिको विवरण सङ्कलन गरेको छ । निर्माण पक्षले
१ वैशाख ,कास्की । पोखराको मुख्य बजार क्षेत्र रहेको महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झण्डा पार्क निर्माण सुरु भएको छ । विश्वका सबै देशको झण्डा एकै ठाउँमा राखेर आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले पोखरा महानगरपालिकाले लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ सँगको सहकार्यमा पार्क निर्माण थालनी गरेको हो। महेन्द्रपुलस्थित सेती नदीको डिलमा
१ वैशाख ,गण्डकी । पोखरामा आजदेखि नारी शक्तिलाई केन्द्रमा राखी तयार गरिएको नाटक ‘उर्वशी सूक्त’ पोखरा थिएटरको प्रस्तुतीमा मञ्चन सुरु भएको छ । पोखरा थिएटरको गन्धर्व नाटकघरमा वैशाख ११ गतेसम्म मञ्चन हुने थिएटरका अध्यक्ष परिवर्तनले जानकारी दिए । उनका अनुसार सोमबार बाहेक हरेक दिन साँझ ५.०० बजे मञ्चन हुनेछ ।
२८ चैत ,नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा रहेको ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । यस मन्दिरमा शुद्ध मनले पूजा गरे मनोकांक्षा पूरा हुने विश्वासका कारण भारतबाट दर्शनार्थी आउने गरेका छन् । यस मन्दिरमा नयाँ वर्षसँगै विजया दशमी, माघे सङ्क्रान्ति, सरस्वती पूजा तथा चैते दसैँलगायतका
२८ चैत ,काठमाडौँ । सरकारले बजेट अनुशासन पालना नगर्दा खर्च प्रणालीमा गम्भीर विचलन देखिएको महालेखा परीक्षकको ६०औँ वार्षिक प्रतिवेदनले औँल्याएको छ । बजेट खर्च गर्ने शैलीमा विकृति बढ्दै गएको उल्लेख गर्दै महालेखाको प्रतिवेदनले सरकारको रकमान्तर प्रवृत्ति र वर्षान्त खर्चबारे गम्भीर प्रश्नसमेत उठाएको हो । गत आर्थिक वर्ष २०७८/०७९ मा सरकारले
१ वैशाख ,भक्तपुर । भक्तपुरको प्रसिद्घ बिस्केट जात्राको प्रमुख जात्रा मानिने लिङ्गो जात्रा आज साँझ लिङ्गो ढालेर सम्पन्न भएको छ । तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी आज साँझ लिङ्गो ढालिएर यो जात्रा सम्पन्न गरिएको हो । बिस्केट जात्राको चौथो दिन चैत ३० गते हिजो करिब पौने चार घण्टाको प्रयासपछि राति ७
१ वैशाख ,रामपुर (पाल्पा) । पाल्पाको तिनाउँ गाउँपालिका–३ भुतखोलास्थित पोखरीमा डुबेर आज एक युवकको मृत्यु भएको छ । रुपन्देही सिद्धार्थ नगरपालिका–१२ बेलहीया बस्ने २० वर्षीय शिवम जैसवाल आफ्ना साथीसँग घुम्ने क्रममा बिहान साढे दश बजे अचानक आफैँ चिप्लिन गई पानीमा डुबेर मृत्यु भएको हो । पानीमा डुब्ने बित्तिकै प्रहरी चौकी
१ वैशाख ,काठमाडौँ । राष्ट्रियताको महत्व दर्शाउने उद्देश्यले आज माइतीघर मण्डलामा ‘नेपाली राष्ट्रिय झण्डा महोत्सव’को आयोजना गरिएको छ । विभिन्न सङ्घ/संस्थाको आयोजनामा आठौँँ राष्ट्रिय झण्डा महोत्सवका अवसरमा अभियानकर्मीले अपरान्ह् ४ः४९ देखि ५ः३० सम्म मण्डलामा राष्ट्रिय झण्डा प्रदर्शन गरेका थिए। अभियानकर्मी चन्द्रबहादुर चन्दले राष्ट्रिय झण्डाको महत्व दर्शाउने उद्देश्यले आज देशका २४