काठमाडौँ । भारतको औपचारिक रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र भारतीय समकक्षी विदेशमन्त्री एस जयशङ्करबिच नयाँ दिल्लीमा भेटवार्ता भएको छ । सोमबार दिउँसो उहाँहरूबीच भेटवार्ता भएको हो । भारतीय विदेशमन्त्री एस जयशङ्करले मन्त्री डा.राणालाई स्वागत गरेका हुन् । भेटका क्रममा द्विपक्षीय हित, नेपाल भारत सम्बन्धका विविध पक्ष, आपसी सहयोग आदानप्रदान
काठमाडौँ । अभिनेत्री अरुणिमा लम्सालले कांग्रेस नेता युवराज श्रेष्ठसँग विवाह गरेकी छन्। उनीहरु वीच काठमाडौँको बत्तीसपुतलीस्थित राम मन्दिरमा विवाह भएको हो । अमेरिकामा बसोबास गर्दै आएकी अरुणिमाको यो दोस्रो विवाह वराहक्षेत्र नगरपालिका, चतरा सुनसरीका स्थानीय कांग्रेस नेता युवराज श्रेष्ठसँग भएको हो । उनीहरुले केही दिनअघि सुनसरी जिल्ला अदालतमा कोर्ट म्यारिज
ललितपुर। ललितपुरको बगलामुखी मन्दिर नजिकै रहेको अमिरमान बज्राचार्यको घरमा आगलागी भएको छ । खाजा बनाउने क्रममा ग्यास लिक भएर आगलागी भएको ललितपुर नगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिए । आगो नियन्त्रणका लागि प्रहरी, स्थानीय,३० जना नगर प्रहरी र तीनवटा दमकल खटिएका छन् । क्षतिको विवरण आउन बाँकी छ
काठमाडौँ । बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा गए राती १ बजे पहिरोले घर पुर्दा एकै परिवारका चार जनाको मृत्यु भएको छ । गए राति गएको पहिरोले बीरबहादुर धामीको घर पुर्दाकाली धामी, गोल्की धामी, आकृति धामी र लक्ष्मी धामीको ज्यान गएको छ। घरमा १० जना भएपनि ६ जान भागेर बचेका छन्। घटनालगत्तै
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा मधेस प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले परापूर्वकालदेखि मनाइँदै आएको पौराणिक, धार्मिक एवं सांस्कृतिक पर्व रक्षाबन्धन, जनैपूर्णिमा (ऋषितर्पणी), गुँःपुन्हिको उपलक्ष्यमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तोत्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गरेका छन् । “यो पर्व भूगोल, क्षेत्र र समुदायगत रुपमा फरक–फरक नामले
काठमाडौँ । सभामुख देवराज घिमिरेले रक्षाबन्धनले नेपालीबीच राष्ट्रिय एकता, सद्भाव र भाइचारा अभिवृद्धिमा मद्दत पुर्याउने बताएका छन् । श्रावण शुक्ल पूर्णिमाका दिन हिन्दू धर्मावलम्बीहरुको महान पर्व रक्षाबन्धन (जनैपूर्णिमा) को अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा सु–स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै उनले भने, “धार्मिक एवं सांस्कृतिक पर्व रक्षाबन्धनले
काठमाडौँ । नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलविरुद्ध आफ्नी श्रीमतीलाई नक्कली सुराकी खडा गरेर रकम लिएको आरोपमा सामाजिक अभियन्ता युवराज सफलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेका हुन् । अभियन्ता सफलले पूर्व डीआइजी खरेलले ‘सुराकी वापत कमिसन खाएँ’ भन्ने अभिव्यक्ति दिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको समेत जनाएका छन् ।उनले
काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् । रक्षाबन्धन गर्दा गुरु पुरोहितले ‘येन बद्धो
काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आजको लागि अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६१