डुम्रे,तनहुँ । मनसुन सक्रिय हुँदै जाँदा डेङ्गुको प्रकोप बढ्दै जाने गर्दछ । मनसुन सकिन लाग्दासम्म तनहुँको सदरमुकाम दमौलीमा डेङ्गुको सङ्क्रमण बढ्दो क्रममा रहेको छ । दमौली अस्पताललगायत जिल्लाका अस्पताल तथा क्लिनिकमा डेङ्गुका बिरामी बढेपछि व्यास नगरपालिकाले विद्यालय विद्यालयमा स्वास्थ्यकर्मीमार्फत सचेतना प्रदान गर्न थालेको छ । नगर प्रमुख वैकुण्ठ न्यौपानेले दैनिक
ललितपुर । विश्व सम्पदा सूचीमा रहेको पाटन दरबार सङ्ग्रहालयले विश्व पर्यटन दिवसको अवसरमा दरबार सङ्ग्रहालय अवलोकनका लागि आज टिकट शुल्क नलिने भएको छ । आगामी सोमबारदेखि विश्व पर्यटन दिवस मनाउन तयारी गरिरहेको पाटन दरबार सङ्ग्रहालयले आज विश्व पर्यटन दिवसको अवरमा आन्तरिक तथा बाह्य पर्यटकलाई निःशुल्क सङ्ग्रहालय अवलोकन गर्ने अवसर दिएको
काठमाडौं । विद्यालय शिक्षाको विरोधमा आन्दोलनरत राहत शिक्षकहरुले काठमाडौंमा आज पनि प्रदर्शन जारी राखेका छन् ।नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा उनीहरुले माइतीघर मण्डलामा भेला भएर विरोध प्रदर्शन गरेका हुन् । सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भए पनि त्यसले आफूहरुको माग संवोधन नगरेको भन्दै राहत शिक्षकहरुले प्रदर्शनलाई निरन्तरता
ल्हासा, चीन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा आइपुगेका छन् । गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल चीनको छिङछोङ सहरबाट स्थानीय समयअनुसार दिउँसो १२ बजे ल्हासा आइपुगेका हुन् । उनलाई ल्हासास्थित गोन्गार विमानस्थलमा तिब्बत सरकारका कार्यकारी उपाध्यक्ष एवं चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बत उपसचिव
काठमाडौं । १९औं एसियाली खेलकुदमा नेपालले नवप्रवेशी मंगोलियामाथि जित हात पार्दा कीर्तिमान नै कीर्तिमान बनाएको छ । चीनको हानझाउस्थित जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको थियो । २० ओभरमा तीन विकेट गुमाएर ३१४ रन बनाएको नेपालले मंगोलियालाई १३.१ ओभरमा ४१ रनमा अलआउट गर्यो । यसक्रममा
काठमाडौं । जनता समाजवादी पार्टी, जसपा नेपालले आफ्ना केन्द्रीय नेतालाई वडादेखि जिल्ला समितिसम्मको जिम्मेवारी तोकेको छ । सातवटै प्रदेशमा जसपाको तीनमहिने सङ्गठन विस्तार तथा सुदृढीकरण अभियानअन्तर्गत केन्द्रीय नेताहरूलाई उक्त जिम्मेवारी तोकिएको सो पार्टीले जनाएको छ । यसअन्तर्गत बागमती प्रदेशअन्तर्गतका ६० जना पार्टीका केन्द्रीय समिति सदस्य र केन्द्रीय निकायका सदस्यहरूलाई सङ्गठन
काठमाडौं । यु–१९ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल प्रवेशका लागि आज नेपालले भारतको सामना गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा आज साझ ५ः३० बजे हुने खेलमा समूह ‘बी’को विजेता भारत र समूह ‘ए’को उपविजेता नेपाल आमने–सामने हुँदैछन् । समूह चरणको खेलमा नेपालले माल्दिभ्सलाई ४–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो
बुटवल । ४४औं विश्व पर्यटन दिवसमा रुपन्देहीको बेलहिया नाका र लुम्बिनीमा विदेशी पर्यटकलाई स्वागत गरिएको छ । सन् १९७० सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनको स्थापना भएपछि सोही दिनको स्मरणमा सन् १९८० देखि प्रत्येक वर्ष विश्व पर्यटन दिवस मनाउँदै आइएको हो । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल
दाङ । अवैध रुपमा सामुदायिक वन क्षेत्रका रुख फँडानी गरेको आरोपमा रुकुम पश्चिममा वडाध्यक्षसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चौरजहारी नगरपालिका-११ का वडाध्यक्ष तुल्से वली, ५१ वर्षीय कुले नेपाली, २६ वर्षीय विशाल केसी विजय र ५१ वर्षीय दिलबहादुर शाह रहेका छन् । चौरजहारी नगरपालिका- ११ स्थित जनकल्याण
काठमाडौं । इराकमा एक वैवाहिक समारोहमा आगो लाग्दा एक सय जनाको मृत्यु भएको छ । १५० जनाभन्दा बढी घाइते भएका छन् । इराकको उत्तरी निनेवेह प्रान्तको अल हमदानिया जिल्लामा मंगलबार राति स्थानीय समय अनुसार १०ः ४५ बजे यो घटना भएको हो । आगलागीको कारण खुलेको छैन । यद्यपि पटाका पड्काएपछि