Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

राजेन्द्र लिङ्देनको प्रश्न : ज्ञानेन्द्रको कुन गतिविधि लोकतन्त्र विरोधी छ ?


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले धार्मिक सद्भाव विथोल्न राजावादीहरु लागेको भन्ने आरोप पुष्टि गर्न चुनौती गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै एक सांसदले पूर्वराजाको गतिविधिबारे आशंका गरेका थिए । शुक्रबार प्रतिनिधि सभाको बैठकबाटै अध्यक्ष लिङ्देनले त्यस्तो गतिविधि के थियो प्रष्ट पार्न आग्रह गरेका हुन् । ‘केही साथीले राजावादीहरु धार्मिक सद्भाव विथोल्न लागेका छन्, निगरानी गर्नुपर्यो । राजा ज्ञानेन्द्र पनि लोकतन्त्र विरोधी गतिविधिमा संलग्न भएका छन्, उनको गतिविधि ध्यान दिनुपर्‍यो भनेर आग्रह गरे, अनुरोध गरे’ बिहीबार प्रतिनिधि सभाको बैठकमा उठेको विषय अध्यक्ष लिङ्देनले स्मरण गरे ।  ‘कुन त्यस्तो गतिविधि रहेछ राजावादीहरुको जसले धार्मक सद्भाव विथोल्न लागेको छ र ?’ अध्यक्ष लिङ्देनले प्रश्न गरे, ‘राजा ज्ञानेन्द्रको कुन त्यस्तो गतिविधि जसले लोकतन्त्रलाई अवरुद्ध गरिराखेको छ र लोकतन्त्र विरोधी भएको छ ? त्यसको म जानकारी लिन चाहन्छु ।’


प्रकाशित मिति: १९ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?