Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

भारत जान लागेका रास्वपाका उपसभापति अर्याल विमानस्थलबाटै फर्काइए


२ वैशाख, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोरप्रसाद (डीपी) अर्याललाई विमानस्थलबाटै फर्काइएको छ । भारत जान लागेका उनलाई नेपाल वायुसेवा निगमले रोकेको हो ।

भारत जान लाग्दा उनले विमान चढ्ने बेलामा राष्ट्रिय परिचयपत्र देखाएका थिए । तर, विमानस्थलमा निगमका कर्मचारीले राष्ट्रिय परिचयपत्र मान्य नहुने भन्दै विमान चढ्नबाट रोकेका हुन् ।

उनी दिउँसो १ बजेर ४५ मिनेटको निगमको उडानबाट भारतको बैंग्लोर जाने तयारीमा थिए ।

वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले भारत जाँदा नागरिकता अनिवार्य भएका कारण उनलाई फर्काइएको बताएका छन् । त्यस्तै, डिपी अर्यालले भने बायोमेट्रिकसहितको विवरण भएको प्रमाणपत्र अमान्य हुने सवाल आश्चर्यजनक रहेको बताएका छन् ।


प्रकाशित मिति: २ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?