Trending
>>   धनराज गुरुङको प्रश्नः सबै आ–आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ ? >>   गगन–विश्वप्रकाशलाई सहमहामन्त्री परियारको जवाफः ‘पार्टी व्यक्तिगत कम्पनी होइन, बहुमतको निर्णय मान्नैपर्छ’ >>   शेखर कोईरालाले विशेष महाविधेशन पक्षधरहरुसँग छलफल गर्ने >>   मामदानी न्युयोर्क शहरको पहिलो मुस्लिम मेयरको रूपमा शपथवद्ध >>   स्विट्जरल्याण्डको बारमा भीषण आगलागीः ४० जनाको मृत्यु, ११९ घाइते >>   डा. सुनिल शर्माले रतुवामाईको सामुदायिक विद्यालयमा ४ करोडको भवन निर्माण गरिदिने >>   काठमाडौं–२ बाट प्रतिनिधि सभा चुनाव लड्ने राप्रपा नेतृ कुन्ती पोखरेलको घोषणा >>   दक्षिण कोरियामा सवारी दुर्घटनाः १ जनालाई हृदयघात, ६ घाइते >>   एनभिए भलिबलः महिलातर्फ पुलिस र न्यु डायमण्डले उपाधिका लागि प्रतिष्पर्धा गर्ने >>   महाधिवेशन प्रतिनिधिलाई महामन्त्री थापाले भने– पुसभित्र विषेश महाधिवेशन हुन्छ, काठमाडौंमा भेटौँला
Logo
१९ पुष २०८२, शनिबार
१९ पुष २०८२, शनिबार

समाचार


पोर्चुगलमा दूतावासको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र

२६ वैशाख, एजेन्सी । पोर्चुगलमा दूतावास स्थापनाको माग गर्दै गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलले परराष्ट्रमन्त्री एनपी साउद समक्ष ज्ञापनपत्र बुझाएको छ । गैर अवासीय नेपाली सङघको १५औँ युरोप क्षेत्रीय सम्मेलनमा सहभागी हुन चेक रिपब्लिकको राजधानी प्राग पुगेका परराष्ट्रमन्त्री साउद समक्ष सङ्घले पोर्चुगलमा दूतावास स्थापनाको माग गर्दै आइतबार एक कार्यक्रमबीच ज्ञापनपत्र बुझाएको

निरन्तर घटेको शेयर बजारमा मंगलबार छायो हरियाली, दोहोरो अङ्कले उकालो

२६ वैशाख, काठमाडाैँ । साताको पहिलो दिन लगातार घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेप्से परिसूचक १० दशमलव ६६ अङ्कले बढेर एक हजार आठ सय ४४ दशमलव ३६ अङ्कमा पुगेको छ । आजको कारोबारमा विभिन्न दुई सय ६९ वटा कम्पनीका २८ लाख ३६ हजार एक

टोपबहादुर रायमाझीको घरमा प्रहरीले गर्यो खोजतलास

२६ वैशाख, काठमाडाैँ । पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको निवासमा प्रहरीले खोजतलास गरेको छ । मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले सातदोबाटोमा रहेको रायमाझीको निवासमा खोजतलास गरेको हो । पक्राउ पूर्जी जारी भएपछि फरार भएका रायमाझीलाइ हालसम्म प्रहरीले फेला पार्न सकेको छैन । उनी अर्घाखाँचीबाट काठमाडाैँ जाने भन्दै

हिमाल आरोहणबाट ७४ करोड राजस्व सङ्कलन

२६ वैशाख, काठमाडाैँ । वसन्त ऋतुमा आरोहणका लागि मौसम अनुकूल हुने भएकाले विश्वभरबाट उल्लेख्य सङ्ख्यामा आरोही आउँछन् । सगरमाथासहित विभिन्न हिमाल आरोहणबाट सरकारी राजस्वमासमेत योगदान पुग्छ । यस यामको सगरमाथा लगायतका हिमाल आरोहणका लागि नेपालसहित ८० देशका नागरिकले पर्यटन विभागबाट अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि मात्रै नेपालसहित ६५

