Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

पोर्चुगलमा दूतावासको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र


२६ वैशाख, एजेन्सी । पोर्चुगलमा दूतावास स्थापनाको माग गर्दै गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलले परराष्ट्रमन्त्री एनपी साउद समक्ष ज्ञापनपत्र बुझाएको छ ।

गैर अवासीय नेपाली सङघको १५औँ युरोप क्षेत्रीय सम्मेलनमा सहभागी हुन चेक रिपब्लिकको राजधानी प्राग पुगेका परराष्ट्रमन्त्री साउद समक्ष सङ्घले पोर्चुगलमा दूतावास स्थापनाको माग गर्दै आइतबार एक कार्यक्रमबीच ज्ञापनपत्र बुझाएको हो ।

दूतावास नहुँदा पोर्चुगलमा रहेका नेपाली समस्यामा परेको भन्दै सङ्घका अध्यक्ष रवीन अधिकारी र महासचिव राजकुमार थापाले परराष्ट्रमन्त्री साउदलाई ज्ञापनपत्र बुझाउंदै दूतावास स्थापनाको माग गरेका हुन् । युरोप आएका नेपालीको प्रमुख गन्तव्य पोर्चुगल बन्दै गएको, दिनप्रतिदिन नेपालीको सङ्ख्या बढ्दै गएको, राहदानी लगायतका कागजी प्रक्रियामा समस्या भएको र पोर्चुगलबाट ठूलो रकम रेमिट्यान्सका रुपमा नेपाल भित्रिरहेको उल्लेख गर्दै सङ्घले दूतावास स्थापनाको माग गरेको हो ।

सो अवसरमा ज्ञापनपत्र बुझ्दै परराष्ट्रमन्त्री साउदले दूतावास स्थापनाका लागि सरकारले पोर्चुगललाई पहिलो प्राथमिकतामा राखेको र दूतावास स्थापनाका लागि आफू सकारात्मक रहेको आश्वासन दिएको गैर आवासीय नेपाली सङघ पोर्चुगलका अध्यक्ष रवीन अधिकारीले जानकारी दिए । सङ्घको क्षेत्रीय सम्मेलनमा दूतावास स्थापनाका विषयमा जोडदार रुपमा उठान गरिएको र केन्द्रीय नेतृत्वले समेत आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएको अधिकारीले बताए ।

पोर्चुगलमा नेपालीको सङ्ख्या यकिन नभए पनि अनुमानित ५० देखि ६० हजारको हारहारीमा नेपाली रहेको सङ्घका अध्यक्ष अधिकारीको भनाइ छ । पोर्चुगलमा नेपाली दूतावास नहुँदा फ्रान्स लगायतका अन्यमुलुक धाउनुपर्ने बाध्यता रहेको छ ।


प्रकाशित मिति: २६ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?