Trending
>>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा >>   वार्ताबाट पार्टीको समस्या समाधान हुन्छः शशांक कोईराला >>   काँग्रेस विशेष महाधिवेशनः नेतृत्व चयन मंगलवारबाट, महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर सत्तरी प्रतिशत पुर्‍याउने दाबी >>   राइजिङ स्टार यू–१२ क्रिकेट प्रतियोगिता माघ १ गतेदेखि >>   एउटै व्यक्ति दोहोर्‍याएर प्रधानमन्त्री बन्न नपाउने व्यवस्था संविधानमा गर्नुपर्छः विश्वप्रकाश शर्मा >>   सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगाना समूह प्रदर्शनमा >>   विशेष महाधिवेशनलाई संविधान, कानून र निर्वाचन आयोगले पनि अवैधानिक भन्न सक्दैनः गगन थापा >>   माघ ४ गते राष्ट्रिय सभाको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस
Logo
२९ पुष २०८२, मंगलवार
२९ पुष २०८२, मंगलवार

सहस्रनाम पाठ महोत्सवमा १५ हजार सहभागी हुने


१९ जेठ, काठमाडाैँ । नेपालमा पहिलोपटक हुन लागेको एक दिवसीय अतिरुद्र एवं ललिता सहस्रनाम पाठ महोत्सवमा नेपाल, भारत र विश्वका अन्य देशबाट गरी १५ हजार धार्मिक पर्यटक आउने भएका छन् ।

अनुष्ठान आयोजक श्री स्वामी समर्थ सेवा एवं आध्यात्मिक विकास मार्ग संस्थाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा विश्व शान्तिको सङ्कल्पले विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रमा अनुष्ठान गरिने संस्थाका अध्यक्ष अविराज आचार्यले जानकारी दिए । संस्थाले वैदिक सनातनी मार्गबाट धर्म संस्कृति, ज्योतिष, वास्तु, बाल संस्कार, शिक्षा, स्वास्थ्यलगायत १८ क्षेत्रमा सेवामूलक काम गरिरहेको उनले बताए ।

यही जेठ २७ गते पशुपति क्षेत्रको हंसमण्डपमा हुने कार्यक्रमको उद्घाटन उपराष्ट्रपति रामसहायप्रसाद यादवले गर्ने तय भएको आयोजकले जनाएको छ । कार्यक्रममा अष्टसिद्धिपीठ श्री स्वामी समर्थ गुरुपीठ भारतका पीठाधीश स्वामी समर्थ गुरु माऊली श्री अण्णा साहेव मोरे पनि आनेछन् । उनको सङ्कल्पमा आर्थिकमन्दीबाट छुटकारा र विश्व शान्तिका लागि अनुष्ठान गर्न लागिएको अध्यक्ष आचार्यले बताए ।

कार्यक्रममा संस्थाका प्रमुख संरक्षक एवं नेपाली सेनाका अवकाशप्राप्त रथी अमर पन्तले भारतको महाराष्ट्रको नासिकमा रहेको दक्षिण गोदावरी र नेपालको ललितपुरमा रहेको उत्तर गोदावरीका बीचको धार्मिक सम्बन्धलाई पनि जनस्तरमा स्थापित गर्न स्वामीको आगमन र अनुष्ठानले सहयोग गर्ने बताए ।

संस्थाका उपाध्यक्ष एवं प्रचारप्रसार विभाग प्रमुख माधव थापाले अनुष्ठानमा इच्छुक सबैले भाग लिन सक्ने जानकारी दिँदै आर्थिकमन्दी, दैवी प्रकोप र अशान्ति हटाएर विश्वशान्तिको शङ्खघोष पशुपति क्षेत्रबाट गर्न लागिएको बताए ।


प्रकाशित मिति: १९ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?