Trending
>>   आज मिति २०८२ साल असार ०५ गते बिहिबार,हेर्नूहोस् आजको राशिफल >>   जलविद्युत परियोजनाको बीमाका सवालमा धैरै गुनासा छन्ः अध्यक्ष ओझा >>   पूर्वाधार विकास समितिका सदस्यहरूद्वारा ग्वार्को फ्लाई ओभरको स्थलगत अनुगमन >>   देशलाई सङ्कट पर्दा सबै एक ठाउँमा आएर निकास दिनु सबैको कर्तव्यः मन्त्री ठकुरी >>   नक्कली महानगरलाई सक्कली महानगर यातायातको चेतावनीः नाम र डिजाइन तत्काल हटाउनूस् >>   उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक सम्पन्न, असार दोस्रो साता पूर्ण बैठक बस्ने >>   नेपालमा सञ्चार क्षेत्र समावेशिताको उत्कृष्ट उदाहरणः मन्त्री गुरुङ >>   कर्मचारीहरूलाई असिमित अवधिसम्म कामकाजमा खटाउने कार्य बन्द हुने >>   पुल सुधार तथा मर्मत कार्यक्रमका लागि २० अर्ब ७९ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण… >>   बैंकमा निक्षेप बढेको बढ्यै, एकैदिन ९० अर्ब खिच्दै राष्ट्र बैंक
Logo
५ असार २०८२, बिहीबार
५ असार २०८२, बिहीबार

शान्ति प्रक्रियामा एमालेको स्वामित्व थियो र रहनुपर्छः माओवादी महासचिव पुन


काठमाण्डौं: नेकपा माओवादी केन्द्रका महासचिव वर्षमान पुन अनन्तले शान्ति प्रक्रियाबारे एमाले अध्यक्ष केपी ओलीले दिएको अभिव्यक्तिको आफूहरुले राजनीतक प्रतिवाद गर्ने बताएका छन् । प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले राजनीतिक विषयको प्रतिवाद रानजीतिक तवरले नै गर्ने बताए । एमाले संस्थागत रुपमै शान्ति प्रक्रियासहित त्यसयताका सबै राजनीतिक प्रक्रियामा सहभागी हुँदै आएको भन्दै पुनले मुलुकको प्रमुख समस्याबाट एमाले अलग रहन नसक्ने टिप्पणी गरे ।

एमाले र आफ्नो दल मिलेर तत्कालीन नेकपा बनेको स्मरण गर्दै पुनले त्यतिबेलाका दस्तावेजमा आफूहरुको नेतृत्वमा भएको १० वर्षे जनयुद्ध र विस्तृत शान्ति सम्झौताबारे आधिकारिक दस्तावेजमा धेरै विषय उल्लेख गरिएको सम्झिए । ‘एमाले र हामी मिलेर नेकपा बनायौं, पार्टी एकतापछि सँगै चुनावमा गयौं । सरकारमा सहकार्य गरेका छौं’, पुनले भने, ‘संविधानको प्रस्तावनामै जनआन्दोलन, सशस्त्र संघर्षलगायत विभिन्न आन्दोलनको बलमा अहिलेको व्यवस्था स्थापना भएको कुरा लेखिएको छ । नेकपाको राजनीतिक प्रतिवेदनमा जनयुद्ध र त्यसको योगदानबारे धेरै ठाउँमा उल्लेख गरिएको छ ।’ उनले उक्त यथार्थ स्वीकार नगर्ने भए राजनीतिक परिवर्तन स्वीकार नगरको अर्थ लाग्ने तर्क गरे । यद्यपि पुनले शान्ति प्रक्रिया निस्कर्षमा पु¥याउन एमाले बाधक बन्छ भन्ने आफूले नठानेको बताए ।

सेना समायोजन र संविधान लेखनमा एमाले र आफ्नो दलबीच सहकार्य भएको भन्दै उनले शान्ति प्रक्रियाका बाँकी काममा पनि सहकार्यको विकल्प नरहेको उल्लेख गरे । ‘हिजो हामीले मिलेरै सेना समायोजन गरेका हौं । मिलेरै संविधान बनायौं । शान्ति प्रक्रियाका बाँकी काम पनि मिलेरै टुंगोमा पु¥याउँछौं’, पुनले भने, ‘एमाले संस्थागत र आधिकारिक रुपमै शान्ति प्रक्रियाको खिलाफमा छ भन्ने लाग्दैन र उसले त्यस्तो गर्नु पनि हुन्न ।’ शान्ति प्रक्रियाको सुरुदेखि नै एमालेले स्वामित्व लिएको र बाँकी काममा पनि उसको स्वामित्व रहने उनले स्पष्ट गरे । पुनले शान्ति प्रक्रिया टुंग्याउने क्रममा दुवै पक्षबाट पीडित भएकाहरुले बिना भेदभाव न्याय पाउनुपर्नेमा आफूहरु सचेत रहेको बताए ।


प्रकाशित मिति: १९ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?