Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

बागमती प्रदेशमा चार हजार युवालाई रोजगारी कार्यक्रमको तयारी


२४ भदौ, काठमाडाैँ । बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कुमारी मुक्तानले चालु आर्थिक वर्षमा करिब चार हजार युवालाई रोजगारीका लागि कार्यक्रम गर्ने तयारी गरेको बताएकी छन् ।

मन्त्रालयले युवालाई स्वदेशमा नै रोजगारीको सिर्जना गर्नका लागि रु १५ करोड बजेट छुट्याएर चालु आवमा काम गर्न लागिएको मन्त्री मुक्तानले जानकारी दिइन् । प्रदेशका युवालाई पहिले आम्दानी हुने खालको सीप सिकाउने, त्यही सीप सिकेको काम गर्नका लागि बीउ पुँजी पनि दिएर रोजगारी सिर्जना गर्न लागिएको उनको भनाइ छ ।

प्रदेश अन्तर्गतका १३ वटै जिल्लाका युवालाई कार्यक्रममा समेट्न लागिएको उनको भनाइ छ । यस कार्यक्रमको कार्यविधि बनाउन लागिएको मन्त्री मुक्तानले बताइन् । कार्यविधि निर्माणपछि मन्त्रालयअन्तर्गतका कार्यालय, सिटिइभिटीलगायतका संस्थामार्फत कार्यान्वयन गरिने उनको भनाइ छ ।

गत आर्थिक वर्षमा कार्यक्रमका लागि प्रदेश सरकारले बजेट छुट्याए पनि काम भने हुन सकेन । पहिले श्रम, रोजगार तथा यातायात मन्त्रालयमा बजेट राखिएको भए पनि पछि फेरि सामाजिक विकास ममा पठाइएको बजेट समय अभावका कारण काम गर्न सकिएको थिएन ।


प्रकाशित मिति: २४ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?