Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

एनपिएल र नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु– शिखर धवन


काठमाडौँ। भारतीय क्रिकेट टोलीका पूर्वसदस्य एवं कर्णाली याक्सका क्रिकेटर शिखर धवनले एनपिएल र नेपालका खेलाडीसँग खेल्न उत्साहित रहेको बताएका छन् ।

एनपिएल खेल्न शुक्रवार नेपाल आइपुगेका शिखर धवनले अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पत्रकार सम्मेलनमा आफू नेपाली क्रिकेटरहरूसँग खेल्न उत्साहित रहेको बताएका हुन् । नेपालसँग आफ्नो देशको पुरानो सम्बन्ध रहेको र नेपालमा आफू कहिल्यै नआएकाले एनपिएल खेल्न आफू तयार भएको उनको भनाइ छ । उनले एनपिएलमा राम्रो अन्तर्राष्ट्रिय क्रिकेटर खेल्दा र उनीहरूसँग ड्रेसिङ रुम सेयर गर्दा नेपाली खेलाडीहरूको आत्मविश्वास बढ्ने विश्वास व्यक्त गरे ।

उनले नेपाली क्रिकेटले अन्तर्राष्ट्रियस्तरमा राम्रो गरिरहेको उल्लेख गर्दै सबै टिकट विक्री हुनुले पनि यहाँको क्रिकेट अवस्थाबारे दर्शाउने बताए । अन्तर्राष्ट्रिय क्रिकेटरहरू नेपाल आउँदा यहाँको पर्यटनमा समेत टेवा पुग्ने उनको भनाइ छ ।


प्रकाशित मिति: १४ मंसिर २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?