Trending
>>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली >>   नेपालका बाढीपीडितको सम्झनामा फ्राङ्कफर्टमा दीप प्रज्वलन >>   ‘युरेनियम, रणनीतिक र रेडियोधर्मी खनिजमा विभागले अहिलेसम्म अनुमति दिएको छैन’- नापित >>   प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव– महासभामा नेपालको जलवायु मुद्दा प्रमाणसहित उठाउनू
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

सहस्रनाम पाठ महोत्सवमा १५ हजार सहभागी हुने


१९ जेठ, काठमाडाैँ । नेपालमा पहिलोपटक हुन लागेको एक दिवसीय अतिरुद्र एवं ललिता सहस्रनाम पाठ महोत्सवमा नेपाल, भारत र विश्वका अन्य देशबाट गरी १५ हजार धार्मिक पर्यटक आउने भएका छन् ।

अनुष्ठान आयोजक श्री स्वामी समर्थ सेवा एवं आध्यात्मिक विकास मार्ग संस्थाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा विश्व शान्तिको सङ्कल्पले विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रमा अनुष्ठान गरिने संस्थाका अध्यक्ष अविराज आचार्यले जानकारी दिए । संस्थाले वैदिक सनातनी मार्गबाट धर्म संस्कृति, ज्योतिष, वास्तु, बाल संस्कार, शिक्षा, स्वास्थ्यलगायत १८ क्षेत्रमा सेवामूलक काम गरिरहेको उनले बताए ।

यही जेठ २७ गते पशुपति क्षेत्रको हंसमण्डपमा हुने कार्यक्रमको उद्घाटन उपराष्ट्रपति रामसहायप्रसाद यादवले गर्ने तय भएको आयोजकले जनाएको छ । कार्यक्रममा अष्टसिद्धिपीठ श्री स्वामी समर्थ गुरुपीठ भारतका पीठाधीश स्वामी समर्थ गुरु माऊली श्री अण्णा साहेव मोरे पनि आनेछन् । उनको सङ्कल्पमा आर्थिकमन्दीबाट छुटकारा र विश्व शान्तिका लागि अनुष्ठान गर्न लागिएको अध्यक्ष आचार्यले बताए ।

कार्यक्रममा संस्थाका प्रमुख संरक्षक एवं नेपाली सेनाका अवकाशप्राप्त रथी अमर पन्तले भारतको महाराष्ट्रको नासिकमा रहेको दक्षिण गोदावरी र नेपालको ललितपुरमा रहेको उत्तर गोदावरीका बीचको धार्मिक सम्बन्धलाई पनि जनस्तरमा स्थापित गर्न स्वामीको आगमन र अनुष्ठानले सहयोग गर्ने बताए ।

संस्थाका उपाध्यक्ष एवं प्रचारप्रसार विभाग प्रमुख माधव थापाले अनुष्ठानमा इच्छुक सबैले भाग लिन सक्ने जानकारी दिँदै आर्थिकमन्दी, दैवी प्रकोप र अशान्ति हटाएर विश्वशान्तिको शङ्खघोष पशुपति क्षेत्रबाट गर्न लागिएको बताए ।


प्रकाशित मिति: १९ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?