Trending
>>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

बुद्धका आचरण र दर्शनलाई आत्मसाथ गरेर समाजमा प्रश्तुत हुन प्रधानमन्त्रीको आग्रह


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका आचरण र दर्शनलाई आत्मसाथ गरेर समाजमा प्रश्तुत हुन आग्रह आग्रह गरेका छन् ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दिक्षान्त तथा २० औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति समेत रहनुभएका प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन् । उनले बुद्धका उपदेश, शान्ती, करुणा र मित्रतालाई आफ्नो जीवनमा अनुशरण विश्वमाझ फैल्याउन सबै लाग्नुपर्ने बताउदै उनले अहिले समाजमा जालझेल र प्रपञ्च गर्ने कामहरु भइरहेको उल्लेख गर्दै सबैले सत्य र निष्ठाको बाटोमा लाग्नुपर्ने बताए । मानव जातीको कल्याण विश्व शान्ती र समानताबाट मात्रै हुने उनको भनाइ थियो ।

उनले भने, ‘बुद्धका आचरणहरुलाई, बुद्धका उपदेश, शान्ती, करुणा र मित्रतालाई आत्मसाथ गरेर आफ्नो जीवनमा अनुशरण गर्नुपर्दछ । त्यसलाई तब मात्र सबैमाझ फैलाउन सक्नुहुन्छ । यी कामहरु गर्नुस् । मानवीय गुण भनेको जालझेल, प्रपञ्च गर्नु होइन । मानवीय गुण भनेको सत्य र निष्ठाको बाटोमा चल्नु हो । शान्तीको बाटो र करुणाको बाटोमा चल्नु हो । मानव जातीको कल्याण विश्व शान्तीबाट हुन्छ । मानव जातीको कल्याण समानताबाट हुन्छ । मानव जातीले सम्मानित जीवन बाच्न पाउन, शान्तीपूर्वक बाँच्न पाउन भन्नको लागि हामीले सुखि नेपाली समृद्ध नेपाल भनेका छौं ।’

सबै सुखी होउन् भन्ने बुद्धका सन्देशको अर्काे रुप नै आफूहरूले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा भएकाले यसलाई पूरा गर्न उनले सबैमा आग्रह ग रेका छन्।


प्रकाशित मिति: १४ मंसिर २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?