Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

धोती लगाएर प्रधानमन्त्री प्रचण्डले गरे महाकालेश्वर मन्दिरमा पूजाअर्चना, ५१ हजार रूपैयाँ दान


१९ जेठ, मध्य प्रदेश । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पूजाअर्चना गरेका छन् ।

नयाँदिल्लीबाट विशेष विमानमार्फत् उज्जैन पुगेर प्रधानमन्त्री प्रचण्डले महाकालेश्वरको पूजाअर्चना गरेका हुन् ।

सोहीक्रममा उनले नेपालबाट लगेको १०८ केजी रूद्राक्ष र ५१ हजार रूपैयाँ दान गरेका छन् ।

पूजा गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डसँगै अर्थमन्त्री डा प्रकाशशरण महत पनि सहभागी भएका छन् ।

भारतको १२ ज्योतिर्लिङ मध्ये मशाकालेश्वर पनि एक हो ।


प्रकाशित मिति: १९ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?