Trending
>>   सरकारलाई ५ हजार नेपाली नागरिकले गराए मध्यपूर्वमा आफू असुरक्षित रहेको जानकारी >>   विशेष महाधिवेशन अनुचित सिद्ध भयो, सर्वोच्चले विचाराधीन मुद्दा छिटो टुङ्ग्याओस्ः नेता सिटौला >>   कैद भुक्तानपछि दीपक मनाङे जेलमुक्त >>   काँग्रेसका राष्ट्रिय सभाका सांसदहरूबीच परिचयात्मक कार्यक्रम शुरु (तस्बिरसहित) >>   अमेरिका–इजरायल सैन्य आक्रमणमा १३ सय भन्दा बढी इरानी सर्वसाधारणको मृत्यु >>   प्रत्यक्षतर्फ ५ प्रतिशतभन्दा बढी मत बदर, मतदाता शिक्षाको शैली नै बदल्ने निर्वाचन आयोगको तयारी >>   समाजमा कुष्ठरोगलाई हेर्ने दृष्टिकोण अझै नकरात्मकः कानूनमन्त्री सिन्हा >>   समानुपातिकतर्फको सिट बाँडफाँड कसरी हुन्छ ? यस्तो छ निर्वाचन आयोगले प्रयोग गर्ने ‘सेन्ट लग’ विधि >>   एनआरएनएको नयाँ नेतृत्वका लागि मनोनयन दर्ता शुरु >>   जमानत जफत हुनेमा २,८९० उम्मेदवार , ३५० जनाले एक भोट पनि पाएनन्
Logo
२७ फाल्गुन २०८२, बुधबार
२७ फाल्गुन २०८२, बुधबार

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रोजगारी दिँदै स्थानीय तह


२६ वैशाख, जुम्ला । जिल्लाका  आठवटै स्थानीय तहले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट स्थानीयवासीलाई रोजगारी दिने थालेका छन् । बेरोजगारलाई रोजगारी दिन सरकारले सुरु गरेको उक्त कार्यक्रमलाई जिल्लाका सबै स्थानीय तहले प्राथमिकताका साथ सञ्चालन गरेको स्थानीय तहका रोजगार शाखाले जनाएका छन् ।

उक्त कार्यक्रमअन्तर्गत कनकासुन्दरी गाउँपालिकामा तीन सय ५० जनालाई रोजगारी दिइएको छ ।   पचास दिनका लागि विकास निर्माणका काम गर्ने गरी रोजगारी दिइएको र सो अवधिमा रोजगारदाताले प्रतिव्यक्ति रु २८ हजार आठ सय ५० आम्दानी गरेको गाउँपालिका रोजगार संयोजक हंशराज न्यौपानेले जानकारी दिए । सो कार्यक्रमअन्तर्गत् पालिकामा १७मध्ये १० आयोजना सम्पन्न भइसकेका छन् ।  चालु आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि रु एक करोड एक लाख १५ हजार बजेट छुट्याइएको थियो ।

उक्त कार्यक्रमअन्तर्गत चिन्डेखोला–तलिगाउँ गोरेटोबाटो, धोबीघाट, आवि साउवाडा पर्खाल निर्माण, टापुज्युला तटबन्ध निर्माण, तल्लो रानिसैनदेखि खिच्ने विद्यालयसम्म ढुङ्गा विछ्याउने, चुतीखेल्ना–सार्कीवाडा–ल्वारवाडा–दमाइँवाठा पिसिसी बाटो र बैदारवाडा खानेपानी मर्मत तथा ढल निकास आयोजना निर्माणाधीन अवस्थामा रहेको संयोजक न्यौपानेको भनाइ थियो । पालिकाभित्रका एक सय दुई जनालाई रोजगारी दिएका छौँ ।

विकास निर्माण काममा बेरोजगारलाई रोजगार दिने गरी सय दिनको काम लगाइएको पातारासी गाउँपालिका रोजगार संयोजक अनुज्ञा भण्डारीले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि रु ७० लाख बजेट विनियोजित गरिएको थियो

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट सञ्चालन भएका विकासे योजना अन्तिम चरणमा पुगेका छन् । उक्त कार्यक्रमअन्तर्गत सञ्चालन भएका योजनाको अन्तिम अनुगमन गर्न बाँकी रहेको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिनुभयो । उक्तपालिकाभित्रका नौवटै वडामा सो कार्यक्रम लागू गरिएको थियो ।


प्रकाशित मिति: २६ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?