Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

प्रधान सेनापति शर्मा र बेलायती लेफ्टिनेन्ट नोर्टोनबीच भेट


२६ वैशाख, काठमाडाैँ । नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्मासँग संयुक्त अधिराज्य बेलायतको रोयल कलेज अफ डिफेन्स स्टडिजका सेनापति लेफ्टिनेन्ट जेनेरल सर जर्ज नोर्टोनले भेटवार्ता गरेका छन् ।

मङ्गलबार जङ्गी अड्डामा पुगेर सेनापति लेफ्टिनेन्ट जेनेरल नोर्टोनले प्रधान सेनापति शर्मासँग भेटवार्ता गरेका हुन् ।

सेनापति लेफ्टिनेन्ट जेनेरल नोर्टोनको नेतृत्वमा उक्त कलेजको १९ सदस्यीय टोली ६ दिवसीय अध्ययन भ्रमणका लागि हिजो (सोमबार) नेपाल भ्रमणमा आएको हो ।

उक्त टोलीले जङ्गी अड्डा, श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रका साथै ऐतिहासिक एवम् पर्यटकीय स्थलहरूको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

विभिन्न राष्ट्रहरूमा सञ्चालित उच्चस्तरका सैनिक तालिममा सहभागी शिक्षार्थीहरूले विभिन्न मुलुकहरूको अध्ययन भ्रमण गर्ने प्रचलन रही आएको छ । नेपालमा मित्रराष्ट्रहरूबाट हुने यस किसिमको भ्रमणले सम्बन्धित देशहरूसँगको सम्बन्धलाई सुमधुर बनाउन मद्दत पुग्नुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।


प्रकाशित मिति: २६ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?