४ जेठ, काठमाडाैँ । प्रजातान्त्रिक विचार समाजको अध्यक्षमा वरिष्ठ पत्रकार कुलचन्द्र वाग्ले निर्विरोध निर्वाचित भएका छन् । राजधानीमा बुधबारदेखि सुरु भएको समाजको १२औँ महाधिवेशन तथा २५औँ साधारणसभाले ३६ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको निर्वाचन समितिका संयोजक डा मधुसुदन पुनले घोषणा गरेका हुन् । वरिष्ठ उपाध्यक्षद्वयमा ईश्वरराज लौडारी र गोकर्ण
४ जेठ, भैरहवा । भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार हो, भैरहवा । भैरहवाबाट लुम्बिनी २२ किलोमिटर पश्चिममा अवस्थित छ । बेलहिया नाका हुँदै विभिन्न देशका पर्यटक लुम्बिनी पुग्छन् । भगवान गौतमबुद्धको बाल्यकालको नाम सिद्धार्थ (सर्वअर्थसिद्ध) बाट यस नगरपालिकाको नामकरण गरिएको छ । सांस्कृतिक परम्परा र मान्यता साहित्य, भाषा, कला, धर्म, संस्कृतिको
४ जेठ, सुनसरी । नेपाल नेत्रज्योति संघ पुर्वान्चल क्षेत्रिय आँखा उपचार कार्यक्रम विराटनगर आँखा अस्पताल र देवानगन्ज गाँउपालिका सुनसरीको संयुक्त आयोजनामा देवानगन्ज गाँउपालिकामा २ दिने निशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर सम्पन्न भएको छ । नुरदुबई फाउन्डेसनको आर्थिक सहयोगमा सम्पन्न आँखा शिविरमार्फत् २ हजार १ सय ९९ जनाको आँखा परीक्षण
४ जेठ, नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका–७ मा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको निधन भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । मोटरसाइकलमा यात्रा गरिरहेका नुवाकोटको लिखु गाउँपालिका–१ बोरापानीका नेत्रमान विश्वकर्माको मृत्यु भएको छ भने उनका छोरा निरज घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता
४ जेठ, काठमाडाैँ । सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरले सो व्यहोराको पत्र पढेर सुनाउँदै
४ जेठ, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक तत्कालीन राष्ट्रपतिबाट प्रमाणीकरण नहुँदा नागरिकतासम्बन्धी समस्या समाधान हुन नसकेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा जसपाका सांसद दीपक कार्कीले बाबुले वंशजको नागरिकता पाउँदा छोराछोरीले जन्मसिद्ध नागरिकता पाएका छन्, छिटो नागरिकता दिनेगरी व्यवस्था गर्न सकिन्छ कि सकिन्न ? भनी गरेको प्रश्नको
४ जेठ, इस्लामावाद । पाकिस्तानका राष्ट्रपति र प्रधानमन्त्रीभन्दा सर्वोच्च अदालतका न्यायाधीशले बढी तलब पाउने गरेका छन् । पाकिस्तानको केन्द्र सरकारका साथै प्रान्तीय सरकारका मन्त्री, सांसद, सचिव एवम् उच्च सरकारी कर्मचारीले सर्वोच्च अदालतका न्यायाधीशकोभन्दा कम तलब पाउने गरेका सार्वजनिक लेखा समितिमा पेश गरिएको तथ्याङ्कलाई उद्धृत गर्दै द न्युज इन्टरनेशनलले जनाएको छ ।
४ जेठ, ढोरपाटन । मुठाचौर बागलुङको सबैभन्दा उच्च स्थानमा रहेको बस्ती हो । उच्च पहाडको टुप्पोमा समथर भूभागमा फैलिएको मुठाचौर खेतीपाती र पशुपालनका लागि उर्वर ठाउँ हो । वरपर घनाजङ्गल । चारैतिर घना जङ्गलले घरिएको मुठाचौरमा ढुङ्गा, माटो र काठले बनेका कलात्म घर छन् । यी घरमा वर्षको सात महिना
४ जेठ, स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाका किसान बाँदर आतङ्कका कारण समस्यामा परेका छन् । खेतबारीमा लगाएको तरकारी, मकै र फलफूललाई बाँदरका हुल पसेर खाइदिने, भाँचिदिने गर्न थालेपछि लाखौँको क्षति भएको किसानको गुनासो छ । गल्याङ नगरपालिका–३, गल्याङ बजार निवासी अर्जुन श्रेष्ठले छर्तिमा जग्गा भाडामा लिएर काँक्रा लगाएको थियो ।
४ जेठ, काठमाडाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशी लगानीलाई प्रोत्साहन र स्वदेशी उद्योगलाई संरक्षण गरी आर्थिक भार कम गर्ने सरकारको नीति रहेको बताएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा प्रतिनिधि सभा सदस्य पदम गिरीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्। उनले सरकारले राजश्व प्रशासनलाई थप सुदृढ र