२९ श्रावण, काठमाडाैँ । पछिल्लो राजनीतिक घटना र पार्टीको आन्तरिक विविध विषयमा छलफल गर्न नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ । सुन तस्करीको घटनामाथि उच्चस्तरिय छानबिन समिति गठनको माग गर्दै आएको एमालेले सङ्घीय संसद्मा जारी गत्यावरोधका विषयमा पनि छलफल गर्ने जनाइएको छ । सो पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन
२९ श्रावण, काठमाडाैँ । अविरल वर्षाका कारण पहिरो जाँदा देशभरका नौ स्थानमा सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार अविरल वर्षाका कारण पहिरो जाँदा दार्चुला, सिन्धुपाल्चोक, मुगु, डडेल्धुरा, पाल्पा, रोल्पा र रूकुम (पूर्व) का विभिन्न नौ ठाउँमा सडक अवरुद्ध बनेका हुन् । पहिरोका कारण दार्चुलाको गोकुलेश्वर–दार्चुला राजमार्ग, सिन्धुपाल्चोकको मेलम्ची–हेलम्बु
२९ श्रावण, काठमाडाैँ । सौरमास अनुसार साउनको अन्तिम सोमबार आज पशुपतिनाथलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । विगतका सोमबारभन्दा आज अन्तिम सोमबार भएकाले पशुपतिसहित राजधानीका अन्य शिवालयमा भक्तजनको धेरै घुइँचो देखिएको हो । आज अन्तिम सोमबार भएकाले भक्तजनहरु बिहानैदेखि दर्शनका लागि आउने हुँदा बिहान तीन बजेदेखि पशुपतिनाथका चारै ढोका
२९ श्रावण, काठमाडाैँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले महोत्तरीका डा रञ्जितकुमार यादव नक्कली शैक्षिक प्रमाणपत्र कीर्तेका वास्तविक प्रतिवादी नभएको पाइएपछि छाडिएको स्पष्ट पारेको छ । सिआइबीका प्रहरी उपरीक्षक नवराज अधिकारीले नेपाल मेडिकल काउन्सिलबाट आएको पत्रका आधारमा डा यादव वास्तविक प्रतिवादी नभएको पाइएपछि छाडिएको जानकारी दिए । सिआइबीले आज एक
२९ श्रावण, सुर्खेत । महाकाली नदीमा पानीको बहाव बढेपछि वनबासा पुल (शारदा ब्यारेज)मा चारपाङ्ग्रे सवारीसाधनलाई रोक लगाइएको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार महाकाली नदीमा पानीको बहाव एक लाख ९५ हजार क्युसेक पुगेको छ । भारतीय पक्षले पुल जीर्ण भइसकेकाले नदीमा एक लाख क्युसेकभन्दा बढी पानी भएपछि ठूला सवारी साधनलाई
२९ श्रावण, मुस्तानङ । हिमाल पारीको जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा बाढीले निम्त्याएको क्षतिको विवरण सङ्कलन गर्न सुरु गरिएको छ । गएराति अविरल वर्षासँगै कागखोलामा आएको बाढीले कागबेनीमा रहेको प्रहरी चौकी भवनसहित २० घर बगाएको थियो । मुक्तिनाथ हुँदै झर्ने कागखोला पहिरोका कारण थुनिएपछि आएको बाढीले वितण्डा मच्चाउँदा कागबेनीमा ठूलो
२९ श्रावण, भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले ९३ वर्षीया अशक्त ज्येष्ठ नागरिकलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ । प्रशासनले मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघर निवासी ९३ वर्षीया गङ्गालक्ष्मी श्रेष्ठलाई उनकै निवासमा नागरिकताको प्रतिलिपि प्रदान गरेको हो । विसं १९८६ भदौ ७ गते जन्मिएकी श्रेष्ठले विसंं २०४४ फागुन ५ गते नागरिकताको
२९ श्रावण, काठमाडाैँ । नक्कली शैक्षिक प्रमाणपत्र लिएर काम गरेको अभियोगमा पक्राउ परेका एक डाक्टर रिहा भएका छन् । सो अभियोगमा श्रावण २५ गते पक्राउ परेका परा गाउँपालिका–८, महोत्तरीका डा. रञ्जितकुमार यादव प्रमाणपत्र सक्कली भएको पुष्टि भएसँगै रिहा भएका हुन् । नेपाल मेडिकल काउन्सिलले पठाएको प्रमाण पत्रका आधारमा उनलाई पक्राउ गरिएको
२९ श्रावण, काठमाडाैँ । सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ । हिजो स्थिर रहेको सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेर एक लाख ११ हजार तीन सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, चाँदीको भाउ भने आज पनि स्थिर छ । हिजो अस्तिको
२९ श्रावण, एजेन्सी । बङ्गलादेशमा २४ घण्टाको अवधिमा थप ११ जनाको डेङ्गुका कारण मृत्यु भएको पुष्टि भएको छ । योसँगै यस वर्ष डेङ्गु सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३९८ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको महानिर्देशनालयको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा दैनिक दुई हजार ९०५ जनामा डेङ्गुको सङ्क्रमण