Trending
>>   धनुषाको लक्ष्मीनिया गाउँपालिकाका वृद्धवृद्धाले असारदेखि पाएनन् सामाजिक सुरक्षा भत्ता >>   आज जनकपुर बोल्ट्स र विराटनगर भिड्दै, सबै टोली उत्साहित >>   आज मिति २०८१ साल मङ्सिर १५ गते शनिबार,हेर्नुहोस आजको राशिफल >>   एनपिएल र नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु– शिखर धवन >>   बालाचतुर्दशीको पूर्वसन्ध्यामा दीप प्रज्वलन गर्दै भक्तजन >>   बुद्धका आचरण र दर्शनलाई आत्मसाथ गरेर समाजमा प्रश्तुत हुन प्रधानमन्त्रीको आग्रह >>   रेखाकुमारी मण्डलको हत्यामा संलग्न रहेको आशंकामा तीन पक्राउ >>   थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु, दश घाइते >>   भैरहवा विमानस्थल स्थायी सञ्चालनका लागि प्रदेश सरकारले पहल गर्छः मुख्यमन्त्री आचार्य >>   कुल गार्हस्थ्य उत्पादनमा पशुपालन क्षेत्रको योगदान महत्वपूर्णः कृषिमन्त्री अधिकारी
Logo
१५ मंसिर २०८१, शनिबार
१५ मंसिर २०८१, शनिबार

स्वस्थ मुटुका लागि शारीरिक क्रियाकलाप बढाऔँ : उपराष्ट्रपति


काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले विकसित मुलुकहरूमा जस्तै पछिल्लो समय नेपाललगायतका विकासोन्मुख देशमा पनि मुटु रोगको प्रकोप बढ्दै गएको बताएका छन् ।

‘हर्ट टू हर्ट सेन्टर’ विश्व मुटु दिवस, २०८० को अवसरमा यहाँ हिजो आयोजित जनचेतना तथा सम्मान कार्यक्रममा उनले हामी सबैले स्वस्थ मुटुका लागि शारीरिक क्रियाकलाप बढाउँदै स्वास्थ्यप्रति सचेत र सावधान हुन आवश्यक रहेको बताए ।

उनले ‘युज हर्ट फर एभ्री हर्ट’ (प्रत्येक मुटुका लागि मुटुको प्रयोग गरौँ) भन्ने मूल नाराका साथ यो वर्ष हामीले विश्व मुटु दिवस मनाइरहेको जनाउँदै भने, “यो नाराको मुख्य उद्देश्य मानिसलाई आफ्नो सोच र कार्यलाई मानवता, प्रकृति र स्वयंको प्रगतिमा उपयोग गर्ने अवसर प्रदान गर्नु रहेको छ । यसको माध्यमबाट मुटुजन्य रोग (हृदयाघात) का कारण हुने ठूलो मृत्युदर रोक्न सकिन्छ ।”

उपराष्ट्रपति यादवले विभिन्न मुलुकमा मुटु रोगको व्यवस्थापनका लागि जनचेतना, सहयोग, हेरचार सेवा र समर्थन फरक–फरक रहेका बताउँदै नेपालसहित गरीब र विकासशील देशहरूमा मुटुको हेरचारका लागि आवश्यक पर्ने जागरुकता र जनचेतना कार्यक्रम तथा सेवा–सुविधाहरूमा जनसाधारणको अझै पनि पर्याप्त पहुँच नभएको उल्लेख गरे ।

“यी देशमा ७५ प्रतिशत मृत्यु मुटु रोगकै कारण हुने गर्दछ, जसलाई जनचेतना कार्यक्रमको आयोजना र यसमा धेरैभन्दा धेरैलाई सहभागी गराएर सुधार गर्न सकिन्छ”, उनले भने, “हृदयाघातको प्रमुख कारणमध्ये वायु प्रदुषण पनि एक हो । हरेक वर्ष २५ प्रतिशत मानिस यसका कारण हृदयाघात भई मृत्युवरण गर्ने गरेका छन् । त्यसैले, वायु प्रदुषणसँग लड्न हामी सबैले स्वस्थ प्रकृति र स्वच्छ वातावरणका लागि आ–आफ्नोतर्फ र स्तरबाट योगदान गर्न सक्नु पर्दछ ।”

उपराष्ट्रपति यादवले तनाव र खराब जीवनशैली हृदयाघातको जोखिमपूर्ण कारक हुन् भन्दै यसलाई नियमित व्यायाम, व्यवस्थित दिनचर्या, राम्रो निद्रा र असल बानी तथा जीवनशैलीबाट न्यूनीकरण गर्न सकिने धारणा राखे ।

“हामीले आफ्नो मुटु स्वस्थ राख्न अपनाइने रोकथामका उपायहरू ‘बडी मास इन्डेक्स’ लाई नियन्त्रणमा राख्ने, उच्च रक्तचाप र कोलेस्ट्रोलको उच्च स्तर (हाइपरलिपिडेमिया) मा नियमित नजर राख्दै अतिरिक्त सोडियमको खपत सीमित गर्न सक्नु पर्दछ”, उनले भने, ‘गतिहीन जीवनशैली परित्याग गर्दै शारीरिक क्रियाकलापमा संलग्न हुन पनि जरुरी छ । परामर्श र सचेतना कार्यक्रममार्फत् मुटुको स्वास्थ्य अनुगमन गर्ने, स्वस्थ एवं सन्तुलित आहार लिने, ‘ट्रान्स फ्याट’ एवम् ‘जङ्क फुड्स’ बाट टाढा रहने, धुम्रपान तथा मद्यपानको सेवन नगर्ने, तनाव व्यवस्थापन गर्ने तथा गुणस्तरीय निद्राका लागि पर्याप्त अभ्यास गर्न पनि अति आवश्यक छ ।”


प्रकाशित मिति: १३ आश्विन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?