Trending
>>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

कांग्रेसमा राष्ट्रिय सभा उम्मेदवार चयनप्रति महामन्त्री शर्माले जनाए आपत्ति


काठमाडौं। राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार छनोटमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विमति जनाएका छन् ।

उक्त बोर्डको बैठकको सो निर्णयमा महामन्त्री शर्माले भने आपत्ति जनाएका हुन् । पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको निर्णय हप्ता दिनमै ‘रद्दीको टोकरीमा फालेको’ भन्ने उनको आपत्ति रहेको छ। उनले बैठकमै कुरा राखेका थिए। विश्पप्रकाशनले मौखिक रूपमा विमति जनाएका हुन्।

कांग्रेस संसदीय बोर्डले राष्ट्रिय सभा निर्वाचनका सत्ता गठबन्धनबाट आफ्नो भागमा परेका १० सिटको बाँडफाँट गरेको छ । ‍जसमध्ये संस्थापनका सात र संस्थापनइतरका तीन जना उम्मेदवारको टुङ्गो लगाएको हो ।

महामन्त्री शर्माको फरक मतः-

१. उम्मेदवार चयनको समग्र सन्दर्भमा सभापतिको कार्यशैलीसँग प्रस्ट असहमत ।
२. संसदीय बोर्डलाई पूर्णता नदिएर हामी पदाधिकारीले मात्रै निर्णय गर्ने भए विधानमा किन राखेको र?
३. राष्ट्रियसभाको विशिष्टता बढाउने कर्तव्य दलहरूकै होइन र ? काँग्रेसले यो हेक्का राख्नुपर्छ कि पर्दैन ?
४. समावेशीताको सिद्धान्त विधानमा कि व्यवहारमा ?
५. नेतृत्वले फरक विचार समूह गाँस्ने कि एक्लै बढ्ने ? फरक विचार समूहले भाग मात्र लिने कि न्यायोचित प्रतिनिधित्व खोज्ने ?
६. राष्ट्रियसभाकै नेतृत्व गर्नेगरी अपवाद स्वीकार्य, अन्य सोझै र प्रस्ट अस्वीकार्य । योगदान र योग्यता बोकेका सयौँ साथी हुनहुन्छ, जिम्मेवारीको अवसर न्यायोचित हुनुपर्छ ।


प्रकाशित मिति: २३ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?