Trending
>>   आज मिति २०८१ साल मङ्सिर १३ गते बिहिबार ,हेर्नुहोस आजको राशिफल >>   सरकारले ‘नेपाल स्वास्थ्य सम्मेलन–२०२४’ आयोजना गर्दै >>   घोषित लक्ष्य हासिल हुनेगरी काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन >>   युवालाई दक्षताअनुसारको रोजगारी दिनुपर्छः सभापति देउवा >>   इ प्लानेट नेसनल हाईस्कुल टी टेन क्रिकेट हुँदै >>   तोरणविक्रम शाही सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन पनि शिर्ष स्थानमा >>   भारतलक्षित प्रदीप ज्ञवालीको टिप्पणीः नेपालको द्विपक्षीय सम्बन्धको मामिलामा चासो लिनु उचित होइन >>   सवारी दुर्घटनामा एकको मृत्यु >>   महिलाहरुलाई राज्यका प्रणालीहरुमा मुख्य जिम्मेवारी दिनुपर्छः पूर्वसभामुख घर्ती >>   समानता र समावेशी नीति अपनाएर धनी र गरीबबीचको खाडल मेट्नुपर्छः प्रधानमन्त्री ओली
Logo
१३ मंसिर २०८१, बिहीबार
१३ मंसिर २०८१, बिहीबार

बाटोको पहुँच पुग्यो, घरमै सुत्केरी हुने घटे


ढोरपाटन,बागलुङ। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडिनुपूर्व बागलुङको निसीखोला जिल्लाकै दुर्गम मानिन्थ्यो । स्वास्थ्य, शिक्षालगायतका विकासमा निकै पछाडि थियो । अशिक्षा र गरिबीका कारण यहाँका नागरिकले अनेकौँ समस्या भोग्दै आएका थिए । सानै उमेरमा विवाह गर्ने, विवाह गर्ने उमेरमा तीन–चारवटा बच्चा जन्माउने गर्थे, तर अहिले यो अवस्था निकै परिवर्तन भएको छ । नियमित गर्भ जाँचदेखि बच्चालाई खोपसमेत समयमै लगाउँदै आएका छन् । केही वर्ष अगाडिसम्म यहाँका महिलाले घरमै बच्चा जन्माउँथे । सरकारले ‘शून्य होमडेलिभरी’को नीति ल्याए पनि निसीखोलामा कार्यान्वयन गर्न सकिएको थिएन । अहिले त्यो अवस्था छैन । यहाँका हरेक गर्भवतीलाई स्वास्थ्य संस्थामै बच्चा जन्माउनुपर्छ भन्ने छाप बसेको छ । त्यसले गर्दा उनीहरू स्वास्थ्य संस्थामै पुग्ने गर्छन् । कतिपय गर्भवती बच्चा जन्माउने समय आउनासाथ स्वास्थ्यचौकी र बर्थिङ सेन्टरमा पुग्छन् भने कतिपय सुत्केरी ब्यथा लाग्न थाल्यो भनेमात्रै स्वास्थ्य संस्था जाने सुरसार गर्छन् । जसका कारण पछिल्लो समय निसीखोलामा स्वास्थ्य संस्था नपुग्दै बीच बाटोमा सुत्केरी हुनेको सङ्ख्या बढ्दै गएको छ । घरभन्दा टाढा रहेको स्वास्थ्यचौकीमा उनीहरू समयमै पुग्न नसक्दा बाटोमै बच्चा जन्माउने गरेका छन् । यहाँका अधिकांश गाउँबाट स्वास्थ्य संस्था पुग्न आधा घण्टादेखि दुई घण्टासम्म समय लाग्छ । त्यस्तै, निसीखोला गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार घरमै सुत्केरी हुनेको सङ्ख्या शून्यजस्तै छ । बर्थिङ सेन्टर र स्वास्थ्यचौकी टाढा हुँदा बाटोमै सुत्केरी भएपछि महिलाले ठूलो सास्ती खेप्नुपरेको छ । बीच बाटोमै सुत्केरी हुँदा आमा र बच्चाको अवस्थाबारे स्वास्थ्यकर्मीले समयमै जानकारी लिन पाउँदैनन् । कतिले बाटोमा सुत्केरी भएपछि त्यहीँबाटै घर फर्काउँछन् भने कतिले स्वास्थ्य संस्थामा पुर्याएर स्वास्थ्यकर्मीको परामर्श लिएर मात्रै फर्काउँछन् । निसीखोलाको भू–भाग कैतै अग्ला डाँडा, कतै होचा खोँच त कतै समथर भू–भाग रहेको हुँदा गाउँदेखि अर्को गाउँसम्म पुग्न घण्टौँ लाग्छ । त्यसले गर्दा अस्पताल पुग्नै गाह्रो हुने गरेको छ । गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक जुनी घर्तीमगरले विगतको तुलनामा ‘होमडेलीभरी’ हुनेको सङ्ख्या निकै कम भएको बताउछिन् ।

