Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

टोपबहादुर रायमाझीको घरमा प्रहरीले गर्यो खोजतलास


२६ वैशाख, काठमाडाैँ । पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको निवासमा प्रहरीले खोजतलास गरेको छ ।

मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले सातदोबाटोमा रहेको रायमाझीको निवासमा खोजतलास गरेको हो ।

पक्राउ पूर्जी जारी भएपछि फरार भएका रायमाझीलाइ हालसम्म प्रहरीले फेला पार्न सकेको छैन । उनी अर्घाखाँचीबाट काठमाडाैँ जाने भन्दै हिँडेता पनि भैरहवाबाटै फरार भएका थिए ।

नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा संलग्न भएको भन्दै काठमाडाैँ जिल्ला अदालतले रायमाझीविरूद्ध पक्राउ पूर्जी जारी गरेको छ ।

रायमाझी उनकै निवासमा पनि फेला नपरेको प्रहरीले जानकारी दिएको छ ।


प्रकाशित मिति: २६ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?