Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

भारत जान लागेका रास्वपाका उपसभापति अर्याल विमानस्थलबाटै फर्काइए


२ वैशाख, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोरप्रसाद (डीपी) अर्याललाई विमानस्थलबाटै फर्काइएको छ । भारत जान लागेका उनलाई नेपाल वायुसेवा निगमले रोकेको हो ।

भारत जान लाग्दा उनले विमान चढ्ने बेलामा राष्ट्रिय परिचयपत्र देखाएका थिए । तर, विमानस्थलमा निगमका कर्मचारीले राष्ट्रिय परिचयपत्र मान्य नहुने भन्दै विमान चढ्नबाट रोकेका हुन् ।

उनी दिउँसो १ बजेर ४५ मिनेटको निगमको उडानबाट भारतको बैंग्लोर जाने तयारीमा थिए ।

वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले भारत जाँदा नागरिकता अनिवार्य भएका कारण उनलाई फर्काइएको बताएका छन् । त्यस्तै, डिपी अर्यालले भने बायोमेट्रिकसहितको विवरण भएको प्रमाणपत्र अमान्य हुने सवाल आश्चर्यजनक रहेको बताएका छन् ।


प्रकाशित मिति: २ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?