१९ जेठ, काठमाडाैँ । विवेकशील साझा पार्टीको प्रवक्ताको जिम्मेवारी केन्द्रीय सदस्य आशुतोष प्रधानले पाएका छन् । शुक्रबार बसेको पार्टीको केन्द्रीय समिति वैठकले पर्यटन उद्यमी समेत रहेका नेता प्रधानलाई पार्टी प्रवक्तामा प्रवक्तामा नियुक्त गरेको केन्द्रीय सदस्य तथा केन्द्रीय सचिवालय व्यवस्थापन प्रमुख नवराज थापाले जानकारी दिए । त्रिभुवन विश्व विद्यालयमा ’संस्कृति पर्यटन ’का
१९ जेठ, एजेन्सी । बोत्स्वानाको उत्तरपूर्वी भागमा बिहीबार भएको सडक दुर्घटनामा कम्तीमा २२ जनाको मृत्यु हुनाका साथै सात जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । बोत्सवानाको उत्तरी भागका वरिष्ठ अधिकारी सुपरिटेन्डेन्ट रोबर्ट म्मेसेले बताएअनुसार बोत्सवानाको दोस्रो ठूलो शहर फ्रान्सिसटाउनको उत्तरपश्चिममा रहेको सडकमा ट्रकले मिनीबसलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो।
१९ जेठ, काठमाडौँ । सङ्घीय राजधानीलाई बागमती प्रदेशको राजधानीसँग जोड्ने छोटो राजमार्गका रुपमा रहेको कान्ति राजमार्गमा समस्या रहेको खण्डबाहेकको सडक यस वर्ष सम्पन्न हुने भएको छ । बर्सेनि पहिरो आउने पाँच किमी खण्डबाहेकको सडक आगामी असारसम्ममा कालोपत्र सकिने गरी काम भइरहेको छ । जम्मा ९० किमी लम्बाइको सो राजमार्गमा यस वर्ष
१९ जेठ, काठमाडाैँ । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया जाने नेपाली श्रमिकको कोटा थप गर्ने विषयमा कोरिया सरकार सकारात्मक रहेको बताइएको छ । दक्षिण कोरिया सरकारको मानव स्रोत व्यवस्थापन सेवाको आयोजनामा जेठ १२ देखि १९ सम्म इपिएसमार्फत कोरियामा पठाउने नेपाल र श्रमिक लिने देश कोरियाबिच भएको छलफलमा कोरियाली पक्ष
१९ जेठ, जनकपुर । मधेस प्रदेशको राजधानी जनकपुरधाममा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना भएसँगै मिटरब्याजीविरुद्ध थुप्रै उजुरी परेको छ । उजुरीका लागि सुरुमा वैशाख १७ गतेदेखि ३१ गतेसम्म समय तोकिएकामा उजुरी आउने क्रम जारी रहेकाले सात दिन म्याद थप गरी जेठ ७ गतेसम्मका लागि बढाइएको थियो । जेठ
१९ जेठ, काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेर बहादुर देउवाको एकल सहमतिमा सरकारले पार्टीको आधारभूत मान्यता विपरीत रेशम चौधरीलाई आममाफी दिने, नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नेलगायतका काम गरेको आरोप लगाएका छन् । उनले यस्ता आरोप लगाउँदै सभापति देउवाविरूद्ध सङ्घर्ष गर्ने चेतावनी समेत दिएका छन् । प्रेस युनियन
१९ जेठ, एजेन्सी । पाकिस्तानले आज थप दुई सय भारतीय मछुवारालाई रिहा गरेको छ । आजै तीन जना अन्य बन्दी पनि पाकिस्तानको जेलबाट मुक्त भएका छन् । गत महिना पाकिस्तानले एक सय ९८ भारतीय मछुवारालाई रिहा गरेको थियो । पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारीले मानवताका नाताले भारतीय माझीलाई कारबासमुक्त गरिएको
१९ जेठ, काठमाडाैँ । नेपालमा पहिलोपटक हुन लागेको एक दिवसीय अतिरुद्र एवं ललिता सहस्रनाम पाठ महोत्सवमा नेपाल, भारत र विश्वका अन्य देशबाट गरी १५ हजार धार्मिक पर्यटक आउने भएका छन् । अनुष्ठान आयोजक श्री स्वामी समर्थ सेवा एवं आध्यात्मिक विकास मार्ग संस्थाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा विश्व शान्तिको सङ्कल्पले
१९ जेठ, मध्य प्रदेश । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पूजाअर्चना गरेका छन् । नयाँदिल्लीबाट विशेष विमानमार्फत् उज्जैन पुगेर प्रधानमन्त्री प्रचण्डले महाकालेश्वरको पूजाअर्चना गरेका हुन् । सोहीक्रममा उनले नेपालबाट लगेको १०८ केजी रूद्राक्ष र ५१ हजार रूपैयाँ दान गरेका छन् । पूजा गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डसँगै
१९ जेठ, तनहुँ । यहाँको व्यास नगरपालिका-५ ढोडेनीमा व्यावसायिकरूपमा ‘ड्रागन फ्रुट’ खेती सुरु गरिएको छ । स्थानीय कृषक कल्पना गौलीले ‘माँ अम्बे अलौकिक कृषि फार्म’ दर्ता गरी व्यावसायिक रूपमा ड्रागन खेतीतर्फ लागेकी हुन् । करिब नौ रोपनी क्षेत्रफल जग्गा बीस वर्षका लागि भाडामा लिएर वार्षिक बीस हजार भाडा बुझाउने गरी व्यवसाय