Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

प्रहरी अधिकारीको हत्या गरेको आरोपमा तीन जना पक्राउ


१४ जेठ, एजेन्सी । एल साल्भाडोरका राष्ट्रपति नायब बुकेले शुक्रबार एक प्रहरी अधिकारीको हत्या गरेको अभियोगमा तीन कथित गिरोह सदस्यलाई गिरफ्तार गरिएको घोषणा गरेका छन् । सो हत्या काण्डले यस महिनाको शुरुमा शहरको सैन्य घेराबन्दी निम्त्याएको थियो ।

अफिसर म्याक्सिमिनो भास्क्वेजको मे १६ मा भएको हत्याले बुकेलेलाई राजधानी सान साल्भाडोरबाट ८० किलोमिटर (५० माइल) उत्तरमा रहेको ३० हजार मानिस बसोबास गर्ने शहर नुभा कन्सेप्सियन वरपर ५,००० सिपाही र ५०० प्रहरी अधिकारीलाई “सुरक्षा घेरा” स्थापना गर्न आदेश दिन वाध्य बनाएको थियो ।

“हामीले हाम्रो नायकको हत्या गर्नेको ठूलो मूल्य चुकाउने वाचा गरेका थियौँ । हामीले उनीहरूको गुट नष्ट गर्यौं, उनीहरूका साथीलाई गिरफ्तार गर्यौं, उनीहरूका नेतालाई गिरफ्तार गर्यौं र आज हामीले तीन हत्यारालाई पक्राउ गर्यौं”, राष्ट्रपतिले ट्विटरमा उल्लेख गरेका छन् ।

अहिले हिरासतमा रहेकाले देशमा फेरि कहिल्यै आतङ्क मच्चाउन नसक्ने पनि राष्ट्रपतिको दाबी छ ।

पक्राउ पर्ने जोस अर्मान्डो ओचोआ गुटेरेज, फ्रान्सिस एन्टोनियो गोमेज काल्डेरोन र साल्भाडोर एनरिक पोर्टिलो लान्डाभेर्डे रहेका छन् ।  उनीहरूलाई हाल ग्वाटेमालाको हिरासतमा राखिएको छ ।

ग्वाटेमाला प्रहरीले ट्विटरमा २७ वर्षीय पोर्टिलो लान्डाभेर्डे एमएस–१३ गिरोहको सदस्य रहेको र एल साल्भाडोरको सिमानामा रहेको जुटियापा विभागमा हिरासतमा राखिएको बताएको छ ।

साल्भाडोरका महान्यायाधिवक्ता रोडोल्फो डेलगाडोले पत्रकार सम्मेलनमा अधिकारीले पोर्टिलो ल्यान्भाडेर्डेलाई “गोली चलाउने व्यक्ति” हो भनेर सार्वजनिक गरेका छन् ।

अभियोजकले तीनैजना विरुद्ध “उत्तेजित हत्या”को आरोपमा ३० देखि ५० वर्षको जेल सजायको माग गरेका छन् । गत वर्ष बुकेले गिरोह विरुद्ध एक विवादास्पद “युद्ध” शुरु गर्नुभएको थियो जसका कारण ६८ हजारभन्दा बढी सङ्दिग्ध गिरोह सदस्य वारेन्ट बिना पक्राउ गरिएको थियो ।

जनमतसङ्ग्रहका अनुसार साल्भाडोरनका बीचमा धर्मयुद्ध व्यापकरूपमा लोकप्रिय साबित भएको छ तर मानवअधिकार सङ्गठन र क्याथोलिक चर्चले बुकेलको तरिकाको आलोचना गरेका छन् ।


प्रकाशित मिति: १४ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?