Trending
>>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा >>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा >>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

चाडपर्वमा दुग्धजन्य परिकारको प्रयोग बढाउन आग्रह


चितवन । दसैँ, तिहार, छठ नजिकिँदै गर्दा दुग्धजन्य परिकारको खपत बढाउन आग्रह गरिएको छ । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले चाडपर्वमा दुग्धजन्य उत्पादन, दही, बटर, घ्यू, पनिरजस्ता वस्तुको खपत गर्न आग्रह गरेको हो ।

सङ्घका अध्यक्ष किशोर वगालेले चाडपर्वमा दुग्धजन्य उत्पादनको खपत गरी दूधको बजारीकरणलाई सहयोग गर्न अनुरोध गरे । अहिले दूधको बजारीकरणमा समस्या देखिन थालेको जनाउँदै उनले सबैको भान्छामा नेपाली दुग्धजन्य उत्पादन प्रयोग भएमा अहिलेको समस्या समाधान हुने बताए ।

उनले भने, “अहिले दूधको बजारीकरणमा समस्या देखिएको छ । यसलाई निराकरण गर्न आम नेपालीको भान्सामा नेपाली दुग्धजन्य उत्पादनको प्रयोग वढाउन जरुरी रहेको छ ।”

जिल्लामा अहिले दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुने भए पनि जिल्ला बाहिर एक लाख ३५ हजार लिटर दूध मात्रै जाने गरेको छ । बाहिरी जिल्ला जाने दूधसमेत कम्पनीहरुले उठाउन कठिन मान्दा समस्या बढ्दै जान थालेको उनले जानकारी दिए ।

सङ्घका उपाध्यक्ष रामेश्वर गौलीलले जिल्लाबाट बाहिर जाने दूध कम्पनीले उठाउन गाह्रो मान्ने गरेको जनाउँदै विगत तीन किस्तादेखिको दूधको पैसासमेत पाउन नसकेको बताए । उनले भने, “डिडिसीले गत साउनयता किसानलाई पैसा दिन सकेको छैन । अधिकांश किसानले कम्तीमा तीन किस्ताको रकम पाउन बाँकी छ ।”

यही अवस्था रहेमा किसानले चाडपर्वको मुखमा आन्दोलन गर्नुपर्ने अवस्था आउने उनको भनाइ छ । सङ्घमा अहिले एक सय १५ सहकारी आबद्ध रहेको जानकारी दिँदै उनले यी सहकारीबाट कम्पनीले दूध उठाउन नसक्ने जानकारी दिन थालेको उनले बताए ।

उनले भने, “किसानले दूधको पैसा नपाउने र दूध बजारमा पनि नजाने हो भने यसले ठूलो समस्याको रुप लिन्छ । यसैले सबैले चार्डपवमा घरघरमा दुग्धजन्य उत्पादनको प्रयोग बढाएर सहयोग गर्नुपर्यो ।”

सचिव कल्याण अधिकारीले सरकारले छिमेकी नाकाबाट आउने दूधको नियन्त्रणमा चासो नदिनुका कारण यहाँको दूधले बजार नपाएको गुनासो गरे ।

उनले भने, “राज्यका निकायले नेपाली दुग्धजन्य वस्तुको खपतमा ध्यान दिन जरुरी छ । अन्यथा किसान पलायन हुने अवस्था आउँछ ।” विद्यालयको दिवा खाजा, सुरक्षा निकायका कार्यालय अन्य सरकारी कार्यालयले दुग्धजन्य वस्तुको खपतमा जोड दिनुपर्ने उनको भनाइ थियो ।


प्रकाशित मिति: १३ आश्विन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?