Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

शेखर कोईरालाले विशेष महाविधेशन पक्षधरहरुसँग छलफल गर्ने


शेखर कोईरालाले विशेष महाविधेशन पक्षधरहरुसँग छलफल गर्ने

काठमाडौँ। नेपाली काँग्रेस नेता डा. शेखर कोईरालाले पार्टीभित्र देखिएको पछिल्लो राजनीतिक अवस्थाबारे पार्टीका पदाधिकारी, केन्द्रिय सदस्य, जिल्ला सभापति लगायत नेताहरूसँग छलफल गर्नुभएको छ ।

विशालनगरस्थितसम्पर्क कार्यालयमा शनिवार भएको छलफलमा डा. कोईरालाले पार्टीभित्रको आन्तरिक द्वन्द्व, आगामी निर्वाचनलगायबारे नेताहरूको राय लिनुभएको हो । छलफलमा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पछिल्लो बैठकले गरेका निर्णय, महामन्त्रीदय गगन थापा र विश्वप्रकाश शर्माले प्रश्ताव गर्नुभएको विशेष महाधिवेशनको विषय लगायतका सन्दर्भमा कसरी समन्वय गर्न सकिन्छ भन्नेबारेमा छलफल गरिएको नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले जानकारी दिनुभयो । आगामी आम निर्वाचनमा पार्टीलाई एकतावद्ध रूपमा कसरी अघि बढाउने भन्ने विषयमा छलफल भएको उहाँले बताउनु भयो । सहमहामन्त्री परियारकाअनुसार छलफलमा विशेष महाविधेशन पक्षधरका नेता देवराज चालिसेले विशेष महाधिवेशनका सन्दर्भमा धाराणा राख्नुभएको थियो । छलफलमा सहभागी नेताहरुले आगामी निर्वाचनमा काँग्रेसलाई एकतावद्ध बनाएर लैजानुपर्नेमा जोड दिएको परियारले जानकारी दिनुभयो । विशेष महाधिवेशनका पक्षधहरु नेताहरुसँग डा. कोईरालाले परामर्श गर्ने र थप निर्णय गर्नेगरी बैठक टुंगिएको सहमहामन्त्री परियारले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘नेता शेखर कोईरालाले विशेष महाधिवेशनका हस्ताक्षरकर्ता नेतृत्वकर्ताहरुसँग बसेर, उहाँसँग परामर्श गरेर एउटा धाराणा बनाएर हामी अगाडी बढ्ने कुरामा आज छलफल टुंगिएको छ ।’

डा. कोईरालाले डाक्नुभएको बैठकमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्री परियार, विशेष महाधिवेशन पक्षधरका नेतृत्वकर्ता नेता देवराज चालिसे, केन्द्रिय सदस्य दीपक गिरी, बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल, तेजुलाल चौधरी लगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो ।


प्रकाशित मिति: १९ पुष २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?