Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

लगातार ११औं पटक जित्यो बार्यनले बुन्डेसलिगा, अन्तिम खेलमा डर्टमुन्डको सपना चकनाचुर


१४ जेठ, एजेन्सी । बार्यन म्युनिखले जर्मन बुन्डेस लिगाको उपाधि जितेको छ।

शनिबार राति भएको अन्तिम चरणको खेलमा डर्टुमन्ड माइन्जसँग २–२ गोलको बराबरीमा रोकिए पछि बार्यनले एफसी कोलनलाई २–१ ले पराजित गरेर च्याम्पियन बन्न सफल भएको हो । यससँगै म्युनिखले लगातार ११ औं पटक उपाधी हासिल गरेको हो ।

डर्टमुन्डलाई उपाधि जित्नका लागि लिगको अन्तिम खेल जित्नै पर्ने या म्युनिखले हार या बराबरीमा रोकिनु पर्ने अवस्था थियो तर डर्टमुन्ड आफू रोकिंदा बार्यनले बाजी मारेर उपाधीमा जीत हासिल गरेको हो । दुबै टिमले लिगको अन्तिम खेल ३४ मा समान ७१ अङ्क बनाए पनि गोल अन्तरमा शीर्ष स्थानमा रहँदै लगातार ११ औं पटक बार्यन म्युनिख च्याम्पियन बनेको बन्न पुगेको हो ।

शनिवार राती सम्पन्न खेलको आठौं मिनेटमा कोम्यानले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए। र, पहिलो हाफमा बार्यन १–० को अग्रता कायम गर्न सफल भयो ।

तर, सो खेलको ८१ औं मिनेटमा डेजानले गोल गर्दै कोल्नलाई १–१ गोलको बराबरीमा ल्याए पनि त्यो लामो समय टिक्न भने सकेनन, खेलको ८९ औं मिनेटमा जमल मुसिआलाले गोल गरे, जुन गोल नै बार्यनलाई उपाधी जित्नका लागि निर्णायक हुन पुग्यो । उनको सो गोलले बार्यनले यसअघि समान अंक भएको डर्टमुन्डलाई उछिन्दै उपाधी जिताउन सफल भयो ।

उता, डर्टमुन्डले भने घरेलु मैदानमा सुरुमा नै राम्रो प्रदर्शन गर्न सकेको थिएन । पहिलो हाफमा नै पाहुना टोली माइन्जसँग २ गोलले पछि परेर आफुलाई कमजोर प्रस्तोताको रुपमा उभ्याएको थियो ।

जसअनुसार सो खेलको १५ औ मिनेटमै हान्ची ओल्सेनले सुरुवाती गोल गरेका थिए भने २४ औं मिनेटमा ओनिसुवाले थप गोल गरे पछि डर्टमुन्ड पहिलो हाफमा नै २–० ले पछि पर्न गयो ।

दोस्रो हाफको ६९ औं मिनेटमा राफेल गुएरिरोले ६९ औ मिनेटमा गोल गरेर बदला लिने कोशिश भने गरे । त्यसमाथी इन्जुरी समयमा सुलेले बराबरी गोल फर्काउँदै टिमलाई एक अङ्क नदिलाएका हाेइनन तर अर्को खेलमा बार्यनको जितसँगै डर्टमुन्ड समान अङ्क भएपनि गोल अन्तरमा पछि रहँदा उपाधि जित्न असफल भयो।


प्रकाशित मिति: १४ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?