Trending
>>   १० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो >>   एमालेभित्र तल्लो तहबाटै स्वतःस्फूर्त समीक्षा शुरु >>   नेपालमा लगानीको अपार सम्भावना छ, ढुक्क भएर लगानी गर्नुस्ः अध्यक्ष ढकाल >>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

प्रहरी अधिकारीको हत्या गरेको आरोपमा तीन जना पक्राउ


१४ जेठ, एजेन्सी । एल साल्भाडोरका राष्ट्रपति नायब बुकेले शुक्रबार एक प्रहरी अधिकारीको हत्या गरेको अभियोगमा तीन कथित गिरोह सदस्यलाई गिरफ्तार गरिएको घोषणा गरेका छन् । सो हत्या काण्डले यस महिनाको शुरुमा शहरको सैन्य घेराबन्दी निम्त्याएको थियो ।

अफिसर म्याक्सिमिनो भास्क्वेजको मे १६ मा भएको हत्याले बुकेलेलाई राजधानी सान साल्भाडोरबाट ८० किलोमिटर (५० माइल) उत्तरमा रहेको ३० हजार मानिस बसोबास गर्ने शहर नुभा कन्सेप्सियन वरपर ५,००० सिपाही र ५०० प्रहरी अधिकारीलाई “सुरक्षा घेरा” स्थापना गर्न आदेश दिन वाध्य बनाएको थियो ।

“हामीले हाम्रो नायकको हत्या गर्नेको ठूलो मूल्य चुकाउने वाचा गरेका थियौँ । हामीले उनीहरूको गुट नष्ट गर्यौं, उनीहरूका साथीलाई गिरफ्तार गर्यौं, उनीहरूका नेतालाई गिरफ्तार गर्यौं र आज हामीले तीन हत्यारालाई पक्राउ गर्यौं”, राष्ट्रपतिले ट्विटरमा उल्लेख गरेका छन् ।

अहिले हिरासतमा रहेकाले देशमा फेरि कहिल्यै आतङ्क मच्चाउन नसक्ने पनि राष्ट्रपतिको दाबी छ ।

पक्राउ पर्ने जोस अर्मान्डो ओचोआ गुटेरेज, फ्रान्सिस एन्टोनियो गोमेज काल्डेरोन र साल्भाडोर एनरिक पोर्टिलो लान्डाभेर्डे रहेका छन् ।  उनीहरूलाई हाल ग्वाटेमालाको हिरासतमा राखिएको छ ।

ग्वाटेमाला प्रहरीले ट्विटरमा २७ वर्षीय पोर्टिलो लान्डाभेर्डे एमएस–१३ गिरोहको सदस्य रहेको र एल साल्भाडोरको सिमानामा रहेको जुटियापा विभागमा हिरासतमा राखिएको बताएको छ ।

साल्भाडोरका महान्यायाधिवक्ता रोडोल्फो डेलगाडोले पत्रकार सम्मेलनमा अधिकारीले पोर्टिलो ल्यान्भाडेर्डेलाई “गोली चलाउने व्यक्ति” हो भनेर सार्वजनिक गरेका छन् ।

अभियोजकले तीनैजना विरुद्ध “उत्तेजित हत्या”को आरोपमा ३० देखि ५० वर्षको जेल सजायको माग गरेका छन् । गत वर्ष बुकेले गिरोह विरुद्ध एक विवादास्पद “युद्ध” शुरु गर्नुभएको थियो जसका कारण ६८ हजारभन्दा बढी सङ्दिग्ध गिरोह सदस्य वारेन्ट बिना पक्राउ गरिएको थियो ।

जनमतसङ्ग्रहका अनुसार साल्भाडोरनका बीचमा धर्मयुद्ध व्यापकरूपमा लोकप्रिय साबित भएको छ तर मानवअधिकार सङ्गठन र क्याथोलिक चर्चले बुकेलको तरिकाको आलोचना गरेका छन् ।


प्रकाशित मिति: १४ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?