Trending
>>   विद्युतीय प्रशारण लाइनको तारमुनिको जग्गाको कित्ताकाट गर्न पाइने >>   नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनियताको शपथ ग्रहण >>   फागुन २१ मा जसरी पनि निर्वाचन हुनुपर्छः पुष्पकमल दाहाल >>   तीन सय बढी जेन–जी युवा रास्वपामा प्रवेश >>   सरकारले अझै निर्वाचनको वातावरण बनाउन सकेको छैनः ओली >>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल
Logo
११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

समाचार


अनलाइन फारम विदुरले निः शुल्क भरिदिने

२६ वैशाख ,त्रिशूली । जिल्ला प्रशासन कार्यालय नुवाकोटमार्फत राहदानी र राष्ट्रिय परिचयपत्रको अनलाइन आवेदन फारम विदुर नगरपालिकाले निःशुल्क भरिदिने भएको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापा र विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठसहितको सरोकारवालाबीच सोमबार भएको निर्णयानुसार प्रशासन कार्यालयमा राहदानी र राष्ट्रिय परिचयपत्र बनाउन पुग्ने सेवाग्राहीको आवेदन फाराम नगरपालिकाले

रगत चिस्यान केन्द्र निर्माणमा सहयोग गर्न रेडक्रसको आह्वान

२६ वैशाख ,भक्तपुर । नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाद्वारा रक्तसञ्चार सेवाका लागि अत्यावश्यक रगत चिस्यान केन्द्र निर्माणका लागि सहयोग गर्न आह्वान गर्दै यसका लागि ‘मनैदेखि सेवा’ अभियान सुरुआत गरेको छ । विश्व रेडक्रस दिवसका अवसरमा सोमबार जिल्ला शाखाले आयोजना गरेको पदयात्रा एवं आर्थिक सङ्कलन अभियान कार्यक्रममा जिल्ला समन्वय समिति

कामु प्रधानन्यायाशीले भने, ‘न्यायपालिकाले सुधारका कार्यक्रमलाई अगाडि बढाइरहेको छ’

२६ वैशाख ,काठमाडौँ । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायपालिकाको स्वतन्त्रतासम्बन्धी मूल्य, मान्यतालाई अक्षुण्ण राख्दै छिटोछरितो, स्वच्छ, निष्पक्ष, सुलभ, गुणस्तरीय एवं प्रभावकारी न्याय सम्पादन गर्नुपर्ने बताएका छन् । आज यहाँ जारी गरेको शुभकामना सन्देशमा उनले कानुन दिवस, २०८० को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना

आज कानुन दिवस मनाइँदै

२६ वैशाख ,काठमाडौँ । आज कानुन दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिन्छ । नेपालमा प्रधान न्यायालय ऐन, २००८ बने पनि त्यसको लागू भने विसं २००९ वैशाख २६ गतेबाट लागू भएको थियो । सोही दिनको सम्झनामा प्रत्येक वर्ष

प्रधानन्यायाधीशमा कार्की सिफारिस

२५ वैशाख ,काठमाडौँ । संवैधानिक परिषद्को आज बसेको बैठकले प्रधानन्यायाधीशमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा परिषद्को आज बसेको बैठकले प्रधानन्यायाधीश नियुक्ति गर्नका लागि कार्कीको नाम सर्वसम्मत सिफारिस गरेको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको उक्त बैठकमा

कालीकोटमा प्रहरीमाथि आक्रमण

२५ वैशाख ,मान्म । कालीकोटमा बलात्कारको आरोप लागेका एक जनालाई पक्राउ गर्न गर्न गएको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गरेका छन् । बलात्कारको आरोप लागेका पलाँता गाउँपालिका–६ सैनका ३१ वर्षीय संकल्प बुढालाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आज गाउँलेले आक्रमण गरेका हुन् । आक्रमणबाट इलाका प्रहरी कार्यालय पलाँताका प्रहरी सहायक निरीक्षक

जग्गाको स्वामित्व नपाउँदा विमानस्थल निर्माणमा अल्झन

२५ वैशाख ,दोधारा चाँदनी । कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थललाई जग्गाको स्वामित्व प्राप्त हुन नसक्दा निमार्णको काम प्रभावित भएको छ । विमानस्थलको दक्षिणतर्फ रत्न वाटिका र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेना मातहतको जमिन विमानस्थललाई उपलब्ध नहुदा निर्माणको काम प्रभावित बनेको हो । विमानस्थलको आफ्नो नाममा भएको जग्गामा निर्माण कार्य सम्पन्न

लुम्बिनीमा तत्काल मन्त्रिपरिषद् विस्तार हुन्छ : मुख्यमन्त्री चौधरी

२५ वैशाख ,तुलसीपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशमा तत्काल मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । दाङको तुलसीपुरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री चौधरीले दुई/चार दिनमै मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन् । “सबै प्रदेशको एकैपटक मन्त्रिमण्डल विस्तार गरौँ भन्ने नीतिगत निर्णय भएको छ”, उनले भने । नेपाली कांग्रेस,

श्रेष्ठलाई कारबाही गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

२५ वैशाख ,काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा सदस्य ढाकाकुमार श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गरेको कारबाही तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले आज श्रेष्ठलाई रास्वपाले कारबाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, “प्रतिनिधिसभा

राप्रपाको महिला संगठन अध्यक्षमा अञ्जना शाह रावल निर्वाचित

२५ वैशाख ,काठमाडौँ । राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको महाधिवेशनबाट अध्यक्ष पदमा अञ्जना शाह रावल (काठमाडौं)सर्वसम्मत चयन भएकी छिन् । आइतबारदेखि राजधानीमा जारी महाधिवेशन उपाध्यक्ष, महासचिव सहित ६१ सदस्यीय कार्यसमिति चयन गर्दै आज सम्पन्न भएको छ । महाधिवेशनले उपाध्यक्ष पदमा संगीता मल्ल ठकुरी (धनुषा) र महासचिवमा कुमारी स्याङ्तान(सिन्धुपाल्चोक)

सम्वन्धित समाचारहरु