त्रिवेणी,रुकुम पश्चिम। रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास गर्दै आएका लाभग्राहीलाई निस्सा वितरण गरिएको छ भने पालिकामा हालसम्म एक सय सात भूमिहनलाई निस्सा वितरण गरिएको हो । उक्त गाउँपालिको कार्यालयमा २३ भूमिहिन दलित, दुई सकुम्बासी र ८२ अव्यवस्थित लाभग्राहीलाई जग्गा प्राप्तिका लागि निस्सा वितरण गरिएको राष्ट्रिय
काठमाडौं। राष्ट्रिय सभा निर्वाचनको लागि बागमती प्रदेश अन्तर्गत नेकपा एमालेले उम्मेदवारी दर्ता गरेको छ । हेटौँडामा रहेको प्रदेश निर्वाचन कार्यालयमा एमालेको तर्फबाट चार जना उम्मेदवारले मनोनयन दर्ता गरेका हुन् । एमालेबाट महिला तर्फ रोजकुमारी चौलागाईं, अन्यमा त्रिलोचन निर्मल पौडेल, अपाङ्ग तर्फ विवेक देवकोटा तथा दलित तर्फ ध्रुवराज विकले उम्मेदवारी दर्ता
लुम्बिनी। बुटवल उपमहानगरपालिकाले सार्वजनिकस्थलमा निर्माण भएका घरटहरा हटाउन सुरुवात गरेको छ । सार्वजनिकस्थल अतिक्रमण गरी संरचना बनाएका ठाउँ खाली गरेर विश्रामस्थल, उद्यान र चौतारी निर्माण गर्ने उद्देश्यले सार्वजनिकस्थलमा निर्माण भएका घरटहरा हटाउन थालिएको उपमहानगरपालिकाले जनाएको छ भने अतिक्रमित क्षेत्र हटाउने कार्यक्रमअन्तर्गत आइतबार वडा नं ५ हाटबजार लाइनका तीन र नेपालगञ्ज
शिका,जापान। जापानमा अङ्ग्रेजी नयाँ वर्षको दिन गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १६१ पुगेको छ । दुई हजारभन्दा बढी मानिस अझै पनि सम्पर्कविहीन भएका छन् भने अन्य धेरैलाई आपतकालीन आश्रयस्थलमा राखिएको छ । सोमबार भूकम्प आएको नोटो प्रायद्वीपका धेरै समुदायहरू भूकम्पका कारण क्षतिग्रस्त सडकहरूले गर्दा राजमार्ग तथा सडक सञ्जालबाट टाढा
काठमाडौं। नेकपा माओवादी केन्द्रकी नेतृ चम्पा कार्कीले पनि कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी छन् । सोमबार विराटनगरस्थित निर्वाचन अधिकृतको कार्यालयमा कार्कीले उम्मेदवारी दर्ता गराएकी हुन् । त्यस्तै, कार्कीलाई माओवादी केन्द्रले आइतबार राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार छनोट गरेको थियो ।
काठमाडौं। राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार छनोटमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विमति जनाएका छन् । उक्त बोर्डको बैठकको सो निर्णयमा महामन्त्री शर्माले भने आपत्ति जनाएका हुन् । पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको निर्णय हप्ता दिनमै ‘रद्दीको टोकरीमा फालेको’ भन्ने उनको आपत्ति रहेको छ। उनले बैठकमै कुरा राखेका थिए। विश्पप्रकाशनले
काठमाडौं। नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा ७०० र चाँदीको पाँच रुपैयाँले घटेर कारोबार भएको हो । त्यस्तै, आइतबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार
झापा। वैदेशिक रोजगारीका लागि २० वर्षअघि मलेसिया गएका अर्जुनधारा–११ का विनोद विश्वकर्मा १६ वर्षदेखि सम्पर्कविहीन छन् । उनी २०६० सालमा २२ वर्षका उमेरमा घरको आर्थिक अवस्था कमजोर भएका कारण मलेसिया जागएका थिए । “२२ वर्षको हुँदा मलेसिया गएको थियो”, विनोदकी ६६ वर्षीया आमा सुकमायाले भनिन्, “अहिले ४२ वर्ष उमेरको भयो
म्याग्दी। घरमा असुरक्षित प्रसूति हुने र नियमित गर्भ परीक्षण नगराउने समस्या हटाउन म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले ‘आमासँग जनप्रतिनिधि’ कार्यक्रम सञ्चालन गरेको छ । त्यस्तै, तोकिएको समयमा नियमित गर्भ परीक्षण र संस्थागत प्रसूति सेवामा पहुँच बढाएर मातृ शिशु मृत्युदर घटाउन, स्वास्थ्य र पोषण सुधार गर्न कार्यक्रम लागू गरेको हो । अन्नपूर्ण गाउँपालिकाका
बेदकोट,कञ्चनपुर। भारतका विभिन्न सहरबाट घर फर्किएका नेपालीमा कोरोना सङ्क्रमण देखिन थालेको छ । भारतमा नयाँ भेरिएन्ट जेएन वान देखिन थालेपछि नेपाल–भारत सीमा नाकामा कोरोना परीक्षण अनीवार्य गरिएको छ । हालसम्म भारतबाट फर्किएका १० जनामा कोरोना सङ्क्रमण देखिएको गौरीफन्टा नाकामा रहेको हेल्थ डेस्कका प्रमुख गणेश साउदले जानकारी दिएका छन् । “भारतबाट