करिब दुई वर्षयता कुनै पनि गर्भवती घरमा सुत्केरी भएको तथ्याङ्क नभएको भन्दै केही अस्पताल आउँदै गर्दा बाटोमै सुत्केरी हुने गरेको बताउदै पछिल्लो समय महिला शिक्षित र सचेत बन्न थालेपछि स्वास्थ्यका बारेमा बढी चासो दिनुका साथै नियमित जाँचका लागि स्वास्थ्य संस्थामा पुग्ने गरेको उनले बताइन् । अघिल्लो वर्ष करिब ३० गर्भवती स्वास्थ्य संस्था जाने क्रममा बाटोमै सुत्केरी भएको संयोजक घर्तीको भनाइ छ भने यस वर्ष पनि करिब १५ जना बाटोमै सुत्केरी भएको उनले बताइन् । त्यसैगरी निसीखोलाभर छवटा बर्थिङ सेन्टर छन् भने स्वास्थ्यचौकी चार, सामुदायिक स्वास्थ्य एकाइ दुई र आधारभूत स्वास्थ्य सेवा केन्द्र दुईवटा छन् । स्थानीय ६३ वर्षीया चन्द्रमला बुढामगरले आफूहरूको पालामा कोहीले पनि अस्पतालमा गएर बच्चा नजान्माएको भन्दै अचेल हरेक गर्भवती स्वास्थ्य संस्थामा पुग्ने गरेको बताउदै आफूहरूको पालामा स्वास्थ्य संस्था धेरै टाढा हुँदा धेरै समस्या भोग्नुपरेको भन्दै अहिले सहज बन्दै गएको उनको भनाइ रहेको छ । बुढामगरले भनिन्, “मैले सात छोराछोरी जन्माएँ, कोही घाँस काट्दा बारीको काल्नामा जन्मिए, कोही गोठालो गएको बेला जङ्गलमा, अहिले त अस्पतालमै जान्छन्, अस्पतालमा गएर सुत्केरी हुँदा बच्चा निरोगी हुँदा रैछन्, हाम्रो पालामा घरमा बच्चा जन्माउन नसकेपछि मात्रै डोकामा बोकेर अस्पताल लैजाने गरिन्थ्यो, नजिकमा अस्पताल थिएनन्, यहाँबाट बुर्तिबाङ पुग्न एक दिन लाग्थ्यो, अहिले त आधा घण्टामै पुग्न सकिन्छ ।” निसीखोलाको निसेलढोर, जाउलेपानी, छापाखानी, चैतेलगायत गाउँबाट स्वास्थ्यचौकी पुग्न घण्टौँ लाग्छ । मोटरबाटोले सबै गाउँ जोडिए पनि निरन्तर यातायातका साधान नचल्दा गर्भवती अस्पताल नपुग्दै बाटोमै सुत्केरी हुने गरेको स्थानीय बताउँछन् ।


प्रकाशित मिति: २१ कार्तिक २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?