Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

रुकुम पश्चिमका भूमिहीनलाई निस्सा वितरण


त्रिवेणी,रुकुम पश्चिम। रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास गर्दै आएका लाभग्राहीलाई निस्सा वितरण गरिएको छ भने पालिकामा हालसम्म एक सय सात भूमिहनलाई निस्सा वितरण गरिएको हो ।

उक्त गाउँपालिको कार्यालयमा २३ भूमिहिन दलित, दुई सकुम्बासी र ८२ अव्यवस्थित लाभग्राहीलाई जग्गा प्राप्तिका लागि निस्सा वितरण गरिएको राष्ट्रिय भूमि आयोग रुकुम पश्चिमका विज्ञ सदस्य शुशिल विष्टले जानकारी दिए ।

“निस्सा जग्गा प्राप्तिको पहिलो आधार हो । जग्गा उपलब्ध गराउन प्रक्रियाको थालनी भएको छ”, उनले भने । भूमिहिनले जग्गा प्राप्तिका लागि निवेदन दिएपछि निस्सा वितरण थालिएको हो । अब चाँडै जग्गा नापजाँच गरिने सबै प्रक्रिया पुगेकालाई पुर्जा वितरण गरिने विज्ञ सदस्य विष्टले जानकारी दिए ।

त्यस्तै, भूमिहीनले जग्गा पाउने निश्चित भएपछि उनीहरुलाई जग्गा उपलब्ध गराइने छ भने भुमिहिन दलित तथा सुकुम्बासीलाई आवासका लागि तीन सय वर्गमिटर र कृषिका लागि एक हजार वर्गमिटिर जग्गा उपलब्ध गराइने राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष मिनबहादुर ओलीले जानकारी दिए ।

उक्त छनोटमा परेका लाभग्राहीलाई उनीहरुले भोगचलन गर्दै आएको जग्गा उपयुक्त भएमा सोही ठाउँको जग्गा दिने तथा त्यहाँ उपयुक्त नभएमा भूमि आयोग तथा स्थानीय सरकारको निर्णयअनुसार उपयुक्त ठाउँ खोजेर जग्गा प्रदान गरिने उनको भनाइ रहेको छ ।

उक्त जिल्लामा एक हजार आठ सयभन्दा बढी जनाले जग्गा प्राप्तिका लागि निवेदन दिएका छन् भने निस्सा वितरण कार्य जिल्लाका छ वटै स्थानीय तहमा सञ्चालन गरिने आयोगले जनाएको छ ।


प्रकाशित मिति: २३ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?