Trending
>>   पहिलो खेलमै सुदूरपश्चिम रोयल्सको हार टर्‍यो – इशान पाण्डे >>   एनपिएलः सुदूरपश्चिमको पहिलो जित >>   दलहरुलाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह >>   रास्वपाका सबै सांसद व्यक्ति विशेषको निर्देशनमा परिचालित छैनन्ः सांसद खरेल >>   विदेशमा रहेका नेपालीलाई मताधिकारको माग गर्दै उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा >>   स्थानीय तहको निर्वाचन ‘घण्टीमय’ हुँदैनः कुलमान घिसिङ >>   देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली >>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित) >>   ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’:केपी ओली
Logo
११ कार्तिक २०८३, बुधबार
११ कार्तिक २०८३, बुधबार

समाचार


चाडपर्वमा दुग्धजन्य परिकारको प्रयोग बढाउन आग्रह

चितवन । दसैँ, तिहार, छठ नजिकिँदै गर्दा दुग्धजन्य परिकारको खपत बढाउन आग्रह गरिएको छ । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले चाडपर्वमा दुग्धजन्य उत्पादन, दही, बटर, घ्यू, पनिरजस्ता वस्तुको खपत गर्न आग्रह गरेको हो । सङ्घका अध्यक्ष किशोर वगालेले चाडपर्वमा दुग्धजन्य उत्पादनको खपत गरी दूधको बजारीकरणलाई सहयोग गर्न अनुरोध गरे ।

पितृ पक्ष सुरु

काठमाडौँ । आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ । आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो ९पञ्चाङ्ग०मा उल्लेख छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य प्राडा देवमणि भट्टराईले जानकारी दिए । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल

स्वस्थ मुटुका लागि शारीरिक क्रियाकलाप बढाऔँ : उपराष्ट्रपति

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले विकसित मुलुकहरूमा जस्तै पछिल्लो समय नेपाललगायतका विकासोन्मुख देशमा पनि मुटु रोगको प्रकोप बढ्दै गएको बताएका छन् । ‘हर्ट टू हर्ट सेन्टर’ विश्व मुटु दिवस, २०८० को अवसरमा यहाँ हिजो आयोजित जनचेतना तथा सम्मान कार्यक्रममा उनले हामी सबैले स्वस्थ मुटुका लागि शारीरिक क्रियाकलाप बढाउँदै स्वास्थ्यप्रति

राजनीतिक नेतृत्व सुशासनका पक्षमा चुक्नु हुँदैन : सांसद चौधरी

काठमाडौँ । विद्यमान शासन व्यवस्थाप्रति पछिल्लो समय नागरिकस्तरबाट केही निराशा र गुनासो आउन थालेका छन् । संसद् र सरकारप्रति नागरिकको टिप्पणी हुनुमा शासकीय चरित्रमा सुधार हुन नसक्नु मुख्य कारण रहेको टिप्पणी सांसद मेटमणि चौधरीले गरेका छन् । ‘सांसदसँग रासस’ संवादका क्रममा उहाँले राजनीतिक नेतृत्व सुशासनका पक्षमा चुक्नु हुँदैन भने ।

प्रधानमन्त्रीको चीन भ्रमण पूर्णरूपमा सफल : परराष्ट्रमन्त्री साउद

छन्दु (चीन) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन औपचारिक भ्रमण सफलतापूर्वक सम्पन्न भएको परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले टिप्पणी गरेका छन् । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा सँगै रहेका मन्त्री साउदले आर्थिक एवं कूटनीतिक दृष्टिकोणले प्रधानमन्त्रीको भ्रमण सफल भएको बताए । चीनका राष्ट्रपति सि चिनफिङ र प्रधानमन्त्री लि छ्याङसँग भएका द्विपक्षीय भेटवार्ता महत्त्वपूर्ण

गीति नाटक लिएर फिल्मको प्रचारमा

गण्डकी । पर्देशिएका नेपालीको कथामा आधारित फिल्म ‘परदेशी २’ यही असोज २६ गतेदेखि प्रदर्शनमा आउँदैछ । कलाकारसहित निर्माण टिम अहिले फिल्मको प्रचारका लागि देश दौडाहामा निस्केको छ । फिल्मको कथालाई लिएर बनाइएको गीतिनाटक ‘बिदाइ’को मञ्चनसहित फिल्मको प्रचारात्मक कार्यक्रम भइरहेको फिल्मका निर्देशक नारायण रायमाझीले बताए । विद्यालय र कलेजमा गीति नाटक

एमाले बागमती प्रदेशको अध्यक्षमा ढुङ्गेल विजयी

काठमाडौँ । नेकपा (एमाले)को प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनले अध्यक्ष पदमा कैलाश ढुङ्गेल निर्वाचित भएका छन् । गए राति सार्वजनिक मत परिणामअनुसार रामेछापका ढुङ्गेलले छ सय ९६ र प्रतिस्पर्धी मकवानपुरका कृष्णप्रसाद दाहालले चार सय ३९ मत प्राप्त गरेका छन् । निर्वाचनमा उपाध्यक्षमा दावा दोर्जे लामा, सचिवमा नवराज सिलवाल, उपसचिवमा प्रेमकुमार

मेलम्चीमा बेपत्ता गजुरेलको शव फेला

सिन्धुपाल्चोक। मेलम्ची नगरपालिका ११ फट्टे स्थित बाटोको छेउमालगाएको पर्खालबाट हाम फाली बेपत्ता भएका व्यक्तिको शव सशस्त्र प्रहरीले असोज १२ गते फेला पारेको छ । सोही जिल्लाको हेलम्बु गाउँपालिका ६ घर भई काठमाडौं महानगरपालिका ६ महांकाल बस्दै आएका ६४ वर्षिय विष्णु प्रसाद गजुरेल असोज ११ गते उक्त खोलामा हाम फाली बेपत्ता

बढ्यो डेङ्गीका बिरामी, अझै एक महिना जोखिम

१२ ,असोज ,काठमाडौँ । पछिल्लो समय काठमाडौँ महानगरपालिकामा डेङ्गी सङ्क्रमणका बिरामी बढेका छन् । विगत एक हप्तादेखि कामपाको ३२ वटै वडामा डेङ्गीका बिरामी बढेका कामपा स्वास्थ्य विभागले जानकारी दिएको छ । कामपा स्वास्थ्य सेवा विभागका प्रमुख रामप्रसाद पौडेलका अुसार विगतका वर्षको तुलनामा यस वर्ष असोजको पहिलो सातासम्म डेङ्गीका बिरामी नगन्य

कार्यवाहक प्रधानमन्त्री खड्काको निर्देशन-“बजार अनुगमन प्रभावकारी बनाउनु”

१२ ,असोज ,काठमाडौँ । प्रधानमन्त्रीको जिम्मेबारीसमेत सम्हाल्नुभएका उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले मूल्य वृद्धि र कलोबजारी कडाइका साथ नियन्त्रण गर्ने गरी थप सक्रिय भएर बजार अनुगमन गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिएक छन् । बजारमा अस्वभाविक रूपमा मूल्य वृद्धि भएको जनगुनासो बढेको भन्दै उनले सम्बन्धित अधिकारीसँग बजार अनुगमनको अवस्थाबारे जानकारी लिँदै

सम्वन्धित समाचारहरु