Trending
>>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन >>   कवाड व्यवसायीहरुको जिउधन र पेशागत सुरक्षा सुनिश्चित गर्न संघर्ष समितिको माग >>   सुहाङ नेम्वाङलाई प्रधानमन्त्रीले भनिन्ः कुनै दुविधा नराखि निर्वाचनमा लाग्नुस् >>   वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना >>   पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ >>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य
Logo
६ पुष २०८२, आईतवार
६ पुष २०८२, आईतवार

समाचार


आज सत्ता गठबन्धनको बैठक बस्दै

२० वैशाख, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ गठबन्धन दलको बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ३ बजे गठबन्धनको बैठक बोलाइएको प्रधानमन्त्री दाहालका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए । बैठकमा मन्त्रिपरिषद् विस्तार, सरकारको नीति तथा कार्यक्रम र समसामयिक राजनीतिक विषयमा छलफल गर्ने कार्यसूची रहेको छ

ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

२० वैशाख, काठमाडाैँ । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । मंगलबारको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला १ हजार ८०० रूपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दश हजार

प्रधानमन्त्री प्रचण्डसँग रिसाए माधव नेपाल

२० वैशाख, सुर्खेत । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्रको व्यवहारबाट आफूहरु मर्माहत भएको प्रतिक्रिया दिएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा उनले माओवादीले आफूहरुलाई बाइपास गर्न खोजिए गठबन्धन धरापमा पर्ने बताएका हुन् । अध्यक्ष नेपालले एकीकृत समाजवादीर्ला बेवास्ता गरेर एकलौटी रुपमा सरकार

शेर बहादुर देउवासँग रवि लामिछानेको भेट

२० वैशाख, काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटेको दुई दिनपछि देउवासँग पनि रास्वपा सभापति लामिछानेले भेट गरेका हुन् । सत्तामा फर्किने चर्चा चलिरहेका बेला यो भेटलाई महत्वपूर्ण रूपमा हेरिएको छ । आज सत्ता गठबन्धनको बैठक बस्दै

धनुषाको धनौजी गाउँपालिकामा ‘सधैँ कर्मचारीकै पिरलो’

२० वैशाख, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाका अध्यक्षले एक वर्षमा तीन कार्यालय प्रमुखसँग काम गरे । अहिले उन्ले तेस्रो कार्यालय प्रमुखका रूपमा रञ्जितकुमार यादवसँग काम गरिरहेका छन् । यादव कार्यालय प्रमुखका रूपमा यहाँ आएको करिब तीन महिना हुन थालेको छ । “एक वर्षमा तीन जना कार्यालय प्रमुखसँग काम गर्नुपर्यो । चालु

मिटरब्याज पीडितका समस्या अध्यादेश ल्याएर समाधान गरिने

२० वैशाख, काठमाडाैँ । सरकारले मिटरब्याजीबाट पीडित नागरिकको माग सम्बोधन गर्न अध्यादेश ल्याउने भएको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा मङ्गलबार बसेको मन्त्रीपरिषद्को बैठकले अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘मिटरब्याजीको समस्या छिटोभन्दा छिटो समाधानका लागि कानुनी व्यवस्था

चितवन अन्तर्राष्ट्रिय प्रदर्शनी शुक्रबारदेखि, १० विदेशी कम्पनीको सहभागिता

२० वैशाख, चितवन । सातौँ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी वैशाख २२ देखि २४ गतेसम्म सञ्चालन हुने भएको छ । चितवन उद्योग सङ्घको आयोजनामा सङ्घकै प्रदर्शनी केन्द्रमा अन्तर्राष्ट्रिय प्रदर्शनी गर्न लागिएको हो । उद्योग तथा व्यवसाय गर्न इच्छुक नवउद्यमीलाई लक्षित गरी आयोजना गरिएको यस प्रदर्शनीमा भारत, चीन, मलेसियालगायत १० विदेशी कम्पनीले सहभागिता

‘पोखरा स्पोर्टस् अवार्ड’ शनिबार

२० वैशाख, पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले गर्न लागेको सातौँ संस्करणको पोखरा स्पोर्टस् अवार्डको तयारी अन्तिम चरणमा पुगेको छ । यही वैशाख २३ गते पोखरा सभागृह हलमा हुने कार्यक्रमका लागि गठित मूल आयोजक समितिसहित विभिन्न १३ उपसमितिले आफ्नो तयारीलाई अन्तिम चरणमा पुर्याएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए

केन्याले सुडानबाट ४०९ नागरिकलाई स्वदेश फर्कायो

२० वैशाख, एजेन्सी । केन्याले अप्रिल १५ मा प्रतिद्वन्द्वी सैन्य गुटहरूबीचको द्वन्द्व सुरु भएदेखि हालसम्म सुडानबाट चार सय नौ जना नागरिकलाई बाहिर निकालेको छ । सरकारी अधिकारीले मङ्गलबार जनाएअनुसार विदेश र डायस्पोरा मामिला मन्त्रालयका सचिव अल्फ्रेड मुटुआले केन्याको राजधानी नैरोबीमा पत्रकार सम्मेलनमा सो बारे जनाकारी दिएका हुन् । निकासी प्रक्रिया अझै

सीमा क्षेत्रमा सिसी क्यामेरा जडान

२० वैशाख, बैतडी । नेपाल–भारत सीमानाका बैतडीको झुलाघाटसहित जिल्लाका विभिन्न बजार क्षेत्रमा सिसी क्यामेरा जडान गरिएका छन् । दशरथचन्द नगरपालिकाले झुलाघाटसहित सदरमुकामस्थित गढी, गोठलापानी, साहिलेक र देहीमाण्डौँ बजारमा सिसी क्यामेरा जडान गरेको हो । दशरथचन्द नगरपालिकाको आर्थिक सहयोग र जिल्ला प्रहरी कार्यालयको समन्वयमा सिसी क्यामेरा जडान गरिएको नगरपालिकाका सूचना अधिकारी राजबहादुर

सम्वन्धित समाचारहरु