Trending
>>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रोजगारी दिँदै स्थानीय तह


२६ वैशाख, जुम्ला । जिल्लाका  आठवटै स्थानीय तहले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट स्थानीयवासीलाई रोजगारी दिने थालेका छन् । बेरोजगारलाई रोजगारी दिन सरकारले सुरु गरेको उक्त कार्यक्रमलाई जिल्लाका सबै स्थानीय तहले प्राथमिकताका साथ सञ्चालन गरेको स्थानीय तहका रोजगार शाखाले जनाएका छन् ।

उक्त कार्यक्रमअन्तर्गत कनकासुन्दरी गाउँपालिकामा तीन सय ५० जनालाई रोजगारी दिइएको छ ।   पचास दिनका लागि विकास निर्माणका काम गर्ने गरी रोजगारी दिइएको र सो अवधिमा रोजगारदाताले प्रतिव्यक्ति रु २८ हजार आठ सय ५० आम्दानी गरेको गाउँपालिका रोजगार संयोजक हंशराज न्यौपानेले जानकारी दिए । सो कार्यक्रमअन्तर्गत् पालिकामा १७मध्ये १० आयोजना सम्पन्न भइसकेका छन् ।  चालु आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि रु एक करोड एक लाख १५ हजार बजेट छुट्याइएको थियो ।

उक्त कार्यक्रमअन्तर्गत चिन्डेखोला–तलिगाउँ गोरेटोबाटो, धोबीघाट, आवि साउवाडा पर्खाल निर्माण, टापुज्युला तटबन्ध निर्माण, तल्लो रानिसैनदेखि खिच्ने विद्यालयसम्म ढुङ्गा विछ्याउने, चुतीखेल्ना–सार्कीवाडा–ल्वारवाडा–दमाइँवाठा पिसिसी बाटो र बैदारवाडा खानेपानी मर्मत तथा ढल निकास आयोजना निर्माणाधीन अवस्थामा रहेको संयोजक न्यौपानेको भनाइ थियो । पालिकाभित्रका एक सय दुई जनालाई रोजगारी दिएका छौँ ।

विकास निर्माण काममा बेरोजगारलाई रोजगार दिने गरी सय दिनको काम लगाइएको पातारासी गाउँपालिका रोजगार संयोजक अनुज्ञा भण्डारीले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि रु ७० लाख बजेट विनियोजित गरिएको थियो

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट सञ्चालन भएका विकासे योजना अन्तिम चरणमा पुगेका छन् । उक्त कार्यक्रमअन्तर्गत सञ्चालन भएका योजनाको अन्तिम अनुगमन गर्न बाँकी रहेको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिनुभयो । उक्तपालिकाभित्रका नौवटै वडामा सो कार्यक्रम लागू गरिएको थियो ।


प्रकाशित मिति: २६ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?