Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

‘हवाई टिकटमा भ्याट लगाउने नीतिले पर्यटन व्यवसायी मारमा’


२६ जेठ, काठमाडाैँ । पर्यटन व्यवसायसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले सरकारले आर्थिक वर्ष २०८०÷८१ को बजेट वक्तव्यमा हवाई टिकटमा भ्याट लगाउने निर्णयले व्यवसायी मारमा परेको बताएका छन् ।

पर्यटन व्यवसायसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले आज संयुक्त पत्रकार सम्मेलन गरी अर्थमन्त्री डा. प्रकाशशरण महतले जेठ १५ गते सङ्घीय संसद्का दुवै सदनमा प्रस्तुत गरेको बजेट वक्तव्यमा हवाई टिकटमा भ्याट लगाउने नीति सार्वजनिक गरेको भन्दै उक्त नीतिले पर्यटन व्यवसायी मारमा पर्ने बताएका हुन् ।

पत्रकार सम्मेलनमा नेपाल एसोसिएसन टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष रमेश थापाले हवाई टिकटमा भ्याट लगाउने नियमले यात्रुलाई टुर प्याकेजमा महङ्गो हुने र नेपाल आउने पर्यटक घट्नसक्ने बताए । “नेपालबाट विदेश जाने यात्रुले हवाई टिकटमा भ्याट लगाउँदा भ्याट नतिर्नका लागि विदेशबाट टिकट काट्न सक्छन्, जसले गर्दा नेपाली ट्राभल कम्पनी मारमा पर्न सक्छन्, सरकारको १० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा हुन सक्दैन”, उनले भने।

उनले सरकारले बजेट प्रस्तुत गर्नुपूर्व सरोकारवाला निकायसँग छलफल नगर्दा समग्र पर्यटन उद्योगलाई नै असर पर्ने चिन्ता बढेको बताए । ट्रेकिङ एजेन्सिज् एसोसिएस न अफ नेपाल (टान)का अध्यक्ष नीलहरि बाँस्तोलाले सरकारले पर्यटन क्षेत्रबाट व्यवसायीलाई वञ्चित गराउन खोजेको बताए । पर्यटनलाई उद्योगका रुपमा मान्यता नदिँदा राज्यबाट पाउनुपर्ने सहुलियतपूर्ण ब्याजदर तथा बिजुली शुल्क आदिबाट पर्यटन क्षेत्र वञ्चित हुनुपरेको उनको भनाइ छ ।

“हवाई टिकटमा भ्याट लगाउने, पाँचतारे वा सोभन्दा माथिका तारे होटल तथा लक्जरी रिसोर्टले प्रदान गर्ने सेवामा दुई प्रतिशत विलासिता शुल्क लगाउने, विदेशमा पर्यटन भ्रमणमा जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा पाँच प्रतिशत वैदेशिक पर्यटन शुल्क लगाउने नीति अव्यावहारिक छ”, अध्यक्ष बाँस्तोलाले भने ।

व्यवसायीहरुले नेपालको जलयात्रा व्यवसायी लोपन्मुख हुँदै गएकाले राज्यले तत्काल जलयात्रा व्यवसायलाई लोपोन्मुख व्यवसाय घोषणा गरी नदी संरक्षणका साथै जलयात्रा व्यवसायीलाई उत्प्रेरणामूलक कार्यक्रम गराई बढावा दिनुपर्ने बताएका छन् ।

यस्तै २० वर्ष गुडेका पर्यटकीय सवारी साधनलाई इन्जिन जाँचका आधारमा उपयुक्त सवारी साधनलाई ३० वर्षसम्म सञ्चालन गर्न दिनुपर्ने, नेपाली वायुसेवा कम्पनीले विदेशमा उडान गर्दा विदेशी वायुसेवा कम्पनीसँग प्रतिस्पर्धा गर्न नसक्ने भएकाले भ्याट लागू भएमा हवाई भाडा बढ्ने र त्यसको असर नेपाली वायुसेवा कम्पनीमा देखिने व्यवसायीले बताएका छन् ।

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले नेपालको पर्यटन क्षेत्रलाई अगाडि बढाउने जिम्मा निजी कम्पनी र व्यवसायीको भएकाले बजेटले निजी क्षेत्रलाई सहज गरिदिनुपर्ने बताए । उनले पर्यटन मन्त्रालय लगायतका ठाउँमा पर्यटन क्षेत्रको विज्ञ नहुँदा उक्त क्षेत्रले चाहेजस्तो सफलता हात पार्न नसकेको उल्लेख गरे।

पत्रकार सम्मेलनमा नाट्टा, टान, होटल एसोसिएसन अफ नेपाल (हान), नेपाल पर्वतारोहण सङ्घ (एनएमए), हिमालयन उद्धार सङ्घ (एचआरए)ं, वायुसेवा सञ्चालक सङ्घ, ठमेल पर्यटन विकास परिषद्, टुरिष्ट बस एसोेसिएसन अफ नेपाल ९टिवान०लगायत झन्डै डेढ दर्जन सङ्घसंस्थाका अध्यक्ष एवम् प्रतिनिधिको सहभागीता रहेको थियो ।-


प्रकाशित मिति: २६ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?