३ वैशाख ,पाँचथर । करिब दुई किलोमिटर दूरीमा ठूला छवटा र एक दर्जन बढी स–साना पोखरी । सबैका आ–आफ्नै विशेषता र बनावट । वरिपरि गुराँस, चिमल र चाँपका रुखको घना जङ्गल । थरिथरिका गुराँसले मन तानिरहने । बीच–बीचमा चौँरी र गाईको चरन रहेका हरिया फाँट । चौँरी र गाईका गोठबाट
२ वैशाख ,जानकी । बाँकेको जङ्गल क्षेत्रमा रहेको ऐलानी जग्गामा बसोबास मिलाइदिने प्रलोभनमा पारी ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । दुर्गम पहाडी जिल्लाबाट थुप्रैको सङ्ख्यामा बाँकेको बैजनाथा गाउँपालिकाको पितमारी नजिकैको जङ्गलमा सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने भन्दै उनीहरुले ठगी गरेका थिए । प्रतिव्यक्ति रु पाँच सयदेखि रु एक
२ वैशाख ,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई गरेको कारबाहीबारे सङ्घीय संसद् सचिवालयले अध्ययन गर्ने भएको छ । सो पार्टीले समानुपातिक सांसद श्रेष्ठलाई गएको चैत ३० गते सांसदबाट निष्कासित गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको थियो । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा
२ वैशाख ,काठमाडौँ । नेपाल प्रहरीले नेकपा(माओवादी केन्द्र)का नेता वर्षमान पुनकी आमा तीर्थमाली पुनमगरलाई गोली प्रहार गर्नाका कारण दुर्घटना भएको बताइएको छ । उक्त घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनामा संलग्न प्रहरी सहायक हबल्दार प्रकाश पुनमगरलाई आज बिहान प्रहरीले बागडोलबाट पक्राउ गरी प्रहरी प्रधान कार्यालयस्थित नं १ गणमा आन्तरिक
२ वैशाख ,काठमाडौँ । नेकपा (एमाले) का केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजाल चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा आज चीनको राजधानी बेइजिङतर्फ प्रस्थान गरेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागद्वारा आयोजित ‘वर्कसप फर थ्योरिटिकल लिडर अफ वल्र्ड कम्युनिस्ट पार्टीज’ नामक कार्यक्रममा नेकपा (एमाले)का तर्फबाट भाग लिन उनि त्यसतर्फ गएका हुन्
२ वैशाख ,काठमाडौँ । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा चिरञ्जीवी नेपालले व्यवस्थापन विषयको अध्ययन र बैंक तथा वित्तीय संस्थामा रोजगारी निकै चुनौतीपूर्ण रहेको बताएका छन् । राष्ट्रपतिका आर्थिक सल्लाहकारसमेत रहेका पूर्वगभर्नर नेपालले बैंकिङ क्षेत्रमा डिजिटलाइजेसनको प्रभावले चुनौती थपिएको उल्लेख गरे । उडान शैक्षिक केन्द्रले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले
२ वैशाख ,काठमाडौँ । अन्नपूर्ण प्रथम हिमालमा चालु वर्षको वसन्त यामको आरोहण सुरु भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ । सेभेट समिट टे«कका पासाङ नुर्वु शेर्पाको टोलीले शनिबार दिउँसो ११ः३५ मा अन्नपूर्णको सफल आरोहण गरेको हो । सेभेन समिट ट्रेकका
२ वैशाख ,मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले वर्तमान अवस्थामा नेकांका नेता एवं कार्यकर्ता एक ढिक्का हुनुपर्ने बताएका छन् । नेकां मोरङद्वारा आज यहाँ आयोजित नववर्ष २०८० को उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले प्रजातान्त्रिक पार्टीभित्र रहेको विगतका तिक्ततालाई पार्टीका सम्पूर्ण कार्यकर्ता एवं नेतृत्वले बिर्सी एक ढिक्का
२ वैशाख ,रुकुम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको दुर्गम मानिने बस्ती वडा नं ४ र ६ मा पहिलो पटक विद्युत् लाइन पुगेको छ । नगरपालिकाको अन्य वडामा विद्युत् विस्तार भए पनि वडा नं ४ र ६ का बस्तीमा भने पहिलो पटक एघार हजार केभिएको विद्युत् लाइन पुगेको छ । केन्द्रीय
२ वैशाख ,ढोरपाटन । बागलुङको घोडाबाँधे भ्युटारमा एक सय ९८ देशका झण्डा फहराइएको छ । भ्युटावरलाई विश्व सांस्कृतिक ग्रामका रुपमा विकास गर्न यहाँ झण्डा फहराएर सुरुआत गरिएको हो । जिल्लाको काठेखोला गाउँपालिका र गलकोट नगरपालिकाको सङ्गमस्थलमा पर्ने भ्युटार क्षेत्र उच्च पहाडी क्षेत्रमा पर्छ । यहाँबाट उच्च पहाडसँगै दजर्नौँ हिमशृङ्खला देखिने