Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

गगन–विश्वप्रकाशलाई सहमहामन्त्री परियारको जवाफः ‘पार्टी व्यक्तिगत कम्पनी होइन, बहुमतको निर्णय मान्नैपर्छ’


गगन–विश्वप्रकाशलाई सहमहामन्त्री परियारको जवाफः ‘पार्टी व्यक्तिगत कम्पनी होइन, बहुमतको निर्णय मान्नैपर्छ’

काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको विशेष महाधिवेशन पुसभित्रै गर्ने अडानप्रति आपत्ति जनाउनुभएको छ ।

शनिवार काँग्रेस नेता डा. शेखर कोईराला पक्षधर नेताहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले आपत्ति जनाउनुभएको हो । उहाँले विशेष महाधिवेशन जसरी पनि गर्ने महामन्त्रीहरुको अडान पार्टीको निर्णय नभइ व्यक्तिगत मत भएको दाबी गर्नुभयो । पार्टीभित्र विशेष महाधिवेशनको सन्दर्भमा बहस, विचार, विमर्श भएकोले पार्टीको अन्तिम निर्णयलाई आत्मसाथ गरेर जानुपर्नेमा जोड दिनुभयो । पार्टीमा रहेका सबै नेताहरुको एउटै विचार नहुने भन्दै पार्टीको निर्णय स्वीकार गरेर जानुपर्ने बताउनु भयो । पार्टीको निर्णय चित्त नबुझे नेता, कार्यकर्तामाझ आफ्ना मुद्दा बोकेर जान सकिने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अब विशेष महाधिवेशन जसरी पनि गर्ने भन्ने सन्दर्भमा यो उहाँ(महामन्त्री)को कुरा भयो । सबैको विचार एउटै हुनुपर्छ भन्ने छैन । त्यसैले यसलाई कसरी लिएर जाने, यसको औचित्य के हो ? यसको निष्कर्ष के हो ? यो कहाँ पुग्छ, भन्नेकुरामा मतमतान्तर हुनसक्छ पार्टीमा । त्यसैले उहाँले जे भन्नुभएको थियो, त्यही नै सही हो । मैले जे भनेको छु, त्यही नै सही हो भन्ने त हुँदैन । पार्टीभित्र छलफल हुनुपर्छ । यो त पार्टी हो नी, कुनै व्यक्तिगत कम्पनी त होइन । पार्टीमा विभिन्न विचार हुनसक्छ, त्यसलाई छलफल हुन्छ । छलफलबाट जे निष्कर्ष आउँछ, त्यसैलाई लिएर हामी अगाडी बढ्ने हो । अथवा चित्त बुझेन भने त्यो कुरा लिएर जनताको माझमा जाने हो । कार्यकर्तामा जाने हो । यसको बारेमा पार्टीमा पनि छलफल चलेको छ, त्यसबाट जे निष्कर्ष निस्किन्छ, त्यो नै हाम्रो धारणा बन्नुपर्छ ।’

सहमहामन्त्री परियारले बहुमत पार्टीका सदस्यहरुले गरेको निर्णयलाई लत्याएर महामन्त्रीहरुले आफूले गरेको निर्णय नै सही र सत्य हुने दाबी गर्न नहुने पनि बताउनु भयो । काँग्रेसको शुक्रवार बसेको केन्दि ्रय कार्यसमितिको बैठकले आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा १५ महाधिवेशन गर्ने निर्णय गरेको छ । यता महामन्त्रीद्वयले भने पुसको अन्तिमसम्म विशेष महाधिवेशन गरि छोड्ने अडान लिनुभएको छ ।


प्रकाशित मिति: १९ पुष २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?