Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

प्रधान सेनापति शर्मा र बेलायती लेफ्टिनेन्ट नोर्टोनबीच भेट


२६ वैशाख, काठमाडाैँ । नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्मासँग संयुक्त अधिराज्य बेलायतको रोयल कलेज अफ डिफेन्स स्टडिजका सेनापति लेफ्टिनेन्ट जेनेरल सर जर्ज नोर्टोनले भेटवार्ता गरेका छन् ।

मङ्गलबार जङ्गी अड्डामा पुगेर सेनापति लेफ्टिनेन्ट जेनेरल नोर्टोनले प्रधान सेनापति शर्मासँग भेटवार्ता गरेका हुन् ।

सेनापति लेफ्टिनेन्ट जेनेरल नोर्टोनको नेतृत्वमा उक्त कलेजको १९ सदस्यीय टोली ६ दिवसीय अध्ययन भ्रमणका लागि हिजो (सोमबार) नेपाल भ्रमणमा आएको हो ।

उक्त टोलीले जङ्गी अड्डा, श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रका साथै ऐतिहासिक एवम् पर्यटकीय स्थलहरूको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

विभिन्न राष्ट्रहरूमा सञ्चालित उच्चस्तरका सैनिक तालिममा सहभागी शिक्षार्थीहरूले विभिन्न मुलुकहरूको अध्ययन भ्रमण गर्ने प्रचलन रही आएको छ । नेपालमा मित्रराष्ट्रहरूबाट हुने यस किसिमको भ्रमणले सम्बन्धित देशहरूसँगको सम्बन्धलाई सुमधुर बनाउन मद्दत पुग्नुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।


प्रकाशित मिति: २६ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?