ललितपुर। ललितपुरको बगलामुखी मन्दिर नजिकै रहेको अमिरमान बज्राचार्यको घरमा आगलागी भएको छ ।
खाजा बनाउने क्रममा ग्यास लिक भएर आगलागी भएको ललितपुर नगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिए । आगो नियन्त्रणका लागि प्रहरी, स्थानीय,३० जना नगर प्रहरी र तीनवटा दमकल खटिएका छन् ।
क्षतिको विवरण आउन बाँकी छ ।
प्रकाशित मिति: ३ भाद्र २०८१, सोमबार