Trending
>>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

क्यान्टनमेण्ट काण्डबारे अनुसन्धान गर्न अख्तियारले खुट्टा कमाउनु हुँदैन : केपी ओली


२८ वैशाख, काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारका मुद्दामा छानविन र अनुसन्धान हुनु उचित भएको बताएका छन् । त्यसमा पार्टीको तर्फबाट सबै सहयोग हुने उनको भनाइ छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आजदेखि सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा उनले सो आरोप लगाएका हुन् ।

क्यान्टनमेण्ट काण्डबारे पनि अख्तियारले अनुसन्धान गर्न खुट्टा कमाउनु हुँदैन उनले भने । अर्थतन्त्र संकटमा रहेको बेलामा कार्यकर्तालाई पैसा बाँड्ने काम पनि भ्रष्टाचार भएको उनले टिप्पणी गरे । नेकपा (माओवादी केन्द्र) को सरकारले एकलौटी रुपमा निर्णय गरेर बहिर्गमित लडाकुको नाममा भ्रष्टाचार गर्न लागेको उनको आरोप छ ।

उनले भने, ‘सरकार दुई लाखका दरले रुपियाँ बाँड्ने भनेको छ, अर्थतन्त्र बेहाल छ । कर्मचारीलाई तलव खुवाउन नसक्ने अवस्थामा देशको अर्थतन्त्र छ, यसको सुधारमा सरकारको ध्यान जान सकेको छैन ।”

क्यान्टनमेण्टमा नभएका मानिसको नाममा पनि विगतमा पैसा बुझिएको उनले दावी गरे । “राज्यको ढुकुटी अनुचित तरिकाबाट छलछाम गरेर खल्तीमा हाल्ने काम भ्रष्टाचार हो, जोसुकैले गरेको होस्, त्यसबारेमा कोही पनि बोल्न तयार छैनन्” उनले भने, “राज्यको ढुकुटी अनुचित ढंगले रित्याउन पाइँदैन, जुनसुकै हिनामिनाको छानबिन गर्नुस्, खुट्टा नकमाउनुस् ।”


प्रकाशित मिति: २८ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?