Trending
>>   प्रेस काउन्सिल अध्यादेश मिडिया क्षेत्रलाई नियन्त्रण गर्ने उद्देश्यबाट प्रेरितः महासंघ >>   ‘सरकारले चाहे जस्तो पत्रकारिता गर्न सक्दैनौँ, सञ्चारमन्त्रीले पत्रकारिता नसिकाए हुन्छ’ >>   राष्ट्रपति पौडेलद्वारा सम्यक महादानको प्रशंसा, सफलताको शुभकामना >>   पार्टी नेतृत्वविरुद्धको षड्यन्त्रको संसद र सडकबाटै प्रतिवाद गर्छौँ :काँग्रेस >>   सरकारले आफ्ना गल्ती ढाकछोप गर्न सभापति थापाबारे अफवाह फैलायो, तर्सिंदैनौँ- महामन्त्री पौडेल >>   न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र >>   आईजीपी नियुक्तिविरुद्ध दानबहादुर कार्की सर्वोच्चमा >>   सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै नेपाल राष्ट्र बैंक >>   प्रहरीको नयाँ नेतृत्वको प्राथमिकताः अपराधको डिजिटल रूपान्तरणविरुद्ध जुध्न ‘गुनासो सुनुवाइ संयन्त्र’ ल्याइने >>   प्रहरी र नागरिकबीचको दूरी घटाउने गरी काम गर्न नवनियुक्त आईजीपी केसीलाई गृहमन्त्री गुरुङको निर्देशन
Logo
२० कार्तिक २०८३, शुक्रबार
२० कार्तिक २०८३, शुक्रबार

निर्वाचन आयोगले विदेशमा रहेका नेपालीको मतदाता नामावली सङ्कलन गर्ने


२६ जेठ, काठमाडाैँ । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न पहिलो चरणमा विदेशमा रहेका नेपालीहरूको मतदाता नामावली सङ्कलन गर्ने भएको छ ।

शुक्रबार आयोगले आह्वान गरेको सर्वदलीय बैठकमा विभिन्न पाँच विषयमाथि छलफल भएको छ । बैठकमा राजनीतिक दलसँग आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली सङ्कलन प्रारम्भ गर्ने विषयमा पनि छलफल भएको जनाएको छ ।

पूर्वसूचना दिएर विदेशमा रहेका नेपाली नागरिकले अनलाइनमार्फत नेपालमा आफ्नो स्थायी ठेगानामा मतदाता नामावली कायम हुनेगरी प्रि–रजिस्ट्रेसनसम्बन्धी सम्पूर्ण कार्य गर्ने, सम्बन्धित देशको कूटनीतिक नियोगमा व्यक्ति स्वयम् उपस्थित भई फोटो र औँठाछाप दिने, नेपाल सरकारले विदेशबाट मतदाता नामावली सङ्कलन गर्नका लागि सैद्धान्तिक सहमति दिने, आवश्यक स्रोत साधन उपलब्ध गराउने र कूटनीतिक पहल गरिदिने विषयमा छलफल भएको छ ।

त्यस्तै, आयोगले परराष्ट्र मन्त्रालयसँग समन्वय गरी सम्बन्धित देशको कूटनीतिक नियोगका अधिकृतस्तरका कर्मचारीलाई नाम दर्ता अधिकारी र सहायकस्तरका कर्मचारीलाई दर्ता कर्मचारी तोक्न आवश्यक व्यवस्था मिलाउने, नागरिकता साथमा नभएमा राहदानीलाई परिचयपत्रको रूपमा लिई फोटो र औँठाछाप दिन मिल्ने व्यवस्था मिलाउने, दर्ता किटको व्यवस्थापन, मतदाता नामावली दर्तासम्बन्धी तालिम सञ्चालन गर्ने, दर्ता भएका मतदाताको विवरणलाई आयोगको सर्भरमा ल्याई एकीकृत गर्नका लागि सेक्योर कनेक्टिभिटी लगायतका प्राविधिक कार्य गर्ने विषयमा छलफल भएको आयोगले जनाएको छ ।

यसैगरी, आयोगका पदाधिकारीहरूले राजनीतिक दलका पदाधिकारीहरूसँग आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यको अनुसूचीमार्फत जिल्ला निर्वाचन कार्यालयको विषयमा गरिएको व्यवस्था, निर्वाचन व्यवस्थापन सम्बन्धी विधेयक नेपाल सरकारमार्फत संसदमा पेस गर्ने, स्थानीय तहमार्फत मतदाता नामावली सङ्कलन प्रारम्भ गर्ने र राजनीतिक दलको लेखा र लेखा परीक्षणमाथि पनि छलफल गरेको छ ।


प्रकाशित मिति: २६ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?