Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

नेपालसँगको सीमा विवाद समाधान हुन्छ : भारतीय प्रधानमन्त्री मोदी


१८ जेठ, नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सीमा विवाद समाधान हुने बताएका छन् ।

चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तापछि बिहीबार दिउँसो हैदरवाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले नेपाल–भारत सीमा विवाद समाधान हुने बताएका हुन् ।

नेपाल–भारत सम्बन्धलाई हिमालको जस्तै उचाई दिने काम भइरहेको र यही भावनाका साथ सीमा विवाद पनि समाधान गर्ने प्रधानमन्त्री मोदीको भनाइ छ ।

‘हाम्रो सम्बन्धलाई हिमालय जस्तै उचाई दिने काम गर्नेछौँ । यही भावनाका साथ सीमाको विषयमा होस् वा अरु केही सबै समाधान हुनेछ,’ मोदीले संयुक्त पत्रकार सम्मेलनमा भने ।


प्रकाशित मिति: १८ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?