Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

रेखाकुमारी मण्डलको हत्यामा संलग्न रहेको आशंकामा तीन पक्राउ


काठमाडौँ। रेखाकुमारी मण्डलको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

शुक्रवार धनुषा प्रहरीले जिल्ला धनुषा जनकनन्दिनी गाउँपालिका वडा नं. ३ बस्ने वर्ष २२ को राम ललित खत्वे मण्डल, सोही ठाउँका खजुरी बस्ने वर्ष २० को ज्ञानेन्द्र दास र ऐ. शहीदनगर नगरपालिका वडा नं.८ नाथपट्टी बस्ने वर्ष २४ को रमेशकुमार मण्डललाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

मंसिर ८ गते जिल्ला धनुषा जनकनन्दिनी गाउँपालिका वडा नं.४ खजुरी र ऐ. कमला नगरपालिका वडा नं.२ सरावेको बीच सीमानामा रहेको आमा खोलामा नामथर वतन नखुलेको महिलाको मृतक शव प्लाष्टिकको बोराभित्र रहेको वेवारीसे अवस्थामा फेला परेको थियो । उक्त बोरा खोली हेर्दा मृतक शवको अनुहारको बायाँतर्फ गालामा चोट लागेको, घाँटी काटीएको अवस्थामा रहेकोमा उक्त शवको प्रारम्भिक अनुसन्धान लासजाँच मुचुल्का गरी पो.मा.को लागि प्रादेशिक अस्पताल जनकपुरधाम धनुषा पठाइएको धनुषा प्रहरीका प्रहरी उपरीक्षक भूवनेश्वर तिवारीले बताउनु भयो । मृतक महिलाको घर जिल्ला धनुषा जनकनन्दिनी गाउँपालिका वडा नं.५ उधा टोलमा रहेको बताए ।

मृतकलाई घटनास्थलमा ल्याउन ज्ञानेन्द्र दास र रमेशकुमार मण्डलले सहयोग गरेको र राम ललित मण्डल खत्वेले ढुंगाले अनुहारमा प्रहार गरी मुर्छित बनाई दाह्री काट्ने छुरा ब्लेडले घाँटी रेटी हत्या गरेर फरार भएकोमा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको बताउनु भयो ।

मृतक रेखाकुमारी मण्डलको विवाह गर्ने, सँगै बस्ने सम्बन्धमा विवाद हुँदा घटना भएको देखिएको बताउनु भयो । मृतक रेखाकुमारी मण्डलको करिव ५÷६ वर्ष अगाडीदेखि रामललित मण्डल खत्वेसँग प्रेम सम्बन्ध रहेको खुलेको जानकारी दिनुभयो । रेखाकुमारी मण्डलको घर परिवारको मानिसहरूले उक्त सम्बन्ध स्वीकार नगरेको हुँदा रेखाकुमारी मण्डल आफ्नो घरबाट भागी रामललित मण्डल खत्वेसँग विवाह गर्न दबाब दिएको, रामललित खत्वे मण्डलले नेपाली सेनामा फर्म भरेको हुँदा जागिर खाई सकेपश्चात मात्र विवाह गर्ने भनेकोमा सोही विषयमा विवाद हुँदा घटना भएको जानकारी पाएको बताउनु भयो ।


प्रकाशित मिति: १४ मंसिर २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?