१६ भदाै, काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुपान्तरण अभियानमार्फत माओवादी जनताको भरोसायोग्य पार्टी बन्ने बताएका छन् । पार्टी मुख्यालय पेरिसडाँडाबाट आज तीनमहिने रुपान्तरण विशेष अभियानको शुभारम्भ गर्दै उनले कतिपय गल्ती, कमजोरी रहे पनि इतिहासबाट पाठ सिक्दै माओवादी बलियो र क्रान्तिकारी पार्टी बन्ने बताए
१६ भदाै, काठमाडाेँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका उपसभापति एवम् उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । सभापति देउवाले आज (शनिबार) अस्पतालमा नै पुगेर उपप्रधानमन्त्री खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । उपप्रधानमन्त्री खड्कालाई प्रोस्टेटको समस्या भएपछि गत बुधबार नेपाली सेनाको वीरेन्द्र अस्पताल छाउनीमा
१६ भदौ, बैतडी । जिल्ला प्रहरी कार्यालयले ‘प्रहरी विद्यालय सम्पर्क कार्यक्रम’ सञ्चालन गरेको छ । विद्यालयमा गएर विद्यार्थीलाई सचेतना दिने उद्देश्यले प्रहरी विद्यालय सम्पर्क कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत माध्यमिक विद्यालयहरुमा पुगेर विभिन्न सचेतनामूलक कक्षा सञ्चालनमा रहेका
१६ भदौ, काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले वर्तमान सरकारले सुशासनको पक्षमा काम गरिरहेको बताएका छन् । नेकपा (माओवादी केन्द्र)ले आजदेखि देशभर सुरु गरेको ‘जनतासँग माओवादी : विशेष रुपान्तरण अभियान’को आज गोँङ्गबुस्थित नयाँ बसपार्कमा उद्घाटन गर्दै उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान गठबन्धनको सरकारले सुशासनको पक्षमा काम
काठमाडौं : नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टी विरूद्दकाे अनर्गल प्रचारकाे खण्डन गर्न र तथ्यमा आधारित कुरा गर्न आग्रह गरेका छन् । नेपाली कांग्रेस काठमाडौं ७ क प्रदेश सम्मेलनमा बाेल्दै नेता सिंहले यस्ताे बताएका हुन् । उनले क्षेत्रीय सम्मेलनकाे मुख्य कुरा पार्टीको संगठनलाई लिएर सम्मेलन केन्द्रीत गर्नुपर्ने बताए । `
१६ भदौ, पोखरा । वासस्थानको अभावमा प्रकृतिको कुचिकार मानिने गिद्ध सङ्कटमा पर्दै गएको छ । पछिल्ला दशकमा मानवीय अतिक्रमणका कारण पोखरा र आसपासमा रहेका गिद्धका प्रमुख वासस्थान सङ्कटमा पर्दै गएका छन् । पोखरा महानगरपालिका–१५ छिनेडाँडास्थित फोहर बिसर्जन स्थल परिवर्तन गरिएपछि थप चुनौती थपिएको छ । पोखरा उपत्यकामा बढ्दो बस्ती विकासको
१६ भदाै, एजेन्सी । महिला विश्वकप स्टार जेनी हर्मोसोको ओठमा जबर्जस्ती चुम्बन गर्ने स्पेनी फुटबल महासङ्घका अध्यक्ष लुइस रुबियालेसको आक्रामक भाषणको समर्थन गरेको भन्दै सर्वत्र आलोचना भएपछि स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्टेले शुक्रबार क्षमा याचना गरेका छन् । आफ्नो आलोचना भएपछि महासङ्घका प्रमुखले एक आपतकालीन बैठक बोलाएर विरोधलाई अनावश्यक
काठमाडौं । कांग्रेस सांसद् अर्जुन नरसिंह केसीले यदि पासाङ ल्हामु राजमार्ग र बन्चरेडाडा ल्याण्ड्फिल साइटको बारेमा सरकार गम्भीर नहुने हो भने आफु सांसद भवन भित्र आमरण अनसन बस्ने चेतावनी दिएका छन् । शनिवार नुवाकोट बाट प्रतिनिधित्व गर्ने सांसद र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिचको भेटमा उनले यस्तो बताएका हुन् ।
१६ भदाै, काठमाडौं । सरकारले अनौपचारिक श्रमिक तथा स्वरोजगार व्यक्तिलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराउन सामाजिक सुरक्षा योजना सञ्चालनमा ल्याएको छ । नेपालको संविधानले प्रत्येक नागरिकलाई सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरेको छ । संविधानले निर्दिष्ट गरेको सामाजिक सुरक्षाको हक कार्यान्वयनका क्रममा सरकारले अनौपचारिक श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिका लागि लक्षित गर्दै
१६ भदाै, विराटनगर । विराटनगरमा एक १३ वर्षीया बालिकाले छोरा जन्माएकी छन् । भदाै १२ गते अस्पताल भर्ना भएकी एक बालिकाले विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा छोरालाई जन्म दिएकी हुन् । १२ गते पेट दुख्यो भनेपछि उपचारका लागि अभिभावकले बालिकालाई अस्पताल लगेका थिए । उपचारका क्रममा परीक्षण गर्दा बालिका गर्भवती भएको पत्ता