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रोजगारी दिँदै स्थानीय तह

२६ वैशाख, जुम्ला । जिल्लाका  आठवटै स्थानीय तहले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट स्थानीयवासीलाई रोजगारी दिने थालेका छन् । बेरोजगारलाई रोजगारी दिन सरकारले सुरु गरेको उक्त कार्यक्रमलाई जिल्लाका सबै स्थानीय तहले प्राथमिकताका साथ सञ्चालन गरेको स्थानीय तहका रोजगार शाखाले जनाएका छन् । उक्त कार्यक्रमअन्तर्गत कनकासुन्दरी गाउँपालिकामा तीन सय ५० जनालाई रोजगारी दिइएको छ

वालिङले दिन थाल्यो श्रम स्वीकृति

२६ वैशाख, स्याङ्जा , स्याङ्जाको वालिङ नगरपालिकाले वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिलाई श्रम स्वीकृति दिन सुरु गरेको छ । वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले स्थानीय तहबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति सेवा पाएपछि स्थानीयवासीलाई सहज भएको हो । वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले यसअघि श्रम स्वीकृति लिन वैदेशिक रोजगार विभाग

मनाङमा सडकको ट्र्याक खोलिदै

२६ वैशाख, मनाङ । हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकामा ट्र्याक खोलिदै छ । सडक विस्तार भएको २० वर्षपछि विकट क्षेत्रको रुपमा रहेको नार्पाभूमिमा  सडकको ट्र्याक खोल्न थालिएको हो । प्रदेश सरकार र पालिकाले बजेट छुट्याएपछि नार्पाभूमिमा विष्फोटक पदार्थ प्रयोग गरी पहाड फोरेर सडकको ट्र्याक खोल्न सुरुआत गरिएको सहायक प्रमुख जिल्ला अधिकारी

प्रधान सेनापति शर्मा र बेलायती लेफ्टिनेन्ट नोर्टोनबीच भेट

२६ वैशाख, काठमाडाैँ । नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्मासँग संयुक्त अधिराज्य बेलायतको रोयल कलेज अफ डिफेन्स स्टडिजका सेनापति लेफ्टिनेन्ट जेनेरल सर जर्ज नोर्टोनले भेटवार्ता गरेका छन् । मङ्गलबार जङ्गी अड्डामा पुगेर सेनापति लेफ्टिनेन्ट जेनेरल नोर्टोनले प्रधान सेनापति शर्मासँग भेटवार्ता गरेका हुन् । सेनापति लेफ्टिनेन्ट जेनेरल नोर्टोनको नेतृत्वमा उक्त

गाजामा इजरायलले गरेको हवाई आक्रमणमा १२ जनाको मृत्यु

२६ वैशाख, एजेन्सी । इजरायली सेनाले मङ्गलबार गाजा पट्टीमा गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा १२ व्यक्तिको मृत्यु भएको छ । अल जजीराले उल्लेख गरेअनुसार बिहानै गरिएको कारबाहीमा अन्य २० जना घाइते भएका छन्। मङ्गलबार बिहान २ बजे (स्थानीय समय अनुसार) गाजा क्षेत्रभरि आवासीय फ्ल्याटहरूलाई लक्षित गरी विस्फोट गराइएको थियो । प्यालेस्टिनी

ब्याजदर घटाएर अर्थतन्त्र चलायमान बनाइनेछ : अर्थमन्त्री महत

२६ वैशाख, काठमाडाैँ । अर्थमन्त्री डा प्रकाशशरण महतले वर्तमान आर्थिक अवस्था सुधारका लागि बैंकको ब्याजदर घटाएर अर्थतन्त्रलाई चलायमान बनाइने बताएका छन् । राष्ट्रियसभामा आर्थिक वर्ष २०८०÷८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) सम्बन्धी आजको छलफलमा सांसदले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री महतले सो कुरा बताएका हुन्

सम्वन्धित समाचारहरु