Trending
>>   उद्योग वाणिज्य महासंघको अग्रसरतामा १० अर्बको कम्पनी खडा गरेका छौँः ढकाल >>   निर्वाचन सुरक्षा समितिको बैठक जारीः रौतहट र वीरगञ्जको झडपपछि सुरक्षा व्यवस्था थप मजबुत पारिँदै >>   उत्पादनमुखी अर्थतन्त्र निर्माण मेरो मुख्य एजेण्डा होः वरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकाल >>   संक्रमणकालीन न्याय र निष्पक्ष निर्वाचन नेपालको प्राथमिकताः प्रधानमन्त्री कार्की >>   अमेरिकी सेना सिरियाको कासरक आधारबाट फिर्ता हुँदै >>   आईजिन निर्देशिका कार्यान्वयनमा ‘अदृश्य शक्ति’ को अवरोध : सीडीएससी >>   मतदान सकिएको २४ घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्छौंः रामप्रसाद भण्डारी >>   ‘डबल आईएसआईएन’ ले पुँजी बजारमा विकृति ल्यायो, एकीकृत बजार सिद्धान्त अपनाउनुपर्छः कमलेश अग्रवाल >>   कप्तान सावित्रा भण्डारीको उपचार निःशुल्क गर्ने काठमाडौं मेडिकल कलेजको घोषणा >>   आकाश छुने चीर, मन छुने रङ (फोटो फिचर)
Logo
१२ फाल्गुन २०८२, मंगलवार
१२ फाल्गुन २०८२, मंगलवार

आज जनकपुर बोल्ट्स र विराटनगर भिड्दै, सबै टोली उत्साहित


काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) का आठ फ्रेन्चाइज टोलीका कप्तानहरूले पहिलो संस्करणका खेलका लागि आफु उत्साहित रहेको बताएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रवार आयोजना गरेको पत्रकार सम्मेलनमा सबै फ्रेन्चाइज टोलीका कप्तानले एनपिएलको आयोजनालाई लिएर आफूहरू उत्साहित रहेको बताएका हुन् । शनिवार जनकपुर बोल्ट्स र विराटनगर किङ्सले एनपिएल उद्घाटन खेलमा प्रतिष्पर्धा गर्दैछन् । उद्घाटन अगाडि भएको पत्रकार सम्मेलनमा सबै फ्रेन्चाइज टोलीका कप्तानले एनपिएल आयोजना हुनु एक्सपोजरको राम्रो माध्यम रहेको र जहाँ आफूहरूले खेल्न उत्साहित रहेको धारणा राखे ।

जनकपुर बोल्ट अनिल साहको कप्तानीमा उत्रँदैछ भने विराटनगरको कप्तानी सन्दीप लामिछानेले गर्नेछन् । ग्लोवल स्टारको छवि बनाएका विराटनगरका कप्तान सन्दीपले विभिन्न देशमा फ्रेन्चाइज खेल्दा आफ्नो देशमा पनि विश्वका स्टारसहित राम्रो फ्रेन्चाइज लिग होस् भन्ने चाहना रहँदै आएको र जुन अहिले पूरा भएको बताए । साथै उनले यसअघि नेपालमा भएका फ्रेन्चाइज क्रिकेटको योगदान पनि भुल्न नहुने उल्लेख गरे । लेग स्पिनरसमेत रहेका सन्दीपले पहिलो खेलमा जित निकाल्ने लक्ष्यका साथ उत्रने पनि बताए । यता, जनकपुर बोल्ट्सको मार्की खेलाडी असिफ सेख हुन् ।

तर जनकपुर बोल्ट्सले अनिललाई कप्तानी जिम्मेवारी दिएको छ । मार्कीलाई कप्तानी जिम्मेवारी नदिने जनकपुर एक्लो टोली हो । कप्तान अनिलले आसिफकै सल्लाहपछि आफू कप्तान बनेको स्पष्ट पारे । उनले केही दिन काठमाडौंमा तयारीसँगै अभ्यास खेल पनि खेलेको र टोली सन्तुलित रहेको बताएका छन् । विराटनगर र जनकपुरबीच शनिवार १२ः१५ खेल हुनेछ । जनकपुरले न्युजिल्याण्डका जिमी निसमजस्ता चर्चित र अनुभवी क्रिकेटर भित्राएको छ । विराटनगरसँग ग्लोबल स्टार सन्दीपसँगै न्युजिल्याण्डकै मार्टिन गप्टिलजस्ता आक्रामक ब्याट्सम्यान छन् । त्यसैले पहिलो खेल रोमाञ्चक हुने आशा गरिएको छ ।

शुक्रवार पत्रकार सम्मेलनमा कर्णाली याक्सका कप्तान सोमपाल कामीले आफ्नो टोलीमा युवा खेलाडीको बाहुल्यतासँगै शिखर धवन र बाबर हयात स्टारको साथले राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरे । लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले करिव ६÷७ दिनको तयारी गरेको र आफ्नो टोली पनि सन्तुलित रहेकाले राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरे । साथै उनले देशमा एनपिएल आयोजनालाई लिएर राम्रो माहोल बनेको र भविष्यमा यसले छुट्टै उचाइ लिने धारणा राखेका छन् ।

अन्तर्राष्ट्रिय ब्रोडकास्टर र अनुभवी खेलाडीको आगमनले एनपिएललाई नयाँ उचाइमा पु¥याउने उनको विश्वास थियो । काठमाडौं गुर्खाजका कप्तान करण केसीले यो एनपिएल युवा खेलाडीहरूलाई आफ्नो ट्यालेन्ट देखाउने राम्रो माध्यम बन्ने विश्वास व्यक्त गरे । साथै उनले आफ्नो टोलीले राम्रो तयारी गरिरहेको पनि बताएका छन् । सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले टोलीको तयारी राम्रो भएको र १÷२ वटा अभ्यास खेल पनि खेलेकाले राम्रो प्रदर्शन गर्ने बताए । साथै उनले एनपिएललाई लिएर सबै खेलाडी उत्साहित रहेको उल्लेख गरे ।
चितवन राइनोजका कप्तान कुशल मल्लले आफूहरू खेलका लागि उत्साहित रहेको बताए । पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले पोखरामा नै ८÷९ दिन अभ्यास गरेको बताए । साथै उनले अभ्यास खेलमा पनि राम्रो भएको र खेलका लागि सबै खेलाडी उत्साहित रहेको उल्लेख गरे । सो अवसरमा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले एनपिएलको आयोजनासँगै नेपाली क्रिकेटले नयाँ उचाई लिने विश्वास व्यक्त गरे ।

आगामी पुष ६ गतेसम्म हुने एनपिएलमा कुल ३२ खेल सञ्चालन हुनेछन् । इन्डियन प्रिमियर लिग (आइपिएल) को टोली चेन्नाई सुपर किङ्समा प्रशिक्षण गरेका राजिव कुमार गरी भारत तीन, नेपालका तीन प्रशिक्षक, आयरल्याण्ड र श्रीलंकाका समान एक जना प्रशिक्षकले फ्रेन्चाइज टोलीको प्रशिक्षण गरिरहेका छन् ।


प्रकाशित मिति: १५ मंसिर २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?