Trending
>>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा >>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा >>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

गीति नाटक लिएर फिल्मको प्रचारमा


गण्डकी । पर्देशिएका नेपालीको कथामा आधारित फिल्म ‘परदेशी २’ यही असोज २६ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

कलाकारसहित निर्माण टिम अहिले फिल्मको प्रचारका लागि देश दौडाहामा निस्केको छ । फिल्मको कथालाई लिएर बनाइएको गीतिनाटक ‘बिदाइ’को मञ्चनसहित फिल्मको प्रचारात्मक कार्यक्रम भइरहेको फिल्मका निर्देशक नारायण रायमाझीले बताए ।

विद्यालय र कलेजमा गीति नाटक देखाउने गरिएको उनको भनाइ छ । फिल्मको निर्माण टिमले बिहीबार र शुक्रबार पोखराका विभिन्न विद्यालय र कलेजमा नाटक मञ्चनसहित फिल्मबारे जानकारी गराएको थियो ।

फिल्मका अभिनेता प्रकाश सपूत र अभिनेत्री केकी अधिकारी पनि फिल्म प्रवद्र्धनमा सक्रिय छन् । सपूत अध्ययनका लागि विदेशिएको युवाको भूमिका फिल्ममा देखिँदै छन् ।

नारायणगढ, नेपालगञ्ज र बुटवलमा प्रचारात्मक कार्यक्रम भइसकेको निर्देशक रायमाझीले बताउनुभयो । पोखरापछि पूर्वी नेपालका विभिन्न सहरमा फिल्मको टिम पुग्ने जनाइएको छ ।

बडादसैँको छेकोमा प्रदर्शनमा आउन लागेको फिल्म ‘परदेशी २’ सपूत अभिनित पहिलो फिल्म हो । गायन करिअरको शिखरमा रहेकै बेला सपूत ‘परदेशी २’बाट नायकका रुपमा उदाउँदै छन् ।

अभिनेत्री अधिकारीको अभिनय यात्रामा भने यो ३३औँ फिल्म हो । पहिलोपल्ट ‘हिरो’ का रुपमा ठूलो पर्दामा आउँदा दङ्ग र उत्साहित रहेको सपूतले बताए । “नायकका रुपमा यो मेरो परीक्षा हो, सुरुमै ब्राण्ड ब्यानर र सफल फिल्मको सिक्वेलमा अभिनय गर्न पाउनु आफैमा सुखद् कुरा हो”, उनले भने, “अहिले फिल्मको प्रचारका क्रममा दर्शकहरु भेटिरहेका छौँ, राम्रो प्रतिक्रिया आइरहेको छ ।”

विद्यालय र कलेज केन्द्रित प्रवद्र्धनको कार्यक्रमले नयाँ पुस्तालाई फिल्मप्रति अभिरुचि जगाउन मद्दत पुग्ने नले विश्वास व्यक्त गरे ।

नायिका केकी अधिकारीले मौलिक कथामा राम्रो फिल्म बनेको बताईन्। आफ्नो फिल्म करिअरमा ‘परेदशी २’ले विशेष अर्थ राख्ने उनले उल्लेख गरिन् । “परदेशी २ नेपाली परिवेश र जनजीवनको कथा हो, फिल्म राम्रो बनेको छ, दर्शकको साथ पाउनेमा हामी ढुक्क छौँ”, उनले भनिन् ।

शुक्रबार नायक सपूतको गृहजिल्ला बागलुङमा ‘परदेशी २’को प्रिमियर शोसमेत राखिएको थियो । जिल्लावासीले बाजागाजासहित उहाँलगायत फिल्मका कलाकारलाई विशेष स्वागत गरेका थिए ।

उनले ‘परदेशी २’ को प्रर्दशनपछि मात्र फिल्म निर्देशन र अभिनयमा विषयमा थप निर्णय लिने बताए । सपूतले यसअघि आफ्नै कथा र निर्देशनमा फिल्म बनाउने सङ्केत गरेका थिए ।

उनका ‘गलबन्दी’, ‘बोलमाया’, ‘पिर’, ‘सकम्बरी’लगायत गीत चर्चित छन् । गायकका रुपमा ख्याती आर्जन गर्नुभएका सपूतलाई फिल्म फाप्छ या फाप्दैन त्यो त हेर्न बाँकी नै छ ।

रायमाझीको निर्माण तथा निर्देशनमा यसअघि बनेको फिल्म ‘परदेशी’ व्यावसायिकरुपमा सफल भएको थियो । सोही फिल्मको सिक्वेलका रुपमा ‘परदेशी २’ निर्माण गरिएको हो ।

फिल्ममा सपूत र अधिकारीसँगै वर्षा सिवाकोटी, दिलीप रायमाझी, प्रशान्त तामाङ, नीर शाह, रमा थपलियालगायत कलाकारको अभिनय रहेको छ । नारायण रायमाझी र राजेश वंशलको संयुक्त निर्माण रहेको फिल्मका नेपालसहित भारत र अमेरिकामा छायाँकन गरिएको जनाइएको छ ।


प्रकाशित मिति: १३ आश्विन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?