Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण


२४ भदौ, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१६ सुकौरास्थित जालपा चिलाउने स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतले शनिबार एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।

जालपा चिलाउने क्षेत्रका बिरामीलाई उपचारका लागि अन्यत्र जान निःशुल्करूपमा सेवा प्रदान गर्न तथा बिरामी अन्यत्र लैजान एम्बुलेन्स हस्तान्तरण गरिएको नगरप्रमुख बस्नेतले बताए । त्रियुगा नगरपालिकासहित संस्थागत सामाजिक दायित्व कार्यक्रमअन्तर्गत जनरल इन्स्योरेन्स कम्पनीको रु १५ लाख, माछापुछ्रे र बैंक, सानिमा बैंकको रु पाँच लाख र त्रियुगाको रु पाँच लाखमा एम्बुलेन्स खरिद गरी स्वास्थ्यचौकीलाई हस्तान्तरण गरिएको हो ।

त्रियुगाका १६ वडामध्ये अहिलेसम्म दुर्गम पहाडी भेगका वडामा एम्बुलेन्स हस्तान्तरण गरिएको नगरपालिकाले जनाएको छ । ग्रामीण भेगको स्वास्थ्यचौकीमा उपचार सेवा प्राप्त गर्न आएका बिरामी र सुत्केरीलाई तत्काल अन्यत्र थप उपचारका लागि लैजान परे एम्बुलेन्स सेवा प्रभावकारी हुने भएकाले अधिकांश वडा र सो अन्तर्गतका स्वास्थ्यचौकी तथा प्राथमिक केन्द्रलाई एम्बुलेन्स उपलब्ध गराउँदै जाने नगरपालिकाको लक्ष्य छ ।


प्रकाशित मिति: २४ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?