Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२२ माघ २०८२, बिहीबार
२२ माघ २०८२, बिहीबार

क्यान्टनमेण्ट काण्डबारे अनुसन्धान गर्न अख्तियारले खुट्टा कमाउनु हुँदैन : केपी ओली


२८ वैशाख, काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारका मुद्दामा छानविन र अनुसन्धान हुनु उचित भएको बताएका छन् । त्यसमा पार्टीको तर्फबाट सबै सहयोग हुने उनको भनाइ छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आजदेखि सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा उनले सो आरोप लगाएका हुन् ।

क्यान्टनमेण्ट काण्डबारे पनि अख्तियारले अनुसन्धान गर्न खुट्टा कमाउनु हुँदैन उनले भने । अर्थतन्त्र संकटमा रहेको बेलामा कार्यकर्तालाई पैसा बाँड्ने काम पनि भ्रष्टाचार भएको उनले टिप्पणी गरे । नेकपा (माओवादी केन्द्र) को सरकारले एकलौटी रुपमा निर्णय गरेर बहिर्गमित लडाकुको नाममा भ्रष्टाचार गर्न लागेको उनको आरोप छ ।

उनले भने, ‘सरकार दुई लाखका दरले रुपियाँ बाँड्ने भनेको छ, अर्थतन्त्र बेहाल छ । कर्मचारीलाई तलव खुवाउन नसक्ने अवस्थामा देशको अर्थतन्त्र छ, यसको सुधारमा सरकारको ध्यान जान सकेको छैन ।”

क्यान्टनमेण्टमा नभएका मानिसको नाममा पनि विगतमा पैसा बुझिएको उनले दावी गरे । “राज्यको ढुकुटी अनुचित तरिकाबाट छलछाम गरेर खल्तीमा हाल्ने काम भ्रष्टाचार हो, जोसुकैले गरेको होस्, त्यसबारेमा कोही पनि बोल्न तयार छैनन्” उनले भने, “राज्यको ढुकुटी अनुचित ढंगले रित्याउन पाइँदैन, जुनसुकै हिनामिनाको छानबिन गर्नुस्, खुट्टा नकमाउनुस् ।”


प्रकाशित मिति: २८ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?